हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

यक्ष प्रश्न

हरिमाया भेटवाल, (काठमाण्डौ )

जन्मिएर हुर्कदै गरेको बालक झैँ

पाईलै पिच्छे,

किन हुर्कन्छन होला अदृस्य पर्खालहरु !

जिबनको दौडमा,

किन चल्छ होला चैतको हुरी !

प्रेम प्राप्तिको लागि,

किन चढ्छ होला मान्छे सुली !

म कहिले कछुवाको गतिमा त

कहिले खरायोको गतिमा

तन्काइरहेछु जिबन,

जिबन भित्र पनि यसरि बल्दो रहेछ आगो

शान्त देखिएको समुद्र झैँ

भित्र- भित्रै यसरि चल्दो रहेछ तुफान

ठडिएर धरहरा जसरि,

उभिदा रहेछन अजिर बनेर सपनाहरु 

छुट्याउन नसकेर रात

थकाई मार्न बिर्सिदा रहेछन आँखाहरू

मस्तिस्क र मनको चरम द्वन्दमा

ओर्कदै फर्कदै,

सिरानीमा तप्प झर्दो रहेछ रात


यो रात यदि,

प्राप्तिको लागि छटपटाई रहेको रात हो भने

के प्राप्ति पछि कहिलै आउदैन होला त्यो तुफान.!

के बिर्सदैन होला आँखाहरुले निदाउन !

सिरानिमै झरेर कटदैन होला समय ....

यदि प्राप्ति पछि,

यो सब बाट म मुक्त हुन्छु भने,

म तयार छु युद्ध लड्न

हैन भने

म तयार छु झिरमा उनिएरै बाच्न


मेरो प्रिय साथी
,

के तिमीसंग छ यसको जवाफ ??

 

Comments

Sachin

Poem verry beautiful but i dont have anything to say without ramro chha and keep it for forever.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |