हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

प्रकाश सायमी , (गोधूली संसार, भैँसेपाटी, सैँबु ८)

भाउ केही छैन जिन्दगीको अभाव धेरै छ
आफूलाई बन्धकी राख्नु पर्ने दवाब धेरै छ

पहिले त  दुःखमा पनि हाँसिन्थ्यो मज्जाले
अचेल सुखसयलमा पनि बदलाव धेरै छ

भाले बासेको संकेत विहानी पो हो कि

पर्खिन्छु बरु सुनामीको हावभाव धेरै छ

जिन्दगी बाँच्ने कला हो अरुबाटै सिकेँ

हारमा  पनि मस्त रहने स्वभाव मेरै छ

जो जहाँ भएपनि गन्तव्य सबको एउटै

बाटो हजारौँ होलान् तर चुनाव मेरै छ

 

Comments

Shiva prakash

भाउ केही छैन जिन्दगीको अभाव धेरै छ
आफूलाई बन्धकी राख्नु पर्ने दवाब धेरै छ

जिन्दगी बाँच्ने कला हो अरुबाटै सिकेँ
हारमा  पनि मस्त रहने स्वभाव मेरै छ

dui sher.... sawa sher..

amrit subedi

सायमी दाइका सवैखाले लेखरचना मलाई मन पर्छन् । यो गजलले पनि मन नै छायो । तर अन्तीम २ शेरमा रदिफमा प्रिन्ट मिस्टेक भयो की र ?

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |