हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रेम दिवसमा न्यूयोर्कको कविता

विनोद रोका, (न्यू योर्क)


सेताम्य हिउँ हेर्दै प्रेमको कविता लेख्दै थिएँ।

बुढी श्रीमती पनि तरुणी तरुणी देख्दै थिएँ।

श्रीमती कराईन भन्दै हैन के गर्दैछौ पुण्टेका बाऊ।
कविता फुर्सदमा लेख्नु अहिले हिऊ सोर्न जाऊ।

यो प्रेमको कविता अरु कसैलाई सुनाऊनु।
घर आउँदा बजारबाट टमाटर ल्याऊनु।

भरै स्वस्थानीमा चढाऊन छैन फुल र प्रसाद।
जतिबेला पनि कविता हिउँ परोस कि बर्षाद।

२।९।१३ १०।३० बजे

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |