हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सागर, सुर्यास्त र महामुद्रा

सुन्दर जोशी , (वेस्ट पाल्म बीच, फ्लोरिडा)


आफ्ना जिम्मेवारीहरु सबै थाती राखी
निसिम अचानक सन्किएर समरल्याण्ड की पुग्यो |  एटलान्टिक महासागरमा एउटा झिंगाको टाउको जत्रै टापू, गुगल अर्थमा समेत झट्ट नदेखिने त्यो टापुमा अवस्थित एउटा सिंगो रेजोर्टमा करिब करिब निर्वासनको सजाय दिए जस्तै,  आफुले आफैलाई | कुनै त्यस्तो बिशेष कारण पनि होइन, बस कंक्रिटको जंगल जस्तो लाग्ने, कहिले पनि नसुत्ने बिशाल भिडभाड र होहल्लाको सहर न्यु योर्क, उसै त हिउको आँधी पछिको चीसोले कक्रिरहेको बेला, कसैको चीसो ब्यबहार थपियो अनि उ सन्किएर अचानक भागी दियो |


अलिकति मन त दुखेकै हो उसको, तर भएको खासै केहि होइन | लेखकको मुटु न हो, एक दम छिटो बिझाइदियो | मित्सुकोसंग नराम्रो विवादमा फस्न पुग्यो उ र उसलाई हार्न पनि मन लागेन | उसको जिद्धि स्वभावले पनि अप्ठेरोमा पर्छ उ कहिले कहीं, नत्र कथामा समलिंगीको प्रसंग उठाई दिँदा के नै फरक पर्ने थियो | उसैले लेखिरहेको एउटा टेली शृंखला जुन सुपर हीट भै रहेको थियो त्यसैको नयाँ शृंखलामा दुइ नारी पात्रलाई समलिंगीको रुपमा प्रस्तुत गरिदेउ भन्ने उनको आग्रह थियो जुन निसिमलाई पटक्कै पचेन | तर्क बितर्कले चर्कै रुप लियो र दुबैले आआफ्ना मनका हुँडास सबै बाहिर निकाले | अक्सर प्रेममा स्तो हुन्छ नै | फेरी उनीहरु बीच अस्वस्थ्य प्रतिस्पर्धा चलिरहेछ भनेर गाई गुई नचलेको पनि त होइन | न्यु योर्क फिल्म इन्स्टिच्युटमा फ्रेशमेनको रुपमा प्रवेश गरे देखिनै  आफु आधा नेपाली भएर होला, आधा जापानीज मित्सुको यामादासंग पहिलो नजरमै पिरती गाँसिएको थियो |  नेपाली मूलको अमेरिकन निसिमको जिउ डाल, रुप रंग, बोली बचन हरेक कुरामा फिदा थिइन् मित्सुको पनि र छाया जस्तै निसिमको नजिक भै रहन मन पराउँथिन | मित्सुकोको बिषय प्रोडक्सन थियो भने निसिम लेखन र निर्देशनमा अध्ययन गरिरहेको थियो | साथीहरु उसलाई अभिनयमा जान उक्साउंदथे तर उ हाँसेरै टार्ने गर्दथियो | तर मित्सुको भने निसिमसंगै उसको भावनाको सागरमा लहर भएर संगसंगै छलांग मार्न, कुर्लिन, उर्लिन मन पराउउंथि | उसको कथाको बिषय बस्तु, पात्र,  शैली र भाषा हरेक कुरामा मित्सुको अचाक्ली रुचि लिन्थिन र निसिम पनि उनलाई सबैभन्दा बढी विश्वास गरेर आफ्ना भावनाहरु बाड्ने गर्दथियो | म्यानह्याटनको सेरोफेरो र ब्रूक्लिन ब्रिज मुनिका कुन चाही त्यस्तो रेष्टुरेन्ट होला जसलाई उनीहरुको प्रेमको पत्तो नभएको होस् | सबैथोक चलेर पनि उनीहरु संगै बस्दैन थिए किन भने दुबैका बाबु एसिएन मूलका थिए र बिहाको कुराको त झन् अत्तो पत्तो थिएन |


जति सुकै दोस्ती भए पनि मित्सुको शक्तिशाली कार्यक्रम निर्माता भै सकेकी थिइ, अलि तीतो टर्रो पाराले भनि दिई " तिमी मैले भनेको जस्तो पात्र सिर्जना गरेर लेख |" निसिमपनि कम्ती जिद्धिवाल थिएन, मान्दै मानेन |

"तिमीलाई यहाँसम्म ल्याउनमा मेरो बिशेष भूमिका छ भन्ने कुरा नबिर्स, मैले जिद्धि गरि गरि तिमीलाई लेख्न कर नगरेको भए न तिमी यो शृंखला लेख्ने थियौ नत यति प्रशंसा नै बटुल्ने थियौ" | मित्सुकोले हद भन्दा बढ्तै बोलिदिई |


"आम्मै, त्यसो पो,  त्यहाँ तल स्ट्रिटमा हेर त कति मानिस हिंडीरहेका छन, लौ एउटालाइ समात र लेखक बनाएर देखाऊ,  आइ क्वीट, तिमी आफैले कनटिन्यु गरे पनि हुन्छ |" रीस नाकको टुप्पामा राखेर हिड्ने निसिमको ब्रम्हाण्ड हल्लियो र उसले पनि एकपल पनि नसोची प्वाक्कै भनि दियो र हिंडी दियो | त्यो साँझ उनीहरु दुवै अपटाउन न्यु योर्कमा मित्सुकोको कुनै आफन्तको घरमा पार्टीमा जानु थियो तर उ सिधै ज्याक्सन हाइट पुग्यो र मालिङ्गो रेस्टुरेन्टको एउटा कुनामा बसेर कर्णदासको करुण गीतमा डुबेर बसी रह्यो |


जब कोहि तिम्रो थिएन, म त तिम्रै थिएं

केहि तिमि बनेकी थिएनौ, तिमि मेरै थियौ ...

 

नेपाली लेखपढ नभए पनि राम्रै बुझ्ने र बोल्ने गर्दथियो उ त्यसैले उसलाई कर्णदासको यो गीतले सारै छोयो | नेपालीमा लेखिएको गीतमा पनि आफ्नो बेदना, आफनै मनको आर्तनाद स्पष्ट ब्यक्त भएको पाएर छक्क परेर नियाली रह्यो | कथामा, प्रेमी पात्रहरुको बीच कन्फ्लिक्ट ल्याएर पाठकहरुलाई तुरुक्क रुवाउन बाध्य पार्ने लेखक महोदय आफै तड्पिएर बगरमा फालेको माछा झैँ भयो | अनेक बहाना गरेर एकछिन आफुलाई नछाड्ने मित्सुकोले त्यति टर्रो बोल्न सक्ली भनेर उसले सपनामा पनि सोचेको थिएन | उनलाई त्यहाँ पुर्याउनमा उसको पनि त हात थियो नि | त्यो चाही किन बिर्सेकी होलि, "नेप्टीसेल्फिस गर्ल ..!!"  मुर्मुरिनसम्म मुर्मुरियो उ |


मित्सुकोको चिम्से आँखा मात्रै हेरेर पनि निसिम एक दिनमा एउटा एपिसोड लेख्ने गर्दथियो अनि त्यसमाथि अलिकति नखरा मिस्सियो र बहाना सहितको स्पर्शहरु थपियो भने लेखक महोदयलाई काम पुग्यो | रोमियो,  उसको अघि अस्तित्वहीन भैदिन्थ्यो | अनि स्तो अचाक्ली भएपछि ब्यबहार र बोलीमा, अलिकति तलमाथि के भएको थियो काम पुगी हाल्यो नि |  मायामा अलिकति घुर्कीको पनि भूमिका हुनुपर्छ भनेर आफै भन्ने गर्दथियो तर आफैलाई परेपछि थाहा पायो बिछोडको पीडा कस्तो हुँदो रहेछ भनेर | उ सन्किएर हिडे देखि, मित्सुकोले एक कल पनि गरिन न त दुइ शब्द मेसेज नै लेखिन् | उसलाई झन झोक चल्यो र आफ्नो फोनलाइ एरप्लेन मोडमा राखी दियो |


सिंगो एउटा रात पनि ताब्दी झैँ लामो भयो उसलाइ | अक्सर स्तो पीडामा हुँदा उ प्रकृतिको रण पर्ने गर्दथियो त्यसैले रातभरी सबैभन्दा सुनसान भ्याकेसन रेजोर्टको खोजि गर्यो | सिङ्गै एउटा टापुमा एउटा रेजोर्ट | त्यसको भर्चुअल टूरले उसको मन जित्यो र त उ तिबेला समरल्याण्ड कीमा छ |

अथाह सागरको सुन्दर रुपसंग पहिलो नजरमै मोहित भैदियो उ |

"कम से कम एक हप्ता आफुलाई रबिन्सन क्रुसोमा रुपान्तर गरेर एउटा नितान्त फरक अनुभूतिहरु बटुल्ने छु |" आफै संग बोल्यो उ |


हुन पनि आफ्नो अस्वीकृत रचना जस्तै लाग्यो उसलाई त्यो टापू | एकदमै मौलिक,  सिङ्गै टापुको मध्यमा एउटा गोलाकार घर जसको तल्लो तलामा स्वागत कक्ष,  बिभिन्न सेटअपमा फरक फरक रेस्टुरेन्ट र बारहरु अनि मनै लोभ्याउने दृश्यसंग एकाकार भएर बसे जस्तै लाग्ने विश्राम स्थलहरु |


यो भन्दा बाहिर अर्को घेरा,  कुनै चित्रकारको अमूर्त चित्र झैँ लाग्ने बगैचा र त्योसंगै लहसिएर बसेको बिभिन्न रुपको स्विमिंग पूलहरु | त्यो भन्दा पर प्रकृतिको साश्वत स्वरूप अर्थात कतै जंगल, चट्टान, बगर अनि त्यस भन्दा पनि पर किनाराका यी दृश्यहरुसंग छिल्लिन होडबाजी गरिरहेका सागरका लहरहरु | अनि  तिनै उत्ताउला लहरहरुसंग कुनै गोप्य कुरा साउती मारी रहे झै गरि तलै सम्म झुकेका पाल्मका वृक्षहरु |


यो टापुमा निसिमको पहिलो दिन, आफ्नो कोठाको बरन्डामा उभिएर, संसार सबै भुलेर यी सबै दृश्यहरु नियालेर बसी रहेको बेला अनायास उसलाई भोक र प्यास एकै पल्ट लाग्यो र उ सिधै तल वारमा पुग्यो | बारटेन्डरले पाइपबाट ड्राफ्ट वियर हालेर "कम्प्लीमेट्रि" भन्दै उ तिर बढायो | निसिमले लामो, कम्मर छिनिएको बियरको ग्लासलाइ आकर्षक पाराले नियाल्दै एउटा लामो घुट्को पियो | बारटेन्डर पनि कम थिएन भनि हाल्यो " यहाँको माहौलनै यस्तै छ" |


कसरी भनेर प्रश्न गर्न पनि भ्याएन निसिमले, नजिकै कतै थुप्रै नीलो प्रका पोखिझैँ भयो र उसको आँखा त्यतै मोडियो |

 

कस्तो मीठो कल्पना ! त्यो नीलो प्रकाश नजिकैको एउटा स्विमिङ्ग पूलमा पोखिएको थियो | बास्तुकलाको सुन्दर नमुना, त्यसको पानीको सतह सागरसंगै मिलेकोले सागर नै तिर्खाएर बारको नजिक आए जस्तो भ्रम हुने | सागरपट्टि स्विमिङ्ग पूलको कुनै पर्खाल नै नभ जस्तो अर्थात नदेखिने र त्यो सिमानाहीन सागरको एउटा अंश भएर वारसम्मै आइ पुगेको थियो | उसका आँखाहरु बिस्तारै प्यान भएर त्यसको किनारा भेट्टाउन दौडी रहेको बेला त्यहि नीलो पानीको छेउमा महामुद्राको आसन लिएर बसी रहेकी नारी रिरमा गइ  टासीयो | उनि बिपरित दिसामा फर्किएर मुर्ति झैं निश्चल ध्यानमा लीन थिइन |


प्रकाको प्रभावले उनको बदन तामाको मुर्तिझै टल्की रहेको थियो | उत्ताउला समुन्द्री बतास उनको लामो सुनौलो केशसंग खेली रहेको थियो तर उसलाई त्यसको केहि वास्ता थिएन | कस्तो एकाग्रता ? उनका आँखाहरु क्षितिजबाट फर्किने नाम लिइरहेको थिएन र निसिमका आँखा उनको शरीरबाट | सागरका निला लहरहरु, बादलका अनेक बुट्टाको टाटु भएको निलै आकास अनि तिनै टाटुहरुमा रक्तिम रंग भर्दै क्षितिज तिर झर्दै गरेको घाम अनि महामुद्रामा लीन ती अज्ञात परी | निसिमलाइ आफु धर्ती मै त छु भन्ने शंकालागे झैँ आँखा मिचेर उसले यी सबै दृश्यहरुतिर आँखा डुलायो |

 

त्यति नै बेला किनारमा रोकिन आइ पुगेको एउटा बोटको कर्कस आवाजले उसको ध्यान खल्बलियो र केहि पललाइ उसको नजर त्यता गएको बेला उसले देख्यो ट्रपिकल भेष भुषामा सजिएका एक जोडी तन्देरीहरु त्यसबाट ओर्लिए र छिल्लिदै सिधै स्विमिङ्ग पूलको अर्को पट्टी कुनामा भएको एउटा आकर्षक सेड मुनिको स्थानमा गइ आसन जमाए | त्यतिन्जेल ती माहामुद्रामा बसेकी अज्ञात अप्सरा त्यहाँ बाट बिलिन भै सकेकी थिई | निसिमको मन खल्लो भयो र उसका आँखाहरु यत्रतत्र जतासुकै भाग्न थाले | अहं,  उनि कतै थिइनन | अनि अलिक सुनसान, बगरको किनारमा त्यतिकै हल्ली रहेको एउटा गुमनाम डुंगामा गएर उसको नजर अडियो र उ चुपचाप त्यतैतिर लम्कियो | पानीको नजिकैबाट बालुवामा खाली खुट्टा हिंड्न मन लाग्यो उसलाई, ताकि उसका पाइलाका डोबहरू सागरका छालहरुले सिनित्तै पखाली दिउन | बेला बखत सागरको छालहरु निक्कै वर वर सम्म आइपुग्थे र बगरका बालुवाहरुलाई मिठो स्पर्श दिएर जान्थे | हिउँदको बेला उत्तरतिरबाट बसाई सरेर आएका सारसका हुलहरु तल तल उड्दै माछाको शिकारमा ब्यस्त थिए र उनीहरुको हल्ला पनि सागरको मिठो सिम्फोनीसंग मिसिएर संगीतकै एउटा अं भएको थियो | त्यो गुमनाम डुंगाको नजिकै एउटा चट्टान माथि उभिएर सुर्यास्तको विहंगम पीडा सहने निधो गर्यो उसले | किन किन उसलाई त्यो डुंगा आफूजस्तै एक्लो र उदास लाग्यो अनि उ त्यहि बसेर त्यो डुंगालाइ नियाल्दै नोस्टाल्जिक भयो |


कल्पना गर्यो, टु पिस स्विमिङ्ग कस्ट्युम माथि एउटा पातलो आकासे रंगको सिल्कको सर्ट मात्र, त्यो पनि टाँक सबै फुकाएर लगाएकि मित्सुको उसको हात समाएर बगरमा हिडीरहेकी छ | बालुवामा उनका पाइलाहरुका सन्तुलन नमिलेर निसिमको पाखुरा बलियो समातेकी छ | दुबैको गन्तब्य त्यहि गुमनाम डुंगातिर छ र मित्सु त्यसमाथि पाइला राख्ने क्रममा झन्डै लडेकी अनि उसका बलियो पाखुरामा आइपुगेकी मित्सुलाई उ मायालु नियाली रहेको छ |

तर तर कोहि आफु भतिरै आउदै गरेको या कोहि यतै कतै भएको आभास पाएर उसको ध्यान विखण्डित भैदियो | उ त हेरेको हेरेकै भयो | अलि पर अर्को चट्टानमा भर्खरै उसले जुन भेषमा मित्सुकोलाई कल्पना गरेको थियो करिब करिब त्यस्तै भेषभुषामा अर्थात लुगाको नाममा सानो दुइ त्यान्द्रामात्र भिरेका दुइ स्त्री आलिङ्गन बद्ध भै चुम्बनमा लिप्त | अनि उ झसंग भयो, अघि बोटमा आएका दुइ पट्ठाहरुलाई सम्झिएर |


"कतै यो समलिंगीहरुको प्रिय थलो त होइन ?" उ झसंग भझैँ बडबडायो र भाग्यो त्यहाँबाट |  अलि एकान्त ठाउमा अर्को सानो गोलो स्विमिंग पूल जुन होटेलको मुख्य भवनबाट पुरै आझेल परेको थियो र प्रकृतिसंग लिपिक्कै टासिएर बसे झैँ लाग्ने त्यो मोहक, एकान्त ठाउको एउटा छेउमा आकासको त्यतिबेलाको रुपरंगसंग दुरुस्त मिल्ने प्रकाश पोखिएको ठाउमा उमेरले साठी पैसठीबाट पनि उकालो हिड्दै गरेका जस्ता तर आकर्षक जिउ डाल र ब्यक्तित्वका मानिस आफ्नो अघि ल्यापटप र केहि पुस्तकहरु फिजाएर बसी रहेको थियो | यो पनि त्यस्तै त होला नि भन्ने ठानी उ  सशंकित भयो र उसलाई अलि उपेक्षा गर्दै  सिधै आफ्नो कोठामा पुग्यो र सेतो तन्ना बिछ्याइएको टुडिखेल जत्रो पलंगमाथि कोशी छेउको बुढो सिमलको रुख ढले झैँ ढलि दियो | उसको छाती खलाती जस्तै जोड जोडले चलिरहेको थियो |  आफैसंग मुर्मुरि रहेको थियो उ किनभने हतारमा त्यो रेजोर्ट्को फेसबुक पेजमा गएर सका पूर्व ग्राहकहरुको टिप्पणीहरु पढ्ने होसै भएन उसलाई | बस सको भर्चुअल टूरमा मक्ख परेर फाल हानेर आइ पुगेको थियो उ |

 

"आइ पुगिस् केटा समलिंगीहरुको सेफ हेभनमा" कानमा उसको आफ्नै आवाज गुञ्जियो र उ लाज र घृणाले भुतुक्क भयो | मित्सुकोले चाल पाई भने कति हाँस्दी हो ? सोचेर झन् कहाली लागेर आयो उसला र उठेर बाहिर बरन्डामा पुग्यो जहाँबाट उ सिमाहीन सागरको सन्ध्याको गतिबिधि नियाल्न सक्दथियो | भोलि बिहानै टाप ठोक्ने विचार त उसले गरि नै सकेको थियो त्यसैले धित मरुन्जेल सन्ध्यामा सागरको रुप नियालेर चाहिने, नचाहिने कुरा सोचेर उभिई रह्यो, बरन्डाको रेलिङ्ग समातेर | त्यतिनै बेला पर आकासमा, सागर भरि सेतो हीरा खन्याउदै पूर्ण आकारकी जुन देखा परि | उसले हेर्दा हेर्दै सिङ्गै सागर हिरा झैँ टल्किन थाल्यो र उ त्यहिं मुर्ति भयो | लेखक न हो बेपत्ता हरायो प्रकृतिको त्यो रुप देखेर | स्तो अचाक्ली उसलाई पहिला पनि भएको थियो | नेपाल गएको बेला कुनै दुर्गम गाउंमा बास बसेको बेला आकामा जुन यसरि नै उदाएको थियो र त्यति बेला हीरा गोसाई कुण्डमा पोखिएको थियो र सिङ्गै पोखरी हीरामा परिणत भएको अनुभव गरेको थियो उसले |


"आका, कुण्ड होस् या सागर, माथिको पुर्णिमाको जुनको प्रवेश पछि असरल्ल हिरा मोति पोखिएको एउटा ठुलो नाङ्ग्लो झैँ देखिदो रहेछ |" उसको ओठहरु बडबडायो | त्यति नै बेला कसैले बाँसुरीबाट धुन सृजना गर्न लागेको आभास पायो उसले र त्यो धुन कताबाट आइ रहेछ भनेर नियाल्दा नियाल्दै यति मीठो धुन वातावरणमा गुञ्जिन थाल्यो कि, निसिम एकदमै बेचैन भयो | उसलाई संगीतमा अति नै रुचि थियो र अक्सर यसरी एक्लिएको बेला संगीतमात्र उसको साथी हुने गर्दथियो | उ हतार हतार तल लबीमा झर्यो | कुनै अमुल्य बस्तु हराएर आतुर भै खोज्न दौडिएको झैँ भाव भंगीमा थियो उसको तर जब उसले दुइ ओटा फरक फरक आकारका अति मोहक स्विमिङ्ग पूलको बीचबाट झट्ट हेर्दा सागरको बिचमै पुगे जस्तो लाग्ने एउटा लामो बरन्डाको सबै भन्दा पल्लो छेउमा एउटी युवती उभिइ रहेको देख्यो,त्यहिं स्थिर भयो | उनको हातमा भएको चादीको त्यो बाँसुरी जुनको प्रकामा यसरी टल्की रहेको थियो मानौ त्यो जुनकै एउटा अं हो | अनि उसलाई धेरै बेर पनि लागेन चिन्नलाई, तिनी उही अघि महामुद्रामा बसेकी सुन्दर मुर्ति जस्ती युवती नै थिइन् |  उनको एकाग्रता र संगीतको प्रवाहमा कुनै अबरोध नआओस भनेर उ जहाँको त्यहिं स्थिर भै चुपचाप बाँसुरीको मीठो धुन सुनेर टोलाई रह्यो | मन मनै निर्णय गर्यो, 'जति बेर भपनि उनि त्यहाँबाट फर्किदा उसकै सामुन्नेबाट नगएसम्म त्यहिं जरा गाडेर बस्ने छु |'

 

तर धेरै बेर कुर्ने परेन | उनको संगीत रोकियो र उनले टलक्क टल्किएको चादीको बाँसुरी लई यसरी नियालिन र छातीमा टासिन मानौ त्यो उनको मुटु हो | निसिमको मुटु सबै बाहिर आउला जस्तो भयो, जे भए पनि उ लेखक हो नि, ति सुन्दर युवतीको मन पनि विरहमा छ भन्ने बुझ्न उसलाई आइतबार पर्खिनु परेन | उसले चालै नपाई उसका पाइलाहरु सुस्तरी गतिशील भै सकेका थिए र उसको गन्तब्य बिल्कुल त्यहीं थियो जहाँ उनि थीइन | तर त्यति नै बेला उसको नजिकैबाट कोहि हिडी रहेको पदचापले उसका पाइलाहरु जहाँको तहीं रोकियो | एउटी श्यार्णकि अद्वित्तीय युवती टु पिस स्विमिङ्ग ड्रेसमा, हातमा एउटा हिउ जस्तै सेतो टावेल खेलाउदै उसको नजरको सामुन्नेबाट गईन र केहि खुड्किलाहरु झरेर पर सागर भन्दा पनि नीलो रंगको पानी भएको स्विमिङ्ग पूलतिर लागिन र हातको रुमाल नजिकैको बेन्चमा फालेर सुस्तरी पानीमा पाइला हालिन | उनको रुपनै स्तो थियो कि सिङ्गै आकास त्यहि फाल हानेर आउन लागेको भान भयो उसलाई | जुन त झन यति अत्तालियो कि घरि घरि छेक्न आउने बादलहरु पन्छाउदै आकासलाई जित्ने होडबाजीमा भ जस्तै देखियो | तर निसिम न यता न उता, एक पाइला पनि नचली त्यहीं उभिएर घरि बाँसुरी बजाउनेतिर अनि घरि पानीसंग मस्त खेली रहेकी तिनै युवतीतिर नियालेर बसी रह्यो | अलि बढीनै संकालु छ निसिम, उसलाई लाग्यो "कतै अघि सागरको छेउ चट्टानमाथि देखिएका दुइ युवती यिनीहरुनै त होइनन ?" अनि उ दौडिदै पुग्यो नजिकैको बारमा,  जहाँ उही अघि पुस्तक फिजाएर बसेको मानिसमात्र क्युबन सिगारको धुवा उडाएर बसी रहेको थियो | उसलाई अलि उपेक्षागर्दै बारटेन्डरसंग गफिन थाल्यो | तर उसको नजर स्विमिङ्ग पुलमा र मन भने बाँसुरी बजाउने युवतीको छेउमा पुगेको थियो | छेउ न टुप्पाको कुरा गरेर उ त्यहाँ अल्झी रहने दाउमा थियो | हेर्नु थियो उस्लाई ति दुइ परीहरुको हर्कत र निर्क्योल गर्नु थियो उनीहरु अघि बगरमा देखिएकाहरुनै हुन् कि होइननन भनेर | तर त्यतिनै बेला खित्का छाडेर हाँस्दै मस्किदै ति अघिका केटाहरु त्यहाँ देखा परे | तिनीहरुसंग आँखा जुध्ला भनेर उ थर्कमान भयो र आँखा अन्तै मोड्यो | त्यहि बेला कसो कसो गर्दा उसको नजर त्यो सिगार पिउदै बसी रहेको बुढोको कस्सिएको पाखुरामा गयो जहाँ उसले उन्मत्त भैरबको स्वरुपलाइ टाटुको रुपमा प्रस्टै देख्यो | नेपाली काष्ठ कला र मुर्तिहरुमा पाइने कामसुत्रहरुको बारेमा उसले केहि अध्ययन गरेको थियो त्यसैले अब भने उ त्यो मानिसको परिचय पाउन उत्सुक भयो | तर आफु ब्यबहारमा चिप्ली सकेको महसुस गरेर तत्काल बोल्ने हिम्मत पनि गरेन | जुक्ति निकाल्यो, आफु नेपाली मूलको मानिस भएको कुरो बुढोको कानमा पुरयाउने, अनि सायद उ आफै उप्रति आकर्षित हुने छ | तर मनमा फेरी त्यहि शंका लंकाको आगोझैँ दन्किन पुग्यो र उ सतर्क भयो | बियर पिउदै उ बुढाको हाउभाउ, हर्कत उसले थाहा नपाउने गरि चियाई रहेको थियो, कतै उ ति केटाहरुसंग  मस्किन्छ कि भनेर | त्यतिनै बेला बारटेन्डरले प्याच्चई भनि हाल्यो "तपाई एकदम एसिन देखिनु हुन्छ, पक्का नेपाली जस्तो |"  उसले भनि त हाल्यो " आधा नेपाली भन्नु पर्ला" भनेर | आफ्नो उत्तर सुनेर जिल्ल परेको बारटेन्डरको अनुहारको भाव पढेर हतार हतार सच्यायो "तिमीले सोचेको जस्तो आधा होइन..मेरो बुबा नेपाली र आमा ताको अमेरिकन, त्यसैले आधा नेपाली भन्न खोजेको" | अनि, जस्तो सोचेको त्यस्तै भयो | बुढा मान्छे फ़रक्कै उ तिर फर्कियो र हास्दै भन्यो " कस्तो घतलाग्दो कुरा गर्नु भयो आधा नेपाली, वाउ, कस्तो अचम्म, समरल्याण्ड किमा आधा नेपाली ?" अनि उसले आफ्नो पाखुराको टाटु देखाउदै भन्यो "म पनि आधा नेपालीनै हुँ बिडी बहादुर माँझी हो मेरो नाम !"

" बिडी बहादुर ? "

उसले हातको सिगार देखाउदै भन्यो नेपालमा हुँदा बिडी धेरै तान्ने भएकोले गाउलेहरुले मेरो नामनै बिडी बहादुर माँझी राखी दिए |

"अनि माझी चाहिं किन नि ?"

" माछाको अनुसन्धान गर्ने भएकोले | मेरो पी. एच. डीको बिषयनै नेपाली नदिहरुमा पाइने माछा थियो नि त !"

"अनि अहिले यहाँ समुन्द्रको माछाको अनुसन्धान गर्दै हुनु हुन्छ ?" आश्वस्त हुन चाह्यो निसिम |


बिडी बहादुरले अस्वीकृतिमा टाउको हल्लायो | उसले सिगारको एउटा लामो सर्को तान्यो,  तुरुन्तै सिगारको टुप्पा काटेर यस्ट्रेमा फाल्यो र बाकी सिगारलाइ खल्तीमा हाल्दै उठेर उसको नजिकैको अग्लो स्टूलमा बस्न आई पुग्यो | निसिम झस्कियो र संकालु हुँदै उसको गतिबिधि नियाल्न थाल्यो | बिडी बहादुर, उसले सोचेको जस्तो बहादुर निस्किएला कि भन्ने त्रासले उ भित्र भित्रै कांपीरहेको थियो | उसले आफ्नो बियरको ग्लास समाते पछि भन्यो "कहिले कहीं आफ्नो नियमित दैनिकीलाइ, अर्थात मेसिन जस्तै दौडी रहेको जिन्दगीलाइ पूर्ण बिराम दिएर प्रकृतिको शरण पर्नु मन पराउछु म | तपाइलाई यो ठाउँ त्यस्तो प्रयोजनको लागि उपयुक्त ठाउ हो जस्तो लागेन ?

 

"यो बिडी बहादुर निक्कै धुर्त होला जस्तो छ ! सको कुरामा नफस केटा, भाग यहाँबाट, भाग ..भाग" उसको मन भित्र भित्रै चिच्यायो तर उ सजिलै भाग्न सक्ने स्थितिमा थिदै थिएन |

 

निसिमको अनुत्तरित अनुहार नियालेर उसले फेरी सोध्यो " तपाइले आज बिहानको सुर्योदयको दृश्य हेर्नुभयो ? "

"म आजैमात्र आई पुगेको !" संक्षिप्त उत्तर दियो उसले |


"भोलि बिहान पाँच बजेनै उठेर यहाँ आउनुस | यो रेजोर्टको एउटा थप आकर्षण भनेको आफ्ना पाहुनाहरुलाई मिर्मिरे बिहानीमा, कलिलो घामको किरणसंग रतिमग्न भए जस्तै लाग्ने सागरको उत्ताउलो नृत्य नियाल्दै घाम उदाउने दैलो सम्म पुर्याउनु पनि हो | अनि त्यतैबाट कि वेस्ट पुर्याउछन, जानु भएको छ अर्नेस्ट हेमिन्ग्वे लाइ भेट्न ? अर्थात उसको घर हेर्न ? बजार त पक्का ठमेल जस्तै छ | ठमेल त थाहा होलानी ?" बिडी बहादुरले यस्तरी सोध्यो मानौ उसलाई उ आधा नेपाली हो भन्ने कुरामै शंका|  झसंग भयो निसिम, आकासबाट खसे जस्तै | मनमनै आफैलाई गाली गर्यो " अतिनै एकोहोरो छस निसिम तँ त | समलिंगीको भूतले तँलाइ अचाक्लिनै छोपे जस्तो छ | अनि मित्सुकोको एउटा डाइलग उसको कानमा झनन घन्कियो " खादैनन् उनीहरुले तिमीलाई, उनीहरुको आफ्नै संसार हुन्छ |" अनि उसको आफ्नै मनले उसलाई भन्यो  "निक्ली बाहिर र प्रकृतिको यो साश्वत स्वरूपलाइ स्वीकारे जस्तै उनीहरुको अस्तित्वलाइ पनि चुपचाप स्वीकार, तेरो आफ्नो पहिचान लिएर जा न बाहिर |  सबै मानिस तैले सोचे जस्तो नहुन पनि त सक्छ, बेकुफ !" अनि उ अघि बाँसुरी बजाउने युवती र स्विमिङ्ग पुलमा छिरेकी श्याम बर्णकि सुन्दरीलाई सम्झिएर जराक जुरुक उठ्यो | बिडी बहादुरले बडो रुचि लिएर उसको सबै हर्कत नियाली रहेको थियो | निसिममा देखिएको ताजा पनले उसको हौसला झन् बढ्यो र अर्थपूर्ण मुस्कुराएर क्युबन सिगार फेरी सल्कायो | उ अझै के के भन्ने दाउमा थियो तर निसिमको गन्तब्य अब अन्तै निर्धारित भै सकेको थियो | एउटा बहाना बनाएर जाँदाजाँदै उसले भन्यो " भोलि बिहान पाँच बजे पक्का भेट्ने है त ?"


बिडी बहादुरलेपनि उसलाई बिदाई हात हल्लायो र सिगारको लामो सर्को तानेर वाताबरण सबै धुँवा धुँवा बनाई दियो | त्यहि धुँवामा निसिमको छाया बिलिन भयो |

 

जाँदा जाँदै स्विमिङ्ग पुलबाट निस्किदै गरेकी तिनै श्याम बर्णकि अप्सरासंग आमने सामने भयो र उ किंकर्तब्यबिमुढ़ त्यहिँ मुर्ति भयो | उनको तामाको जस्तो टलक्क टल्किएको शरीरबाट सैयौ पानीका थोपाहरु फाल हानेर आत्महत्या गरिरहेका थिए | कुन त्यस्तो नारी होला जसलाई आफ्नो रुप अनि यौबनमा कोहि भुतुक्क भएको दृश्य मन नपरोस, यति मीठो मुस्कान पोखी दिइन वातावरणमा कि निसिम नबोली बस्नै सकेन | आखिर उ आधा त अमेरिकन नै हो नि त्यसमाथि लेखक | भावनामा डुबुल्की हान्नु र बहकिनु त उसको स्वभाब नै हो | भनि त  हाल्यो" तिमी त भर्खर सागरबाटै उत्पति भएझै सुन्दर र पबित्र देखिन्छेउ | त्यो मधुरो रातो नीलो प्रकाशमा त्यो स्विमिङ्ग पुल सागरजस्तै देखिदो रहेछ !"

उनले टक्क त्यहिँ अडिएर सेतो टावेलले केश पुछ्दै फरक्क फर्किएर एक नजर स्विमिङ्ग पुल तिर हेरिन् र भनिन " यो मेरो नियमित समय नै हो स्विमिङ्ग गर्ने | मलाई साँझको बेला रंगी बिरंगी प्रकाशहरुसंग जिस्किरहेको पानीसंग खेल्न मनपर्छ |"

"कस्तो राम्रो बानी, अनि अरु के के मन पर्छ तिमीलाई ?" झन् बढी रौसियो निसिम |

"मतलब ?" उनले कर्के हेर्दै सोधिन

"बाई द वे, म निसिम, एउटा लम्फु केटो"

"त्यो त मैले अनुमान गरिसकें "

"र उरन्ठेउलो लेखक पनि, अनि म हरदम कथाका पात्रहरुको खोजीमा हुन्छु "

"हो ? अनि के लेख्दै हुनुहुन्छ लेखक महोदय ?"

"सुनेर तिमि हाँस्दैनौ भने मात्र ..!"

"लौ सुन्नुभन्दा पहिला नै हाँसीदिन्छु." भनेर उनि दिल खोलेर हाँसी दिइन |

"अब म भन्दिन"

"किन नि फेरी ?"

"नियम मिच्यौ तिमीले !"

उनले यसरी मुख बनाईन, मानौ उनलाई आफ्नो भूलको अनुभव भयो | अनि अचानक दुवै संगसंगै मज्जाले मन खोलेर हाँसे, नेक्कै बेरसम्म | अनि त दुवै कथाको पात्र जस्तै एउटा सुत्रमा जोडिएर मुखामुख गरेर नियाले एकले अर्कालाई | अचानक लामो सुस्केरा छाड्दै हातको टावेललाइ कम्मरमा बाध्न लागेझैँ गरि भनि " अब म जाउं ?"

"तिमीले आफ्नो परिचयनै दिएनौ ?" छोडेन निसिमले |

"हेदर, अब म जाऊ, मलाई सावर लिनु छ ?"

चुपचाप बाटो छोडी दियो निसिमले | अलि पर पुगेर फ़रक्कै फर्किएर चियाईन हेदरले र मुख निन्याउरो पारेर आफुलाईनै नियाली रहेको निसिमको मलिन हुदै गएको आँखासंग उनको आँखा जुधी हाल्यो | उनले टक्क त्यहिँ अडिएर आफ्नो देब्रे हातको चोरी औलाले इसारा गरेर उसलाई आफु नजिक आउन भन्यो | निसिम कुनै आज्ञाकारी बालक चकलेट पाउने आमा दौडिए झैँ एक शासमा उनको अघि उभिन पुगी हाल्यो |

"तिमि पक्कापनि गे होइनौ, तिमि गे हुनै सक्दैनौ " तिखो नियालेर भनिन |

"त्यसले के फरक पर्छ, के हामी मात्र साथी हुन सक्दैनौ र ?" निसिमले होसियार हुदै जवाफ दियो |

"फरक पर्छ, आज होइन कुनै अर्को दिन थाहा पाउने छौ !" अनि आफ्नो सुन्दर अधरमा रहस्यपूर्ण मुस्कान पोखेर हेदर फरक्क फर्किएर गइदी | निसिम यसरी टोलायो मानौ उसको टाउको भित्र गिदिनै छैन | हुन पनि केहि बुझ्नै सकेन उसले के भन्न खोजेकी हो यो अरबी घोडा जस्तो केटिले | छाती मसार्दै अलि पर पुगेर त्यो बरन्डामा आँखा पुर्यायो, जहाँ बाँसुरी बजाउने अर्की अप्सरा देखिएकी थिइ तर त्यहाँ मुर्दा शान्ति  मात्र थियो | कसरि, कतिबेला कोठामा पुग्यो केहि होस् भएन उसलाई | उ फेरी रुख ढले झैँ ढली दियो |

 

अलार्म त उसले राखेकै थिएन तर अलार्म जस्तै एकै पल्ट थुप्रै चराहरुको आवाजले उसको निन्द्रा खुल्यो र घडी हेर्यो चार बजेर पच्चीस मिनेट गइ सकेको रहेछ | उठेर बरन्डामा पुग्यो, नभन्दै दुइ सिसि कालो र एक सिसि मात्र रातो मसि पोखिएको आकासमा एक हुल चराहरु पुर्बिय क्षितिजतिर कराउदै उड्दै गइ रहेका थिए मानौ केहि बेरमा उदाउने सूर्यलाई सलामी चढाउने ड्युटी छ | निकै बेर नियाली रह्यो उसले कालो आकास सुस्तरी सुस्तरी रातो हुदै आइ रहेको अनि अचानक झसंग भयो बिडी बहादुरको उर्दी सम्झिएर | हतार हतार तैयार भएर दौडियो उ तल | संगसंगै जस्तो भ उनीहरु जहाँ भेट्ने भनेको हो त्याँहा पुग्दा | बुढोको जब्बर हात पर्यो उसको काँधमा, काँधनै भाच्चिला जस्तोगरि | सहज लियो निसिमले र दुवै चुपचाप बोटतिर लम्किए |  हिजोका झिल्केहरु पनि देखा परे | अर्को एक जोडी महिलाहरु पनि बोटमा आइ आसन जमा तर न हेदर आइ न ति बाँसुरी बजाउने अप्सरा | माउथ पिस सहितको हेड फोन शिरमा भिरेको क्याप्टेनले आजको यात्राको अबधि र बाटोमा पर्ने आकर्षणहरुको सम्क्षिप्त बर्णन पछि बोट स्टार्ट गर्यो | निसिमको आँखा भने अझै हेदरको बाटो कुरी रहेको थियो | बोट बेस्सरी हल्लिन थालेपछि रिपरीको पानी बेस्सरी छचल्किन थाल्यो अनि निसिमको मन पनि | तर हेदर देखा परिनन |

"कोहि आउदै छ र ?" बिडी बहादुरले समाईहाल्यो उसलाई |

प्रतिउत्तरमा निसिमले आफ्नो नजर पुर्बिय क्षितिजको छेउसम्मै पुर्यायो र चुपचाप नियालेर कल्पी रह्यो | आकास बिस्तारै रक्तिम हुदै गइरहेको थियो र त्यहाँ बादलको एक टुक्रा पनि थिएन | यति कन्चन आकास त उसले कहिले पनि देखेको थिएन | बोट अति मसिनो आवाजमा पूर्वको क्षितिज तिर बढी रहेको थियो | झन् धेरै चराहरु आकासमा कुनै  सिङ्क्रोनाइज नृत्य गरि रहेझै जता सुकै उडी रहेका थिए | तै पनि निसिमको मन उदासनै थियो |

 

"कसै कसैलाई सुर्योदय मन पर्दैन, उनीहरु सुर्यास्तमा रमाउंछन | घाम डुबी रहेको देख्दा कसैको मन खिन्न हुन्छ तर त्यहि दृश्यमा स्वर्ग देख्नेहरुपनि हुन्छन | मानौ सृष्टिको सुरुवात नै सुर्यास्तबाट भएको हो र सदियौदेखि सुर्योदयको कुनै अर्थ थिएन र हुने पनि छैन | आफ्नो आफ्नो जीवन शैली !" बिडी बहादुर नसल्काएको सिगार हातमा खेलाउदै कबिता बाचन गरेझै बोल्न सुरु गर्यो | साँच्चै निक्कै अर्थपूर्ण थियो उसका कुराहरु र एउटा लेखक भएको नाताले निसिमलाइ उसले भन्न खोजेको कुरा बुझ्न कुनै मुस्किल भएन | 

"के हेदर सुर्यास्त मन पराउंछे ?" उसको मनले उसैलाई प्रश्न गर्यो अनि हिजो साँझको थुप्रै कुराहरु उसको आँखामा सजिब सल्बलायो | त्यतिनै बेला सागरमा, आकामा जतासुकै रातो मसीको थुप्रै सिसि पोखिए झैँ भयो | उ कल्पिन छोडेर एक टक पुर्बिय क्षितिजको डिलमा आफ्नो नजर अड्याएर बस्यो | रगतको आहालबाट कुनै बालकको जन्म भएझै घाम बिस्तारै देखा पर्यो | उनीहरुको बोट भन्दा पनि अझै अगाडी, पर दुइ ओटा कायाक खियाउदै दुइजना घाम भेट्न दौडी रहेको दृश्य झन् मोहक थियो |  अनि बिस्तारै बोटले दाहिने मोड लियो र लाग्यो कि वेस्ट तिर |

बजार पसे पछि, वास्तबमा ठमेल पुगे झै लाग्यो उसलाई र बिडी बहादुरसंग बसेर ब्रेकफास्ट खाई रहंदा पनि उसको मन भने हेदरसंगको जम्का भेटको  बारेमा सोचेर नोस्टाल्जिक भै रहेको थियो |

" मैले सोध्नै बिर्सी रहेको, तपाई कहाँ बस्नु हुन्छ, के काम गर्नु हुन्छ ?" पहिलो पल्ट बिडी बहादुरले उसको व्यक्तिगत जिन्दगीमा नियाल्ने प्रयास गर्यो | निसिम पनि वास्तविक धरातलमा आइ सकेको थियो र उसले निसंकोच आफ्नो बारेमा डांगडुंग सबै भनि दियो | यहाँ सम्मकि मित्सुको नेपटीसंग के कुरामा झगडा परेर रिसको झोकमा यता फाल्हानेको भन्ने कुरा समेत खुस्कायो | मरीमरी हाँस्यो बिडी बहादुर उसको कुरा सुनेर र भन्यो "क्या ठाउँ छान्नु भएछ तपाइले, सारै घत पर्यो | यहाँ त झन् ऊनिहरुको लागि छुट्टा छुट्टै बीच पनि छ | हिजो मसंग डराउनुको अर्थ त बल्ल बुझे | तर म त्यस्तो होइन, मैले त नेपालको घाट घाटको पानी पिएको छु | तन मात्रै यता हो मन त उतै कोशी छेउको थुप्रै गाऊहरुमा पुगीरहेको हुन्छ |"  उसले आफ्नो पाखुराको टाटुलाइ अर्थपूर्ण नियाल्यो |

"यो उमेरमा पनि स्तो अचाक्ली ?" जिस्कियो निसिम पनि |

" कोशीको माछा र कोदोको ढेडो खाएको ज्यान पो हो त" गलल हास्यो |

सडकमा टलक्क टल्किएको रातो भाले ढल्किदै हिडेको देखेर बिडी बहादुरले रालै चुहिएला जस्तो गरि हेर्यो र भन्यो " यो भाले त दुरुस्तै माने भन्ज्यांगको एक्लो भाले जस्तै छ, क्या शानले हिडी राखेको छ हेर्नुस त ?"

कुरो बुझेन निसिमले, अमेरिकामा जन्मिएको आधा नेपाली न पर्यो जिउदो कुखुरा देखेको भए पो बुझोस् |

बिडी बहादुरले एउटा स्कुटर भाडामा लियो र निसिमलाई पछि राखेर कि वेस्टको गल्लि गल्लि छिराउंदै अर्नेस्ट हेमिन्ग्वेको घर पुर्यायो | तिर्थ आए जस्तै भयो निसिमलाइ | भावुक भयो आफ्नो प्रिय लेखकलाइ सम्झिएर | बुढा बस्ने कुर्सिमा बसेर लेखि रहेको स्वांग पार्दै आइफोनले दुइ चार टा तस्बिरपनि लियो उसले | बाटोमा बिडी बहादुरले नेटिभ अमेरिकनहरुको संस्कृति झल्किने ह्याण्डीक्राफ्ट्सको  पसलमा स्कुटर रोक्यो | बाटो छेउ उभिएका कोहि तालु चिन्ड़े, कोहि कानको लोतीमा सिसाको बिर्को झुनड्याएका, कोहि भने पैतला देखि तालुसम्मै टाटुले रंगिएका केटाहरुले उसलाई हेरेर थुक घुटुक्क निलेको उसले प्रष्टै देख्यो | मान्छे हेर्दै भिएतनाम वारको भेट्रान जस्तो जब्बर बिडी बहादुरको स्कुटरको पछि थियो उ | कसको तागत उसलाई छुने ? ढुक्क भयो उ | ह्याण्डीक्राफ्ट्स भने पछि भुतुक्कै हुने, उसको प्यारो चिम्सीलाइ मनपर्ने खालको केहि उपहारहरु उसले पनि किन्यो | 

 

टापुमा फर्किने बेला पनि भयो | उनीहरु बसेको बोट जब कि वेष्टलाई देब्रे पारेर उत्तर हानियो, छोडिदै गएको त्यो सानो टापु सानो सानो र टाढा टाढा हुदै गयो र समरल्याण्ड कीको त्यो टापू जुन उनीहरुको गन्तब्य थियो ठुलो ठुलो हुदै आयो | पर मुख्य भुमिबाट छुट्टिएका साना साना टापूहरुलाइ जोड्ने पुलहरू पुराणमा बादरसेनाले लंका पुग्न बनाएको सेतु जस्तै देखिन्थे |

 

बोट रोकिपछि मात्र निसिम झस्कियो | बिडी बहादुर उ संग छुट्टिएर अलि हतारिएर आफ्नो गोंड तिर लाग्यो | उस्लाई भने रेजोर्टको एउटा अर्को पाटोले आकर्षित गर्यो | सागरले कता कताबाट बटुलेर ल्याई बगरमा फालेको थुप्रै सुकेको रुखका जरा भएका मुढाहरुलाई एकै ठाउमा  थुपारेर कुनै कलाकारले एउटा अमुर्त तर सुन्दर आकृति दिएको थियो | 

 

निसिम कला साहित्य र संगीत भने पछि भुतुक्क हुने मान्छे त्यसको नजिकै पुग्दा अलि पर एउटा चप्लेटी परेको चट्टानमाथि महामुद्रामा लिन तिनै बाँसुरी बजाउने अप्सरालाइ देखेर उ चकित भयो | उसको उपस्थितिको उनलाई कुनै आभास थिएन | निसिम पनि चुपचाप एउटा चट्टानमाथि बसेर आँखा अघिको विशाल सागर नियालेर टोलाई रह्यो | कति बेर बस्यो त्यो पनि थाहा भएन | त्यो शान्त स्निग्ध वाताबरणले उसको हृदय भर्खर धोएको कपडा जस्तो कन्चन भएको महसुस गर्यो उसले र अनायास उसलाई त्यहाँको मोहक दृश्यसंगै महामुद्रामा लीन ति युवतीको तस्बिर उतार्न मन लाग्यो | आइफोन निकाल्यो र दुइ चार क्लिक गरि हाल्यो | तर त्यस्तो चकमन्न वाताबरणमा तस्बिर लिदाको सानो आवाजले पनि शान्ति खलबलियो र महामुद्रामा बसेकी ति अप्सराको तपस्या भंग भै हाल्यो | तर उनि कुनै प्रतिक्रिया बिना चुपचाप बाँसुरीबाट कुनै अमुर्त धुन सृजना गर्न लागिन | निसिम झन चकित भयो जब उनि एउटा राइटिंग प्याडमा केहि लेख्दै बासुरी बजाउदै गर्न थालिन | अनि केहि बेरपछि उनले त्यो नोटेसन लेखेको कपि हेर्दै फेरी बासुरी बजाउन थालिन | उनले त्यहिँ बसेर कुनै धुन सृजना गरेको कुरा निसिमले बुझीहाल्यो | उ यति अधीर भयोकि अनायासै उ त्यहाँबाट उठ्यो र उसका पाइलाहरुले उसलाई उनको नजिकै पुर्याई हाल्यो | 

उसको उपस्थितिपछि पनि उनले कुनै प्रतिक्रिया देखाइनन बरु चुपचाप निसिमलाई नियालेर टोलाई रहिन |

" तपाइको संगीतले तानेर मलाई यहाँ लिएर आयो, म क्षमा प्रार्थी छु यो असभ्यताको लागि"  निसिमले नम्र भै भन्यो |

" म धन्य छु तपाइको उपस्थितिप्रति" गीत जस्तै मीठो थियो उनको आवाज | मुटु नै सिरिङ्ग भयो निसिमको |

"धन्य ? किन नि ?" साहस बटुलेर सोध्यो |

कमसे कम मेरो संगीत सुनी दिने मानिस जो भेटें |"

निसिमलाइ लाग्यो उसले उनको एकाग्रता भंग गरि दिएर भुल गर्यो | उनको अभिव्यक्तिलाइ एउटा शिष्ट व्यंगको रुपमा लियो उसले र फेरी पनि माफी माग्यो | तर उनले प्रसंग बदलिन र भनिन् "तपाइलाई यो ठाउँ कस्तो लाग्यो ?"  

"साश्वत, स्निग्ध अनि सुन्दर | स्तो लाग्छ सबै किसिमको पिडाबाट मुक्त छ यो ठाउँ | यहाँको स्वच्छ पबित्र हावाको स्वास लिई रहदा स्तो लाग्छ तन मन सबै, सबै किसिमको पीडाबाट मुक्त हुनु खोजि रहेछ | सागर, सुर्यास्त अनि महामुद्रा अनि यहाको बताससंग मिसिएको तपाइको सुमधुर संगीत, आहा कस्तो आनन्दको ठाउँ |" 

जिल्ल परेर हेरेको हेरेकै भईन् उनि तर उनको आँखामा लट्ठिएको भाव थिएन | कुरो बुझी हाल्यो निसिमले उनि सुर्यास्त मन पराउने प्राणी हुन् त्यसैले त पश्चिमको आकासतिर फर्किएर बसेकी छिन |

"कहिले कहीं स्तो बिपासनामा पनि आउनु पर्दो रहेछ, आफुले गर्दा गर्दैको सबै कामधाम छोडेर,  आफ्नो सबै अनुभूतिहरुलाई छोडेर, एकै गतिमा दौडी रहेको मेसिन जस्तो जिन्दगीलाइ ठ्याक्कै रोकेर | आहा कस्तो आनन्दको ठाउँ, वृक्षहरु, चराचुरुंगीहरु,  शान्ति नै शान्ति, स्तो लाग्छ यहाँको सुन्दरता मात्र सत्य हो र सत्यमा नै भगवान र प्रेम निहित हुन्छ | म प्रेमनै प्रेम पोखिएको ठाउमा छु जस्तो लाग्छ | " झन् बढ्ता बहकियो निसिम | केहि फरक परेन | बरु उल्टै सोधिन "तपाई कवि हो ?"

"लेखक ! मेरो आफ्नो एक किसिमको चिन्तन, अबधारणा सबै पखालियो सागर, सुर्यास्त र महामुद्राले, म जे लेख्दिन भनेर यहाँ आएको थिएं अब म त्यहि लेख्न ह्तारी रहेको छु !"

"मतलब ?"

"म अलिक फरक विचार राख्थें !"  अनि उसले मित्सुको संगको बिबाद देखि लिएर कसरी यहाँ आइपुगेको भन्नेसम्म सबै खुलस्त सुनाई दियो | कमजोरी भन्ने कि खै के निसिम एउटा खुल्ला किताब जस्तै मान्छे | अलिकति मन मिल्यो कि सबै डाँगडुंग भन्दि हाल्ने |

तिनि पहिलो पल्ट थोरै मुस्कुराइन र भनिन् "अब के लेख्ने विचार छ ?"

"तिम्रो मनको कुराहरु अर्थात तिमि र तिमी जस्तैहरुको कथा !"  भन्न त यस्तै मन लागेको थियो उसलाई तर खै कोनि किन उ चुपचाप नीलो सागरमाथिको झन् नीलो आकास नियालेर टोलाई रह्यो |

"घाम चर्कियो, उ त्यो परको छहारीमा गएर बसौ न हुन्न? " उनले गम्भीर तर स्वाभाविक आवाजमा सोधिन् |

स्वीकृतिमा टाउको मात्र हल्लायो निसिमले | उनि उठिन र उनको शरीरमा भएको थोरै लुगाहरु सम्हाल्दै चट्टानबाट ओर्लिन र बालुवामा आफ्ना पाइलाहरु अगाडी बढाइन | निसिम चुपचाप उनको पाइलाहरुलाई पछ्याइ रह्यो | आलिङ्गनबद्ध भइ एक अर्कोसंग लठारिएको एक जोडी पाल्मको वृक्षको ठिक मुनि एउटा छहारी थियो र बस्नलाई दुइ ओटा आरामदाई कुर्सि पनि | उनीहरु त्यहि पुगेर अडिए | उनले त्यहि आसन जमाईन | निसिम भने बगरमा टल्की रहेका सिपिहरु बटुल्न थाल्यो |

"तिम्रो संगीतमा एक किसिमको बेदना लुकेको महसुस गरें, तिमीलाइ एक्लै एक्लै भेटेर स्तो लागि रहेछ तिमिसंग कुनै त्यस्तो कथा छ जुन तिमि शब्दमा उतार्ने कोसिस गरि रहेकी छौ ?" निसिमले उनको मर्म छाम्ने प्रयास गर्यो |

 

"वास्तबमा ठिक भन्नु भयो,  म एउटी अपूर्ण मानिस,  म नोटेसन लेख्न सक्छु तर शब्द होइन | मेरो शब्दहरुलाइ समयले खोसेको छ | शब्द बिनाको धुन मात्र हुँ म | त्यहि विरहमा म यहाँ एक्ली बाची रहेकी छु |" उनले गीत जस्तै मीठो आवाजमा भनिन् | निसिमले फरक्क फर्किएर उनलाई नियाल्यो | उनि शब्द बिहिन संगीत मात्र भएको कुरा पत्याउनै गाह्रो हुने रुप र यौबन थियो उनको | छाती फाट्ला जस्तै भयो निसिमको |

 

"यहिको आकास यहिँको सागर भएर गएको समुन्द्री आधि स्याण्डीले मेरो शब्दहरु खोसेर लग्यो | मेरो जीवन साथी क्रिस्टिना गोमेज अब मेरो स्मृतिमा मात्र बाचेकी छ | मेरो केहि पनि छैन | हाम्रो घर, हाम्रो ब्यबसाय सबै स्याण्डीले ध्वस्त पारी दीइ | न्यु जर्सीमा, ओसन सिटी नजिकै सानो भए पनि महल जस्तै थियो हाम्रो घर | जिन्दगी एउटा त्रिपालभित्र साँगुरिएको बेला फेरी अहिले हिउंको उत्पात आंधीले थिच्यो हामीलाई र म केहि दिनको लागी यहाँ पाहुना भएको छु | "  

 

उनि भाव सुन्य मुद्रामा यसरी एकनास बोलि रहेकी थिइन् मानौ निसिम उनको जीवनमा कुनै कथा लेखि रहेको छ र यी सबै कुरा उसलाई सुनाउनु जरुरीCompTIA 220-802 exam | निसिमले उसको नजिकैको बेन्चमा सहारा लियो र उनीहरु घन्टौ त्यहाँ बसे |

आआफ्नो कोठामा फर्किने क्रममा निसिमले रेजोर्टको एउटा अर्कै पाटोको बाटो लियो | अर्ध चन्द्रको आकारको एउटा ठुलो स्विमिङ्ग पूल त्यसको किनारमा प्रकृतिलाई मिसाएर बनाईएको एउटा ठुलो बगैचा र सागरको किनारा नजिकै सुकेका रुखका मुढाहरुले बनाईएको एउटा यस्तो बिछ्यौना मानौ त्यहाँ अप्सराहरु कुनै बेला सुत्ने गर्थे | अलि परको खुल्ला मैदान जस्तो ठाउमा ठुलो त्रिपाल हालिएको थियो र थुप्रै मानिसहरु त्यहाँ स्पिकर र बत्तिहरु मिलाउदै थिए | कुनै भब्य कार्यक्रमको तैयारी भै रहेको अनुमान गर्यो र नजिकै एउटा रेस्टुरेन्ट भित्र छिर्यो | मस्त खाना खाईरहेको बेला अनायास हेदर त्यहाँ टुप्लुकिई र एउटा कार्ड उसको हातमा थमाई दीइन | ISC CISSP dumps   मुखमा गाँस भएकोले केहि सोध्न पनि पाएन उसले किनकि हेदर पहरामा दौडी रहेकी हरिण जस्तै चुस्त थिइ, एकै छिनमा कहाँ पुगी सकेकी थिइ | तर जाँदा जाँदै आफ्नो सुकोमल हात निसिमको कुममा राखेकी थिइ उनले अनि के चाहियो, लेखक महोदय खान छोडेर त्यहि कुममा हात राखेर बेपत्ता हरायो | निकै बेर मसारी रह्यो उसले | कार्ड भने उही टुडिखेल जत्रो बिछ्यौनामा गएर पल्टिए पछि मात्र खोलेर हेर्यो | मुसुक्क हाँस्योipad leather portfolio case र सिलिङ्ग हेरेर कल्पनामा डुब्यो | संगीतको चर्को आवाजले उसको निन्द्रा बिथोलियो | घाम डुबी सकेको देखेर उ हतार हतार तैयार भएर उही अघिको अर्ध चन्द्र आकारको स्विमिङ्ग पूलतिर लाग्यो जहाँ हेदरले निम्त्याएको पार्टी हुदै थियो | मायामीको साउथ बीच सबै उल्टिएर त्यहाँ आइ पुगे झैँ मानिसहरुको घुइचो देखेर उ छक्क पर्यो | कति बेला, कहाँबाट आए यि मानिसहरु उसलाई पत्तै भएन | त्यही हुलमा बिडी बहादुर पनि झुलुक्क देख्यो उसले तर उ आफ्नै संसारमा थियो, हस्तक्षप गरेन उसले | Microsoft 70-410  

 

अचानक हेदर प्रकट भइ र उसलाई तल देखि माथिसम्म नियालेर आहत भएको नखरा देखाई र भनि "पूल पार्टीकोलागि तैयार छौ हैन त ?" अनि कानमा साउती मारेर भनि " "ल मस्ती गर,  एउटा गे कपलको बिहाको निम्तालु भयौ तिमिपनि | मेरो थुप्रै जिम्म्मेवारीहरु छन, म तिमीलाई केहि क्षणमा भेट्छु ल"

 

उ गए पछि मात्र लेखक महोदयको आँखामा त्यो पार्टी ब्यबस्थापन गरि रहेकी हेदरको रुप नाच्यो र बेहोस हुँला जस्तै भयो | त्यहाको माहौल, त्यहाँको सजा, त्यहाँको प्रकृति त्यसै पनि मदहोस भयो निसिम र लाग्यो बारतिर | गनेर नसकिने वारटेन्डरहरुको हुलमा हिजो भेटिएको वारटेन्डर पनि थियो | उसले हात हल्लायो र सेवाको लागि हाजिर हुदै प्रश्नै प्रश्न भएको आँखाले नियाल्यो |

"के पिउनु हुन्छ ?"  best iPad Portfolio Cases  

"तिमि जे दिन्छौ "

" साल्साको लागि पार्टनर भेट्टाउनु भयो ?"

" खोज्दै छु" अनि उ मजाले हासी दियो

"ब्लु मार्टीनि, आज बियरको भाउ छैन" उसले निलो पिउनु अघिनै मात लाग्ला जस्तो ग्लास अघि बढायो र हरायो बार भित्रै | बिडी बहादुर झलाक झुलुक देखिन्थ्यो र हराई हाल्थ्यो | चर्को थियो आज उसको भाउ, कसले भन्ने उसलाई सिक्सटी प्लस भनेर | उसैले उसलाई देखेर इसारा गरेर बोलायो एक पल्ट र दुलाहा दुलही, अर्थात उही हिजो देखिएको झिल्केहरुसंग परिचय गरायो |  leather portfolio for ipad mini   अनि हेदरले तानेर लगी र जोडी जोडी थुप्रै अप्सराहरु र केटाहरुसंग परिचय गराई |

"रेडी फर साल्सा ?" आँखा नचाउदै सोधी हेदर ले |

" मैले नजानेको कुरा मध्येको एउटा कुरा, म नृत्यमा सारै कमजोर छु |" कमजोरी लुकाएन उसले |

" धत, किजमा आउने अनि साल्सा ननाच्ने  buy leather ipad cases ?" उत्ताउलोसंग मस्किई र फेरी भागी |

नाची रहेको हुलमा कुनै एउटालाइ समाती र मस्त नाच्न थाली | हेरेको हेरयै भयो निसिम, जता ततै हेदरको मुस्कान पोखिएझैँ लाग्यो उसलाई उ नाची रहदा |

"क्या ज्यान छ हगि ?" कसैले उसको कानमै साउती मार्यो | फर्किएर हेर्यो,  बिडी बहादुर भुतुक्क भएर नियाली रहेको हेदरलाइ | असैह्य भयो उसलाई तर आक्रोसलाइ भुडीमै राखेर हाँ मा हाँ मिलायो | कानको जाली फाट्ला जस्तो चर्को संगीत, नृत्य मग्न तनहरु, प्यासी अधरहरु बारको आसपास त्यतिकै झुत्ति रहेका छन | दुइ चार अरु प्रयास गरिन हेदरले उसलाई नचाउन तर उसको रौँ पनि हल्लिipad case portfolio online store | बिडी बहादुरले मौका छोपी हाल्यो |  उसलाई बिडी बहादुरसंग हुन सम्मको रिस उठ्यो, ब्लु मार्टीनिको जोश, गएर बजाई दिउं जस्तो लाग्यो | तर त्यति नै बेला अलि एकान्त ठाउंमा एक्लै बसी रहेकी उही बाँसुरी बजाउने उसको कथाको पात्र भइ सकेकी अप्सरामा उसको नजरमा पर्यो र उ भएको ठाउंमा पुग्यो | त्यो दुखि आत्मालाई साथ दिएर घन्टौ गफियो र मध्ये राततिर शौचालय खोज्दै हिडी रहेको बेला एउटा एकान्त कुनामा बिडी बहादुर र हेदरलाइ आपत्तिजनक अवस्थामा भेट्यो | उनीहरुले चाल पा या पाएनन् त्यो पनि उसलाई थाहा भएन | उसले हेर्दा हेर्दै हेदरलाइ बिडी बहादुरले जुरुक्कै बोकेर लग्यो र अध्यारोमा उनीहरु छिल्लिएको आवाजले लेखक महोदयलाइ स्तो IT exam Material Provider  तर्सायो कि उ आफ्नो कोठातिर भाग्यो |

बरन्डामा निस्किएर आकास हेरेर टोलायो | आकास र समुन्द्रमा एकै पल्ट थुप्रै जुनहरु देख्यो उसले र ती सबैले उसलाई खिसी गरिरहे झै लाग्यो | अचानक बेस्सरी चिच्यायो replica louis vuitton handbags  उ र भित्र भागेर निक्खुर सफा सेतो तन्ना बिछ्याईएको फराकिलो बिछ्यौनामा ढल्यो | अनायास उसको हात बेडमा त्यतिकै फाली रहेको आइफोनमा पर्यो | उठाएर टिठलाग्दो नियाल्यो र होम बटन थिच्यो अनि एरप्लेन मोड अफ गर्नु मात्रै फोनको घन्टी यस्तरी बज्यो, उ तर्सियो | फोनमा मित्सुको फेस टाइममा थिइ | रुदा रुदा थाकेका आँखाले निसिमको मुर्झाएको अनुहार नियाली र सोधी " कहाँ छौ तिमी ? तिमीलाई थाहा छ म जापानी मूलकी हुँ, हाराकिरी मेरो संस्कृति हो | म मरेको देख्न चाहन्छौ तिमी ?"

" त्यो त मलाई थाहा छैन तर तिमि भोलि साँझ सम्ममा मेरो अंगालोमा भएनौ भने मेरो ला चै अबश्य देख्ने छौ"  बेडमा उत्तानो पल्टिएकै अवस्थामा अर्थात कुनै हलचल बिना नै उसले यसरी बोल्यो मानौ कुनै मुर्ति बोलि रहेछ |

" तिमि कहाँ छौ, त्यो त थाहा हुनु पर्यो मलाई 642-902 certification  ? " मित्सुकोले आँखा मिच्दै रुन्चे हाँसो हाँस्दै भनि " समरल्याण्ड किको फूल मून रेजोर्टमा |"

" आर यु सिरियस ?" अनि उ मरी मरी हाँसी

" मेरो नियति, तिमिसंग भागेर आएको म, स्तो ठाउमा पो आइ पुगेछु |" अनि निसिम जुरुक्कै उठेर बस्यो | 

" कथाका कुनै पात्रहरु पनि छन कि छेउ छाउ ?" मित्सुकोले चिढ्यायो उसलाई |        

" अनगिन्ति, तल पूल पार्टीको हल्ला सुनि रहेकी छैनौ CCNA 200-120 dumps latest  ? भर्खर त्यहि पार्टीबाट भागेर आइ तिमीलाई खोजि रहेको छु, हेर न यहाँ सेन्ट्रल पार्क जत्रो बेडमा म एक्लै छटपट्टी रहेको छु !" अनि उसले फोन कोठाभरी घुमायो | उताबाट मित्सुको खित्का छाडेर हासेको आवाजले उसको सुनसान कोठा गुन्जायमान भयो र उसले बाहिर आकासतिर नियाल्यो | सागर भरि हिरा पोखेर जुन मुस्कुराई रहेकी थिइ |buy louis vuitton replica bags 

Comments

lalit chakra

शब्द हरु खोजी गर्दै छु म अफु भित्र , कि कुन र कस्तो शब्द ले पोखाउ भावानुभुती । राम्रो कुरा को बारे लेख्न सब्द पनि त रम्रै चाहियो । तर म सँग त्यो भन्डार कहाँ ? 
त्यो टापु सर्जक को साब्दिक श्रीजना हो या प्रकृतिको ? यो प्रश्नले चाँही घोची रह्यो । एती सुसज्जित बर्णन त द्रिस्य लाई हृदय ले गर्न सक्छ , शब्दले सबैको बस को कुर होइन भन्ने मेरो ब्यक्तिगत बुझाई 
सुन्दर जोशी लाई पढु भन्ने सोच आँफैमा नयाँ कुरा अङाल्न उत्साहित हुनु को अवस्था हो मेरो लागि । 
क्यसल रक कि अप्सरा देखी बिभिन्न फुटकर कथा हरु हुँदै सागर , सुर्यास्थ , र महामुद्रा सम्म को \'जोशी\' तर्फ को सुन्दर यात्रा मा मलाई पुरानै कुरा कहिले दोहोर्याउन परेको जस्तो लगेन । खगेन्द्र शङ्रौला को भाषा सपाटी लिदै - म \'गम\' खन्छु , कसरी एती नबिन र प्रिथकता एक ब्यक्तिले आफ्ना अनेक श्रीजना मा पोखाउन सक्दो रहेछ ? 
उत्तर केही पौदिन , आँफै अनुमान लगाउछु , \"सुन्दर जोशी \"। 
... ट्यो चादी को बसुरी बजाउने महमुद्रे सुन्दरी को सुनौलो ढाड होस् य हेदर को गोँ धुलिमा टल्कने तामा युक्त बदन एस्तो लाग्छ त्यो ढुङ्गामा बसी चियाइ रहने निसिम को भेश मा म अफु उभिरहे छु त्यहा । 
हेदर को सुकोमल हात निसिमा को काध बाट हेट पछी म आफ्नो काध लाई निरिह ठन्न पुग्छु । 
अन्त्यहिन समुन्द्र , बिचमा झिङाको टाउको जत्रो टापु ( उन्कै शब्दमा) टापु स्थित रिजोर्ट को बेजोड प्राकृतिक या लेखकिय जादु ? एस्तो लाग्छ शब्द हरुको वायु पन्खी विमान मा रखेर लेखक ले जिउदै स्वर्गको टुर लगिदिनु भो । अब मन मा लगेको अर्को एउटा कुर पनि पोखाइ हालु , एदी मेरो क्षमता बन्दा बढी हाकेको रहेछु भने अग्रिम माफि मग्छु । पत्र भन्दा प्राकृतिक छटा को भूमिका दरो लाग्यो । बिडी दाई को बहादुरी ------ जएे गोर्खे ! बुढो उमेर ले हुने हो र ? उमेर त मात्र सम्योजन न हो सन्ख्या को ! 
अधुनिक तरिकाले गरिएको खेती जस्तो , जस्तो सुकै फसल भएन भन्दा पनि १००-२०० मुरी त भकारी ले फेला पारी हाल्छ । जुनसुकै कुरमा पुरातन ढर्र्‍ामा रमेको म जस्ता लाई नविन , शैली र पथ विकर्षण कैले हुन्न । भविस्य मा पनि यस्तै अवसर पाइ रहौ । आँफै लाई शुभ कामना !
जएे होस्स !!See More— with Sundar Joshi.

tufan limbu

 Namaste ......hajur ko naya katha padna paye khuse lago katha padda ma nai patra ho jastai lago ..hajur ko  ...naya naya katha haru padnu pau  

Sajan Kumar

आज बल्ल जुर्यो तपाइँको यो कथा पढ्न/ एक-डेढ घण्टा लट्ठ भएर पढें, देब्रे दाहिने कतै आँखा पनि झिम्मिक गरेन मानौ म पनि त्यहि कथाको पात्र हेदर जस्तै ध्यानमा लिन भए जस्तो / क्यासल रक की अप्सरा पढ्दा मलाई बिल्कुलै यस्तै अनुभव भएको थियो / तपाइको कथामा मैले शब्दको जादु भेट्छु, नयापन भेट्छु र डायस्पोराका नया परिभाषा भेट्छु/ एक टिप्पणीकाले भने जस्तै तपाई नेपाली डायास्पोराका प्रतिनिधि लेखक हुनुहुन्छ र तपाइको कथाहरु बाट डायास्पोरा र डायास्पोरिक साहित्यका परिभाषा नै विनिर्मित हुन्छ जस्तै लागेको छ मलाई / धन्यबाद / बाइ द वे, क्यासल रक की अप्सरा माथिको मेरो लेख प्रकाशन हुने क्रममा छ, हुने बित्तिकै म पठाई दिने छु / 
सजन कुमार 

तारा बराल

कथावस्तुमा वजन छ । कथाको शिर्षक सागर , समलिंगी र महामुद्रा हुँदा पनि राम्रै हुन्थ्यो - मेरो व्यक्तिगत धारणा । लेखकिय मन र सोचलाई सागरले साह्रै मोहनी लाएजस्तो छ ।

ससांग लामा

सुन्दर जोशिको नयाँ कथा खसखस डट कम मा छापिएको छ भन्ने कुरा मलाई थाहा नहुने त कुरै भएन| त्यतिबेला म प्रसिद्व भारतीय लेखक मुंशी प्रेमचन्दको उपन्यास \'निर्मला\'पढदै थिएँ|बिधुतीय पुस्तकमा हिजै मात्र उक्त किताब पढेर सिध्याएँ|सुन्दरजीको कथा आज बिहान पढे| कथाबारे समालोचना त नभनुँ,सानो टिपोट लेख्दैछु|

आफ्नो नयाँ कथा \'सागर्,सुर्यास्त र महामुद्रा मा अन्तरजातिय मानव,अन्तरजातिय माया र समलिंगिहरुको कुरो उक्काएर सुन्दर जोशी फेरी एकचोटी आफ्नो बिछट्ट मिठो लेखन शैली लिएर ठुलै सन्देश बोकेर आउनु भएको छ|उनको नौतन कथामा मैले समरल्याण्ड कि को भरपुर यात्रा गरेँ| हाफपेण्ट,ह्वार्लाङे सर्ट र कालो चस्मा ढल्काएर डुंगामा चढेर उनले बर्णन गरेको सुर्यास्त र सुर्योदयलाई धित मरुन्जेल द्रिष्यावलोकन गरेँ| उनका नारी पात्रहरुसंग सागर छेउको बलौटे किनारामा हातेमालो गरेर हिँडीदिएँ| अनि सांझपख \"कम्मर छिनिएको बियरको गिलास\" हातमा लिएर \"स्विमिङ पुलबाट निस्कन्दै गरेकी युवतिको अंगबाट पानीका थोप्लाहरुले आत्महत्या गरेको\" द्रिष्य पनि हेरेँ| पाठकहरुलाई आफुसितै डोर्याएर लानसक्ने र पात्रहरुसंग घुलमिल गराउन सक्ने उनको बिलक्षण शैलीले लठ्ठ्याउंछ|

उनी मिठो भावनामा बह्न्छन | लेखकिय मनका अदभुत अनुभुतिहरुलाई बडो मनमोहक ढंगले बर्णन गर्छन्: \"सागर माथि उडिरहेका सारसहरुको कल्याङ मल्याङ र सागरको सिम्फोनी मिश्रित नयाँ सांगितिक धुन\" श्रवण गर्छन्|तर उनी मानिसमै बढी केन्द्रित हुन्छन-अन्य लेखक र कवी झैँ नारी मै एकोहोरिएको पाउंछौँ| तिनले गलत गरे भनेको ठ्याम्मै होइन| नारिमाथि एकोहोरिने उनी पहिलो पनि होइन र अन्तिम पनि हुनेछैन|सुन्दरजिका हरेक कथामा तरुण वातावरण पाउंछौं| मनका ज्वार-भाटाहरु नगुम्साइकन पोखिएको हुन्छ, नारी देहको तरुण ब्रितान्त हुन्छ,तर ति सभ्य,श्लिल र सालीन हुन्छन| बिछट्ट शैलिको आशक्ती प्रदर्शन गरेर पाठकहरुलाई प्रेमालाप पाठ प्रस्तुत गर्नुहुन्छ|

कथाको मुख्य पात्रहरु- निसिम र मित्सुको बिच भएको मनमुटावलाई कथाको शुरुमा यसरी बर्णन गर्नुहुन्छ: \"न्युयोर्क,उसै त हिउंको आँधी पछिको चिसोले कक्रिरहेको बेला कसैको चिसो ब्यवहार थपियो,,,,\"यो एक हरफमा सबैथोक भनिएको छ्| शब्द-शिल्पिकारले मात्र यस्तो भावाभिब्यक्ती दिनसक्छ| तिनको माया पिरतिमा देखिएको उतार चढावलाई लिएर सबैलाई थाहा भएको,तर नभनिएको कुरो सुन्दरजी फ्याट्टै भन्नुहुन्छ: \"मायामा अलिकति घुर्किको भूमिका पनि हुनुपर्छ\"|

कथा,निसिम र मित्सुकोमा केन्द्रित भएपनि समलिङगिहरुको पनि समाजमा स्थान हुनुपर्छ भनेर नारै नउराले 
पनि घुमाउरो पाराले वकालत गरिएको छ्,जुन जायजै छ| समलिँगिता हब्बी,बिक्रिती वा बिसँगती नभै यो एउटा अवस्था condition हो,जसलाई समाजले संयमतापूर्ण सम्बोधन गर्नु पर्दछ| तिनको condition लाई आत्मसात गरेर तिनलाई घ्रिणा होइन,माया गरिनुपर्छ भन्ने मेरो पनि ठनाइ छ्| आफ्नो मनमोहक कथा मार्फत सुन्दरजी सुन्दर सन्देश दिन सफल हुनु भएको छ|

सुन्दरको सुन्दर कथा पढेर आफ्नो मनलाई अझ सुन्दर पार्ने पो हो कि !!!!

paras nepal

सुन्दर जोशी, डायास्पोराका प्रतिनिधि स्रष्टा...

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |