लघुकथा: उद्दारक
जीवन\\\'पीडित\\\' दहाल, (जुरोपानी-४,झापा, हाल: मैतीदेवी,काठमाडौँ |)
एक्लै हिंडी रहेको बेला एउटाले मेरो बाटो छेक्यो र भन्यो–“ए मनुवा, मलाई चिनिस् ?” louis vuitton handbags 2013 cheap louis vuitton handbags
louis vuitton outlet uk CCNA 200-120 exam latest “अहँ”–मैले अस्वीकृति जनाएँ र थपें–“बाप् जुनिमा कहिल्यै देखेको भए पो चिन्नु ।”
ipad leather portfolio case मेरा उत्तरले उसको अनुहार तमतम्याइलो भयो । सम्भवतः उसको अभिमानमा चोट पुगेको हुनुपर्छ । तै पनि फेरी उसले बिना कुनै संकोच भन्यो–“मूर्ख मनुष्य, म इश्वर हुँ इश्वर ! मलाई पनि चिनिनस् ?"
उसका कुराले मलाई रिस उठ्ला–उठ्ला झैं भयो अनि मैले उसलाई प्रश्न गरें–“तिमीले मलाई चिनेका छौं ।”
पहिले त ऊ अकमकियो मेरा प्रश्नले र सम्हालिएर भन्यो– “मान्छे ।”
“मैले 'म मान्छे हुँ मान्छे' भनेर आफैले आफ्नो परिचय दिनु परेको छैन त | अनि तिमीले चैं किन 'म इश्वर हुँ इश्वर' भनेर फलाक्तै हिड्नु परेको नि ?" ISC CISSP dumps
मेरा प्रश्नको उत्तर उसले दिन सकेन । अनि मैले नै थपें– “इश्वर, धर्म र सत्यले फलाकी रहनुपर्दैन अनि फलाक्ने सत्यपनि हुँदैन भन्ने मलाई थाहा छ ।”
मेरा कुराले अक्क न बक्क भयो अनि मैले फेरी अर्को प्रश्नको झटारो हानें–“अनि, इश्वर भएर लखर–लखर कता त ?”
642-902 dumps Microsoft 70-410 CompTIA 220-802 exam “मेरा पछि लाग्ने मान्छेको उद्दार गर्न हिँडेको”–उसले उत्साहित भएर उत्तर दियो र थप्यो–“जसले मलाई संसारको एकमात्र इश्वर भनेर विश्वास गर्छ र अरुलाई इश्वर मान्दैन तथा मेरा पछि लाग्छ उसका सबै दुःख, चिन्ता, रोगब्याध र पापजति म आफुमा समाहित गरेर उसलाई मुक्त गरिदिन्छु साथै उसलाई स्वर्गमा मसँगै राख्छु मेरा दायाँपटी ।”–उसले कारण खोल्यो र थप्यो– “तिम्रो पनि बुद्धि भए मेरा पछि लाग ।”
“भो भो स्वर्गको गफ लगाउनु पर्दैन । हाम्रा नाउँमा यस अघि पनि दुइचार इश्वरहरुको उद्दार भै सकेको छ अनि तिमी उद्दारक नै भए तिम्रा पछि लागेर किन जिउ हजुर गरि रहनु पर्यो मान्छेले ? खुरुक्क उद्दार गरे भै गो नि मेलैसँग”–मैले पनि टिम्मुर्किएको उत्तर दिएँ ।” र आदेश दिएँ –“अब बाटो नछेक, मान्छे आफ्नो उद्दार आफै गर्न सक्ने भै सक्यो ।”