गजल
अमृत सुबेदी गुराँस, (दमौली, तनहुँ)
ढुङ्गा माटोहरुले, अनि चट्टानहरुले
देश जोगाइरहेछन् किसानहरुले
जहाँ गरे नी गर्ने त दुःख नै हो
बुझ्नु पर्ने हो हामी जवानहरुले
गुट बनायो धेरैलाई नेता बनाइदियो
देश बनाउन चलेका अभियानहरुले
देशमा ठुलै प्रगती भए झैं लाग्छ
दिनहुँ दिइने पुरस्कार र सम्मानहरुले