हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

सौगत पोख्रेल, ( )

एउटा कुरा अर्को ब्यबहार क्या अचम्म !
खरीद बिक्रि हुन्छ रे प्यार क्या अचम्म !

बाहिर पसलमा त खसी नै झुन्ड्याउँछ ,
भित्र भने बाख्रीको ब्यापार क्या अचम्म !

चोरलाई चौतारो साधुलाई सुली यस्तै छ
मान्छे मार्छ पाउँछ पुरस्कार क्या अचम्म !

हरेक अपराधमा प्रहरीको संलग्नता छ
तैपनि कोहि बाल्दैन सरकार क्या अचम्म !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |