हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

सुमन लम्साल, (चिसापानी - ५, स्याङ्जा (हाल पोखरा))


आफ्नै जहानको जवानी बन्धकी राखेर ।
र आएको छु आँखा नि बन्धकी राखेर ।

रिन तिर्दा नि तमसुक पाइनँ; जलाईदिएँ घर,
के गर्छस् साहु खरानी बन्धकी राखेर?

त्यती धेरै खुसी किन खोज्छ पुतलीले,
बत्ती सामु जिन्दगानी बन्धकी राखेर?

विचरीको पर्खाई खै कतिन्जेल रहला,
काखमा राख्ने सिरानी बन्धकी राखेर?

यहाँका क्याम्पस भन्ने कारखानाहरूमा,
देश पढाइन्छ राहदानी बन्धकी राखेर ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |