गजल
प्रकाश सायमी , (गोधूली संसार, सैँबु, ललितपुर ।)
एउटी दुःखी रुँदै गई आज यो नगरबाट
फूल खसे कि आँसु खै, उनको नजरबाट
जिन्दगी संगरमरमर होला अरुका लागि
ढुँगा कहिले मोति बनेन तिनको बगरबाट
ऊनको सपना सुनको हुन्न भन्थे कोही
घाउलाई स्याहारी रहिन् सँधै खञ्जरबाट
बाटो नै बरबादीको पहाड भो यात्रामा
अमृत कहाँ हुनु तिनी जलिरहिन् जहरबाट
आउँदा तिनी सबलाई रिझाउँछु भन्थिन्
आज आफै काँडामाथि हिँडिन् यो शहरबाट
Comments
Prakash Sayami
Thanks Narayan ji ..
Narayan Gaunle
Narayan Gaunle अलिकति उर्दूको अभिव्यक्ति शैली र शब्दविन्यासको छनक गजलभरि छ । निकै मिहिनेतपूर्वक भावलाई मिहीन रूपमा कुँदिएको रहेछ । अमूर्त विम्बात्मकतातिरको रुचि र रहस्यमयी लेखनप्रतिको झुकाव गजलमा झल्किन्छ जसले सानो आकारमा सिङ्गो काव्यात्मकता रोपेको छ । नि...कै आलङ्कारिक प्रस्तुतिले सामान्य विषय र भावलाई पनि अति आकर्षक र स्तरीय बनाएका छन् । गजलले बेसरी छुन्छ-छोयो पनि । जति गहिरिँदै गयो उति प्रभावकारी लाग्ने शैली छ भावविन्यासको । अन्यत्र \'उनी\'का रूपमा सामान्य आदरको प्रयोग भएकाले मतलामा \'रुँदै गई\'लाई \'रुँदै गइन्\' बनाउन पाए । टाइपको कसर होला भन्ने सोच्दछु । \'संगमरमर\' ? फूल खसे कि आँसु खै, उनको नजरबाट !! वाह ! जति प्रशंसा गरेपनि कम हुने अभिव्यक्ति । हरेक मिसरा आफैमा खण्डकाव्यजस्तो ! यस्तो चोटिलो विम्बविधान पो हुनु गजलमा !