हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

सयको तीनजोर

कृष्ण कटेल, (ओखलढुङ्गा, हाल - काठमाण्डौ)

उनी भाग्यको हुरीबतासले उडाएर
थकित बनाएको अनुहार खुम्च्याउँदै
चर्को घाम जस्तै तत्तिएको उर्जा निकालेर
मध्य बजारमा कराइरहेकी थिइन्
'हो हजुर सयको तीनजोर'

अनेक सोचको तन्द्राबाट ब्युँझिएर
थिच्चिएको भूमी जस्तै उनको निधारको डाम हेरें
अनि डोकोभरी बेच्दै गरेको सामान देखाउँदै
आशामाथि पौडिरहेको नजरले भन्यो,
'हो हजुर सयको तीनजोर'

नजिकै सिँगान चुहाउँदै
ललिपप चुसिरहेको उनको छोरो
अनि काखमा दुध चुस्दै गरेकी बच्ची
दुबैको भविश्य बुन्दै गरेकी ती दिदीसामु
मेरा फाटेका मोजा फेर्न ग्राहक बन्नु भन्दा पनि
सम्झन पुगेँ आमाको ममता, त्याग र मेहनतलाई
किनकी हरेक आमाहरू आफ्नो सन्तानको लागी भुलिरहेका
हुन्छन् आफ्नो खुसीहरू ।

सडक चिसिन्छ, तातिन्छ
घाम उदाउँछ, अस्ताउँछ
तर चिसिदैनन् उनका आशाहरू
अनि रोकिदैन उनको चर्को आवाज
बरू भीडभित्र ग्राहक खोज्दै भनिरहेकी हुन्छिन्
'आयो अब सयको तीनजोर'

त्यहीँबाट हेर्छिन् बन्द, हड्ताल र आन्दोलनहरू
त्यहीँबाट सुन्छिन् देशमा आमूल परिवर्तन आएको कुरा
शासन ढलेको कुरा, सरकार ढलेको कुरा,
न त आशै गरिन् क्रान्तिबाट, न त केही पाइन् उनले
त्यसैले हरेक विहानीमा उही भाषा दोहोर्‍याउँछिन् सडक पेटीमा
'आयो हजुर सयको तीनजोर'

त्यही रत्नपार्क हो
त्यही भृकुटीमन्डप हो
त्यही खुल्लामञ्च हो
जहाँ हरेकचोटी आएर
आफ्नो तागत देखाइरहन्छन् नेताहरू
गुण्डागर्दी गर्ने तागत
सारा सम्पती कुम्ल्याउने तागत
अनि विकाशको नाममा
आफ्नै मात्र विकाश गर्ने तागत
तर कहिल्यै राखेनन् नेताज्यूहरूले
गरिवीको पसिना पुछ्ने तागत
त्यसैले उनी ब्यापारीको ब्यापारी सडकपेटीमा
भनिरहेकी हुन्छ्न् बालबच्चा मुसार्दै
'आयो अब सयको तीनजोर!'

Comments

bishal

nic poem.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |