हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अमेरीका, सपनाको महासागर।

विनोद रोका, (न्युयोर्क, अमेरिका)


अमेरीका सपनाहरुको महासागर

यहाँ कोही किनारा लाग्न पौडी रहेका छन

किनारामा पुग्नेहरु कहि पृग्न दौडी रहेका छन

किनारा नलाग्नेहरुले पुग्ने ठाउँ देखेका छैनन

किनारा लाग्नेहरुले पुग्ने ठाउँ भेटेका छैनन।

 

स्वतन्त्रताको प्रतिक

स्टाच्यु अफ लिवर्टी रहेको यो देशमा

मान्छे स्वतन्त्रता, समानता र अवसर खोज्दै

सैयौ खोला, डाँडा र अनेकौँ सागर तर्दै

यो अन्तहिन सपनाहरुको महासागर पुग्छन

कोही महासागरमा कहिल्यै ननिस्कने गरी डुब्छन

कोही बल्छीमा बल्झिन्छन्

कोही बल्छीमा बल्झाईन्छन्

 

स्वतन्त्रता र समानता भएको यो देशमा।

मान्छेको आँसु र पिडाको गहिराई कम्प्यृटरको मान्छेले बुझ्दैन

यहाँ टेक्ने र समाऊने ठाऊँ थोरै धपाउने बाटाहरु धेरै छन।

त्यसैले कोही देशबाट निष्काशन गरिन्छन परिवार छोडेर

कोही बर्षौ पछि आफै फर्किन्छन सपनासंग सम्वन्ध तोडेर।

कोही कागज पाईएला भन्ने झिनो आशामा अझै अल्झिएका छन

पुरातनवादी र उदारवादीका भोटव्यांक बनेका यी निरिहहरु।

आप्रवासीहरु चुनावमा उचालीन्छन,

चुनाव पछि फेरी पछारिन्छन।

 

आप्रवासी नै यो देशको आधारस्तम्भ हुन

यहाँ आप्रवासी नभै जीवन चल्दैन

बच्चा, बुढा र विरामी स्याहारिदैनन

अनि खाना पाक्ने चुल्हो बल्दैन।

 

यो सपनाको देशका दोश्रो दर्जाका आप्रवासी

विरामी हुँदा डाक्टर जचाउन जाँदैनन

किनकि कागज हुनेले ईन्स्योरेन्स किन्न सक्दैनन

काजग नहुनेको लागि ईन्स्योरेन्स र डाक्टरको ढोका बन्द छ।

 

नौलो भाषा, सँस्कृती र सभ्यताबाट अपरिचित यी आप्रवासी।

न त धित मारेर हाँस्न सक्छन, नत धित मारेर रुन सक्छन।

अस्पताल पुग्नेले आफुलाई भएको पिडा भन्न सक्दैनन

किनकि यस वा नो भन्नुपर्छ कुरा बुझे पनि नबुझे पनि।

डाक्टर, दवाई र विरामीको ओदानमा विश्वास अडदैन।

खुट्टाको रोग टाऊकामा सर्छ, काम गरुन्जेल पिडा विर्सिन्छ

काम सकिए पछि ऐया ऐया गर्दै ओछयानमा तेर्सिन्छ।

 

यो महासागरमा मान्छेका आंगभरी जुका टासिन्छन

कुनै ग्रोसरीको विल बनेर

कुनै मोरगेज, क्रेडिटकार्ड र ईन्स्योरेन्सको विल बनेर

कुनै हस्पीटल, डाक्टर र औषधिका विल बनेर

छोडदैनन यिनले नमरुन्जेल

सकिदैन यिनलाई पुर्न खाल्टो खनेर।

यी जुका भन्छन खाउ, पिउ र मोज गर।

खबरदार पैसा जोगाएर पठाऊलाउ घर।

 

यो अन्त्यहिन महासागरमा

खेल्न, बोल्न, र चल्न जान्नेहरुले भेटछन मोती

देख्छन इलीस आइलैण्डमा लिबर्टी ज्योती

संयन्त्र थाहा पाउनेको लागि यो ठाऊँ बन्छ श्रीखण्ड

नपाउनेको लागि भने सधैभरी उहि खुर्पाको विड

जहाको त्यही हृन्छ यहा सोझो चाहे जति सुकै हिँड।

Comments

Samir Hari Sharma

Thanks for real expression

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |