अभिशप्त मान्छे
दीपक जडित, (हवाई, अमेरिका)
उड्दा उड्दै
एकाएक फुतुफुतु खसे भने चराका प्वाँखहरु
के हुन्छ होला?
कहाँ कहाँ बज्रिँदा हुन् सपना उड्ने चराहरु?
काँढादार रुखमा, गहीरो पानीमा,
पत्थरमा या मैदानमा ?
के यहि कुरा
उड्दा उड्दै
कहिल्यै सोच्दा होलान् चराहरु?
अभिशप्त मान्छे
सोचिरहन्छ हरबखत यस्तै यस्तै
र
उडिरहन्छ सपनाहरु खस्दै खस्दै ।