हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

साई भक्तहरुसंगका केही अनुभव र अनुभूति।

विनोद रोका, एटर्नी एट ल, , (न्यूयोर्क)

'साईबाबाले तपाईकहाँ जाऊ भनेर सपनामा भन्नु भो अनि आएकी दाई।' मैले जिस्किएर भनें ‘ख्वै मलाई त साईबाबाले तपाई आऊदै हुनुहुन्छ भनेर सपनामा भन्नु भएको छैन।‘ यो करिब ६ बर्ष अगाडीको कुरा हो। त्यसैगरी अन्य केही साई भक्तहरुको मुखबाट पनि यस्तै यस्तै खालका कुराहरु सुन्ने गरेको छु। र कतिपय व्यक्तिहरुले अदालतमा मुद्दाको सुनुवाई हुनु भन्दा अगाडी साईबाबाले सपनामा भनेको कुरा र मुद्दा सकिएपछि पनि त्यही अनुरुप सफलता प्राप्त भएको अनुभव गर्दा गर्ने र गराउने आ आफना कर्मको फल पाऊने आफनै भाग्यले हो अरु त केवल निमित्त भन्ने तथ्यको वोध हुन्छ। सायद साईबाबाले त्यही फलको परीणाम आफना भक्तहरुलाई अगाडी नै बताई दिनुहुन्छ होला। अरुलाई भन्दा विश्वास गर्दैनन तर म विश्वास गर्ने गर्दछु। यद्यपि भेटिएको धेरै भक्तहरुको जस्तो अटल विश्वास भने ममा छैन। कतिपय रोग र कठीनाइ विभुती लगाएर टारेका छन साईभक्तहरुले। साईभक्तहरुको काम गर्ने क्रममा उनीहरुसंग म शीरीडी साईबाबा अनि सत्यसाईबाबाका बारेमा जानकारी लिन सोधखोज गर्ने गर्छु। कुनै अरु जरुरी काम छ भने पनि म त्यसलाई एकछिन पर सार्ने गर्दछु र उनीहरुबाट सपना एवं विपनामा साईबाबासंग गासिएका अनुभवहरु बडो चाख मानेर सुन्ने गर्दछु। मलाई आनन्द आऊछ उनीहरुले शीरीडी र पुटृवर्तीसम्म आफना स्मरणसंगै मलाई पुर्याउंदा।

मेनुका हामी नेपालबाट १९९८ अप्रिलमा अमेरीका आऊनु भन्दा अगाडी देखि नै साईबाबालाई मान्ने र विभुति लिएर आऊने गर्दथिईन। म पनि विश्वास गर्थे तर त्यति नजिक भैसकेको थिईन। यद्यपि शिरिडी साई अनि सत्यसाईसंग सम्वन्धित साहित्यहरु पढने गर्दथे। मैले १९९५ देखि पुज्य गुरु सत्यनारायाण गोयन्काज्यूबाट दिक्षा दिई विप्पसनाको साधना गर्न थालेको भएपनि ममा साईबाबा प्रतिको आस्था र विस्वास घटेको भने थिएन। २०११ सालदेखि परमहंस आचार्य योगिराज बालकृष्णानन्द मुक्तबूद्धज्यूबाट दिक्षा लिई वहाले सिकाऊनु भएको ध्यान गर्ने गर्दछृ जस्को दर्शन साईबाबाको दर्शनसंग त्यति मेल खादैन तर मैले अहिलेसम्म बुमmेको सनातन धर्मको दर्शनको कसौटीमा जाच्दा सबैले भनेको कुराको सार एउटै पाऊछु। कविरले भने जस्तै मैदा एक पकवान अनेक। त्यसैले म सवै गुरुलाई सुन्दछु र वहाहरुले बोलेको सारमा कुनै फरक भेटन सकेको छुईन। मलाई त्यसरी फरक फरक देख्नेसम्मको ज्ञान नआओस जस्तो लाग्छ।

मैले धर्म बुझे अनुसार म भनेको आत्मा हो जुन कहिल्यै मर्दैन। शरीर र शरीरका आवश्यकतासंग सम्वन्धित सांसारिक बस्तुहरु मका साधनहरु हुन जुन नासबान छन। परिवर्तनशिल छन। अत शरीर र शरीरका आवश्यकतासंग सम्बन्धित बस्तुहरुको मोहमा टास्सीका बिज आत्माले शरिर छाडेर जाने बेलामा लिएर जान्छ। त्यो टास्सीएको अतृप्त चाहना बिज बनेर ती अपुरा चाहानालाई पुरा गर्न फेरी आत्माले नया शरिरको जन्म लिन्छ। यसरी मानीसले आफ्ना कर्मद्धारा भाग्य आफै लेख्छ र त्यही आफुले लेखेको भाग्यको फल भोग्न विभिन्न योनीमा जन्म लिन्छ जब सम्म ती अतृप्त चाहानाहरु पुरा हुदैनन। मानीसले आफुले लेखेको भाग्यको फल भोग्नै पर्छ टाटेर टर्दैन बरु त्यस्लाई सहन सक्ने र फेरी भविष्यमा यस्तो अप्रिय फल भोग्न नपर्ने। सधै शान्त र सुखी हुने भाग्य लेख्ने अर्थात प्रोग्रामिंग गर्ने काम सदगुरुको मार्ग निर्देशनमा रही होसपुर्वक वर्तमानमा आफै गर्दछ। गीतामा भने झैं जस्तो कर्म वर्तमानमा गरयो त्यस्तै फल भविष्यमा भोग्नु पर्दछ। मैले पढेको र बुझेको साई दर्शनमा त्यही पाऊछु जति पढे वा सुने पनि।

दाना दानामा खाने व्यक्तिको नाम लेखिएको हुन्छ। समय भन्दा पहिला र भाग्यमा भएको भन्दा बढता कसैले पाऊदैन भन्ने दर्शनमा म विश्वास गर्दछु। त्यसैले प्राय माग्दीन। पाएकैमा संन्तुष्ठ हुन्छु। जे छ त्यसैमा रमाऊछु। त्यसैले साईबाबासंग पनि केही माग्दिन किनकि वहा नै जानीफकार हुनुहुन्छ मैले रोपेको कर्मको फल के आऊछ भन्ने। मैले कस्तुरीजीको छोरीले लेख्नु भएको सायद त्वमेब माता भन्ने किताब कुनै बेलामा पढेको स्मरणमा आऊछ। सत्य साईबाबाका निजी सहायक कस्तुरीकी छोरी जस्को शिक्षा दिक्षा र अन्य संस्कार पनि सत्यसाई बाबाले नै गरिदिनु भयो, उहाकै नजीकमा हुर्किईन र पछि बाबाले नै विवाहको लागि वर मिलाई विवाह गरिदिनु भएको थियो। तर उन्को दाम्पत्य जीवन दुखका साथ वित्यो। उन्ले बाबालाई कतिपय अवस्थामा भनिन पनि आखिर हजुरले रोजेर गरिदिएको विवाहको किन यस्तो परिणाम। हजुर त सर्वज्ञ हुनुहुन्छ।जस्मा बाबाको जवाफ थियो कुनै कर्मको फल टारेर टरिन्न। भोग्नु पर्छ। मेरो स्मरणमा त्रुटी भएको भए साईभक्तहरुले माफ गर्नुहोला। मैले पढेका साईबाबा संग सम्वन्धि साहित्यमा कर्मको फल भोग्नु पर्छ साच्नु हुदैन किनकि नराम्रो काम गरेको दण्ड भोगिएको अवस्थामा पुन त्यो दोहोरिदैन र मानीस सत्कर्म गरेर आनन्दीत र सुखी हुन्छ भन्ने नै पाएको छु। विभुती र अन्य बस्तुहरु साईबाबा र अन्य साईभक्तहरुबाट चमत्कारी रुपबाट आऊनु र भक्तहरुलाई दिनु भनेको उनीहरुलाई शक्तिको भनुभव गराऊनु र आफुतिर आर्कषित गराई अन्तत सनातन धर्म अनि बुद्ध, ईशु वा अन्यले भने झैं आत्माशुद्धीद्धारा यो आत्मालाई मरमात्मामा मिलाई जन्म र मृत्युको चक्र्रबाट छुटकारा पाऊनु नै हो। 
१९९८ मा अमेरीकाको न्युर्योक शहरमा आएपछि साईभक्तहरु नारायण पन्थी र वहाको परिवार संग एउटै घरमा बस्ने मौका मिल्यौ। वहाहरु संग प्रत्येक हप्ता आईतबारका दिन साँझ साई भजन गर्न थाल्यौ। त्यसपछि हामी बेग्लै डेरा सरेपछि प्रत्येक आईतबार घरैमा साइ भजन गर्ने क्रम जारी रहयो। यसै बिच नेपालबाट साई बहिनी अमेरीकामा पछिल्लो पटक सेप्टेम्बर २००६ मा आऊदा न्युर्योकमा हाम्रै डेरामा बस्नु भयो। त्यसबेला मलाई श्री साई सच्चरित्र र शीरीडीबाबाको सुनको प्रतिमा वहाले खाली हात हावामा हल्लाएर बाबाले भाईलाई दिनुभो राख्नुहोस भन्नुभयो। त्यस्तै मेनुका, अभिषेक र अरुहरुले पनि विभुति र मुर्तिहरु पाऊनु भयो। वहा आऊदा घरमा रहेका साईबाबाका फोटाहरुमा निस्कीएका विभुति अझै पनि छन र म प्रत्येक दिन विभुति लगाऊने गर्दछु पनि अरु साईभक्तहरुले झैँ। साईदिदि आऊदा वहा र वहाका श्रीमान गणेश भिनाजुसंग न्युर्योक, बाल्टीमोर अनि सन फ्रान्सीस्को अनि कलुजा भन्ने ठाऊमा पनि पुगे।

साईदिदीले साईबाबाले झैं हात हल्लाएर निकालेको विभुति र मुर्तिहरु साईभक्तहरुले पाऊदा उनीहरुको अनुहारमा देखिएको खुसीको क्षण सम्झंदा अझै पनि आनन्दको अनुभुति हुन्छ। विभुति र मुर्तिहरु पाएपछि कतिले त साईबाबाले सपनीमा आएर दिएको देखेका थियौ हजुरबाट प्राप्त भयो भन्ने गर्दथे। धेरैदिनसम्म वहासंग संगै हिडदा पनि ती सामानहरु पटुका वा गोजीबाट मिmकेको मैले देखिन। मेरै घरमा पनि वहाहरु बाहिरबाट कोठा भित्र नपस्दै शीरीडीबाबाका फोटोमा विभुति आइसकेको थियो। अनि अरुका घरमा जादा पनि हामीहरु घरभित्र पस्नुभन्दा अगाडीनै माथिल्लो कोठामा विभुति आएको देखेको थिए। यद्यपि वहाहरुले नथाहा पाऊने गरी ती सामानहरु दिनु हुन्छ जादु गरेर जुन हामीले देख्यौ भन्ने पनि सुनियो। तर मैले आफनै डेरामा बस्ता एकजना मित्रलाई एउटा मुर्ति दिनुहोस न दिदि वहाले सारै सहयोग गर्नु भएको छ भनि शिफारिस गरे तर वहाले दिनु भएन र भन्नु भो भाई बाबाले दे नभनिकन आउदै आउदैन कसरी दिनु। त्यस्तै कतिका हातमा विभुती झरेन धेरै पटक थाप्दा पनि। मैले शिफारिस गरे तर वहाले त्यसै भन्नु भो। यद्यपि बिभूती, मुर्ति एवं अमृत साईबाबा वा साईभक्तहरुबाट आऊनु भनेको भक्तहरुलाई शक्तिको मुहानमा पुग्ने चिन्होको एउटा माध्यम हो साध्य होईन जस्तो लाग्छ मैले बुझें अनुसार। अत यहि विषयलाई मुद्दा बनाउनु भन्दा निर्वाण वा मुक्ति पाऊनका लागि सिकाएको साधनाको अभ्यास गर्नु र सत्य, प्रेम, शान्ति, अहिंसा र धर्म जस्ता आर्दशलाई कर्ममा उतार्नु राम्रो हुन्छ जस्मा विवाद गर्नुपर्ने कुनै ठाउ रहन्न।

साई तिर्थस्थलहरुमा आजसम्म जान पाएको छुईन। मेनुका भने २०१० सालमा नेपाल गएका बेला पुटृवर्ती गईन तर म संगै नगएको हुदा जान सकिन। यद्यपि ती ठाऊहरुमा साईबाबाले बेला बेलामा आफनो बहिनी भनेर बोलाऊने गर्नु भएको र आफुले साईबाबाबाट धेरै पटक ईन्टरभ्यु पाई शिवलिंग र अन्य उपहार समेत पाऊने गरेको भनि दावी गर्नुहुने दाड०की साईबहिनीले न्युर्योक आएका बेलामा वहालाई साईबाबाले ‘भाईको’ नाम लिएर क्यालिफोर्नियाको कलुजा भन्ने ठाऊमा विनोदले लिएर लान्छ, अमेरिकामा म त्यहा बस्छु एक पटक दर्शन गर्न जानु भनेको कुरा सुनाउनु भएको थियो। त्यसैले म वहासंग कलुजा भन्ने ठाऊमा गएको थिए। एकजना साईभक्तको घरमा रहेको मन्दिर जहा मह र विभुति फोटा र मुर्तिहरुबाट निरन्तर झर्ने र भक्तहरुलाई भजन पश्चात बाडिदो रहेछ। साईदिदीले अमेरीकामा शीरीडी साईको नामबाट एउटा समिति खोली त्यस्को अध्यक्षमा म, उपाध्यक्षमा प्रोफेसर धर्मेन्द्र ढकाल र कोषाध्यक्षमा अजय सत्यालजी हुने गरी एउटा अस्थायी समिति पनि खोल्न लगाऊनु भएको थियो बाबाको निर्देशनमा भनेर। वहालाई पनि मैले जिस्किएर दिदी मलाई त साईबाबाले केही पनि भन्नु भएन भनेको थिए।

यसै मेसोमा केही हप्ता अगाडी मैले न्युर्योक आएपछि १९९९ तिर चिनेका एकजना मित्र सुवालजीले फोन गरेर सोध्नु भो तपाई उही विनोद रोका होईन? तपाई वकिल भएको त मलाई थाहा नै थिएन। एउटा विजनेश क्लोजिंगको काम गरिदिनु परयो भनि बाकी कुरा छोरीले गर्छिन भन्नु भयो। त्यसपछि छोरीले ईमेल पठाईन मलाई अंकलको संवोधन गरेर अनि ईमेलमा साईराम भनि लेखिएको थियो। त्यो ईमेलमा लेखिएको साईराम शव्दले मलाई आनन्दको अनुभुति दियो अनि मैले पनि प्रतिउत्तरमा साईराम नै सम्वोधन गरेर पत्राचार गरे। पछि उहाहरुको विजनेश क्लोजिड० हामीले गरयौ। त्यस क्रममा भतिजीले आफु बेंगलोर मै पढेको र साईबाबालाई ज्यादै मान्ने गरेको कुरा उठाईन। यो कामको संयोग पनि साईबाबाले नै जुरार्ईदिनु भएको अनुभव हामीहरुले गर्यौं। वहाको आमा पनि साईभक्त हुनुहुदो रहेछ। वहाले पनि साईदिदि रिचउडमा मिनुको डेरामा जानु हुदा दिदिको हातबाट विभुती पाऊनु भएको कुरा वडो गर्वकासाथ सुनाउंदै त्यसको केही दिन अगाडी साईबाबाले सपनामा विभुती दिएको देखेको अनि सपना यथार्थतामा परिणत भएको मिठो स्मरण सुनाऊनु भयो। र यो कामको लागि म कहा आऊने कुनै सल्लाह र सम्भावना नै नभएको तर अन्त्यमा यसरी सम्पर्कमा आई काम सम्पन्न हुनुमा साईबाबाको कृपा रहेको आस्था र विश्वासको मिठो शव्दका साथ साईराम भन्दै हामी विदा भयौ।
 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |