हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आयो आयो मंत्री आयो

राकेश कार्की, (लस् एन्जेलस)


आयो आयो मंत्री आयो

कति लामो पुच्छर ल्यायो

देश त खायो खायो

हात लम्काउदै विदेश धायो

 

चटकेले छडी हान्यो

जे जे भन्यो त्यही मान्यो

लाखौँ लाखको खेला जान्यो

दूत व्यापारी सबै तान्यो

 

आउने पाउने सब देखायो

खाँदै ख्वाउँदै सब घुमायो

के के कुन्नी नशा पिलायो

के के तालले मंत्री मिलायो

 

यता उता र्‍याङ ठ्याङ

पैसै पैसा छ्याङ छ्याङ

ल्याउने लाने दुवै खुलायो

थपडीवालालाई भुलायो

 

देश बिदेश तिन्कै भो

धुर्त्याई दाउपेच फन्कै भो

मंत्रीले खबर पठायो

चटकेले पगरी लगायो ।।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |