हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बल्ड्याङ खानुको मजा

नरनाथ लुइँटेल, (कलंकी, काठमाण्डौं)


'
एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ ' भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा खाइसकेछ उहिलेका कुरा खुइलिए अहिलेका कुरा फैलिए ठक्कर ठेसको कुरै नगरौं अहिले मान्छे भन्ने जन्तुको तन्तु सात बल्ड्याङ्ग खाँदा पनि एक बुद्धि नपलाउने भइसक्यो मानिसको जात कहलाएको यो दुईखुट्टे जनावरलाई अहिले संसारको सबैभन्दा बढी बुद्धि भएको सर्वश्रेष्ठ प्राणी भनिन्छ तर यसैको हालत यस्तो झन् प्रवृत्ति कस्तो भने बल्ड्याङ्ग खाएर तीन कान्ला तल खँदारिएको कसैले    'होइन तँ लडिस् कि क्या   ' भन्यो भने अररो-अररो हुँदै जुरुक्क उठ्छ धूलो टक्टक्याउँदै उल्टै भन्छ- धत्तेरिका कहाँ लडेको हुँ ? जस्तो जवाँमर्द मान्छे पनि कहीँ लड्छ ? बरु तपाईंको आँखा चस्माको पावर घटबढ भएको हो कि ? परेन फसाद सोध्ने मनुवाले पो लाजले रातो मुख लगाउनु पर्दछ

बल्ड्याङ्ग खाँदाको स्वाद काँचो टिम्मुर खाँदाको भन्दा ओठ-मुख बढी पर्पराउने खालको हुन्छ मनस्थितिको कुरै नगरौं अनुहारले नै सबै कुरा बताइरहेको देखिन्छ बल्ड्याङ्ग अरुअरु प्राणीले पनि खान्छन् तर मान्छेले खाने बल्ड्याङ्गको भने भिन्नै महत्व रहेको फेरि मान्छेहरु पनि हेर्नाका छन् कोही लाटा हुन्छन् कोही हुन्छन् बित्पातका बाठा जिब्रो छुराजस्तै लाग्ने भए पनि बुद्धिले अधिक गोज्याङ्ग्रो मानिस विलकुल लाटो हो तर बोलीमा बक नफुटे पनि कोही हुन्छन् मन ज्ञान बुद्धिले अत्यन्त चलाख यस्तालाई लाटो भन्नु मुर्खताको परिचय दिनु हो उनीहरु हामीले भनिआएका    'बाठ   'हरु भन्दा धेरै गुना बढी बाठा हुन्छन्  

यी लाटा बाठाहरुकै प्रसङ्गमा यसो पनि भनिन्छ-    'लाटो लड्छ एक बल्ड्याङ्ग बाठो लड्छ तीन बल्ड्याङ्ग   ' लाटा मान्छे बाठा मान्छेका बीच पनि यत्रो विधि अन्तर कसरी परेको हो कुन्नि  लाटाले समेत एकपल्ट लडेपछि कुरो बुभुदछ- यसो गर्दा यस ठाउँमा यसरी लडिने रहेछ यो सोझो कुरो बुझेपछि लाटो मान्छेको दिमागले सोझै अर्थ लगाउँछ फेरिफेरि लड्नबाट आफूलाई जोगाउँछ तर जो बित्पातको बाठो अरु लाटा-गाँडालाई बाटो देखाउँने अगुवामा दरिएको सबका सबलाई नलडी हिँड्न सिकाउँछ त्यही मान्छे डङ्ग्रङ्ग लड्छ त्यो पनि एक बल्ड्याङ्ग होइन तीन-तीन बल्ड्याङ्ग यस किसिमको बल्ड्याङ्ग लरतरो चानचुने हुनै सक्दैन आखिर बाठाहरु नै बढी बल्ड्याङ्ग खान्छन् कसर  खोतलेर जवाफ खोज्नुपर्ने प्रश्न नै यही हो

एकजना मनुवा हुनुहुन्छ यही देशका प्रजातान्त्रिक आन्दोलनमा तीस वर्ष खर्लप्प खर्चिंदा खर्चिंदै उहाँका केश सेताम्य फुल्न थालेका छन् छयालीसपछि प्रजातान्त्रिक परिपाटीको केन्द्रमै घुमिरहनु भएका उहाँ जस्ता सक्कली प्रजातन्त्रवादी नेताको त्याग तपस्या अरु जौडेजौडेहरुका निम्ति अनुकरणीय मानिदै आएको उहाँ बाठाहरु मध्येका पनि अधिक बाठा हुनुहुन्छ त्यसैले होला उहाँ संसदीय प्रजातन्त्रका पछिल्ला आमुखमा समेत आरुढ हुनुभएको वर्तमानमा प्रजातन्त्र समाप्त भइसक्यो भन्नेहरु पनि छन् कोही भने के को प्रजातन्त्र मात्रै ? कतन्त्र आइसक्यो भन्नेहरु पनि छन् यो विवादपूर्ण विषयमा प्रवेश गरिरहनु परोइन  

उहाँ जस्तो अधिक बाठो मान्छे पनि यसपाली बेस्वादसँग डङ्ग्रङ्गै लड्नु भयो लडेर बल्ड्याङ्ग खाँदै तीन कान्ला तल पछारिएको मान्छे देखेर कोही मरी मरी हाँस्न थाले कोही औधी माया पलाएर रुन थाले सहानुभूति व्यक्त गर्दै छेउमा पुगेका आफन्तजनलाई बकाइदा उहाँले हपार्नु भयो लडेर लबेदा सुरुवालमा लागेको धूलो अनुहारमा पोतिएको हिलो टकटक्याउनु भयो खरो स्वर एवम् दह्रो शैलीमा घोषणा गर्नुभयो- कसैले मलाई तीन बल्ड्याङ्ग खाएर तीन कान्ला तल झरेको देख्यो होला तर यो भ्रम हो विशुद्ध भ्रम लडेकै होइन बरु बडेको हुँ तीन कान्ला तल झरेकै होइन बरु तीन कान्ला माथि चढेको हुँ बल्ड्याङ्ग खाएपछि प्रायः मान्छेको मनोविज्ञान बदलिन्छ यही मनोवैज्ञानिक परिवर्तनका कारण उसले आफूलाई लडे पनि बढेको देख्न थाल्छ झरे पनि उक्लेको महसुस गर्छ शर्मनाक हारलाई पनि जीतैजीतको स्वर्ग देख्छ गालीका कोर्रालाई पनि तालीका पर्रा सम्झन थाल्छ देख्नेका आँखा फुटे सुन्नेका सही पाखा पछारिए झैं पछारिएर अररो भएको शरीर देख्नेहरुका आँखाले केवल भ्रम मात्र देखेका हुन् उहाँ तीन कानला तल झरेको पछारिएको बल्ड्याङ्ग खाएको यो सब केही होइन त्यस्तो देख्नु नै भ्रम हो

त्यसो बल्ड्याङ्ग खानेहरु उहाँ मात्रै कहाँ हो भन्या उदाहरणमा उहाँ नै अगाडि पर्नुभयो हाम्रो जस्तो देशमा बल्ड्याङ्ग खानेहरुको हूल नै बल्ड्याङ्ग खाएर आफ्नो हुर्मत स्किए पनि अर्कालाई त्यस्तै बल्ड्याङ्ग ख्वाउन मौका ढुकेर बस्नेहरुको बथान नै मौका पर्नासाथ उसले उसलाई पछारेको दाउ हेरीहेरी उसले उसलाई लतारेको मसलाका मरिचहरु ऋतुका शरदहरु एक समयका गतिला बल्ड्याङ्गवीरहरु मानिन्थे समयले कति चाँडो प्वाँख फेरेको हो कुन्नि अहिले उनीहरुको फूर्तिफार्ती राम्रैसँग प्रकट भइरहेको पर्दाभित्रका पुरुषार्थी बल्ड्याङ्गवाजहरु पर्दाभित्रैबाट कतिलाई बल्ड्याङ्ग ख्वाएर तीन कान्ला तल पछारिरहेका छन् भन्ने कुरा पनि कुनै कुनै रुपमा प्रकट भइरहेकै  

साँच्चै भन्ने हो भने हाम्रो इतिहास नै बल्ड्याङ्गै बल्ड्याङ्गको विवरण हो एउटाले अर्कोलाई चीत नख्वाई सत्ताको भरयाङ्ग उक्लिनै सकिन्न मल्लकालीन इतिहास हेरौं वा राणाकालीन इतिहास पढौं पृथ्वीनारायण शाहको एकीकरण अभियानको कुरा गरौं वा श्री त्रिभुवनको दिल्ली गमन प्रसङ्ग सम्झौं सबै बल्ड्याङ्ग खाने बल्ड्याङ्ग ख्वाउने कृयाकलापका वृतान्त बाहेक केही होइनन् हाम्रा पूर्खाहरु बल्ड्याङ्ग खाएरै वीर कहलाएका हुन् अर्काको देशमा गएर अर्कैको निम्ति आफूले बल्ड्याङ्ग खाएर बहादुरीको पगरी लगाएका हुन् जुन देशको इतिहास बल्ड्याङ्गको आडमा अडिएको त्यो देशको वर्तमान बल्ड्याङ्गविहीन हुनै सक्दैन  

अहिले हाम्रो राजनीति बल्ड्याङ्गग्रस्त बनेको हाम्रो अर्थ-राजनीतिले बल्ड्याङ्ग खाएको हाम्रो विकासले बल्ड्याङ्ग खाँदैछ हाम्रो शिक्षा नीति शैक्षिक गतिविधिले स्वादसँग बल्ड्याङ्ग खाइरहेको भर्खरएस्एलसी परिणाम प्रकाशित भयो ठूलो प्रतिशत परीक्षार्थीले बल्ड्याङ्ग खाए यो मुलुकका हजारौं होनहार नागरिकहरुले बल्ड्याङ्ग खाएपछि मात्रै बुद्धिको बिर्को अलिकति खुल्यो वार्ता शुरु भएथ्यो त्यही वार्ताले पनि बल्ड्याङ्ग खाँदैछ हाम्रो माटो नै यस्तै हामी के गरुँ धेरैले बल्ड्याङ्ग खाएर प्राप्त भएको हाम्रो लोकतन्त्रले बल्ड्याङ्ग खाँदैछ बल्ड्याङ्ग खानु हाम्रो शौभाग्य हो बल्ड्याङ्ग ख्वाउनु हाम्रो सभ्यता हो स्वादमा जीरे खुसार्नी जतिकै पीरो होस् वा काँचो टिम्मुर जतिकै पर्पराउँदो होस् हामीले बल्ड्याङ्ग खानै पर्दछ बल्ड्याङ्ग खानु हाम्रो धर्म हो हाम्रो आफ्नै मौलिक संस्कृति हो बल्ड्याङ्ग खानु बल्ड्याङ्ग ख्वाउनु नै हाम्रो परम पौरख हो त्यसैले आउनुस् हामी बल्ड्याङ्ग खादै बाँचौं बल्ड्याङ्ग ख्वाउँदै हासौं

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |