हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

शिक्षा क्षेत्रको दुर्दशा र युवा पलायन

असफल गौतम, ()

मलाई यो शीर्षकमा लेख्न मन लाग्यो । कारण मेरो आफ्नै घरपरिवारको शिक्षा क्षेत्रको दुर्दशा थियो । यसैले मेरा दाजुभाइबाट म टाढा छु । उनीहरु आफ्नो पेटका लागि श्रमको बन्धक राखिरहेका छन् । त्यसैले आज यो शिर्षक सुन्दै मन खिन्न हुन पुग्छ । युवा पलायनको अवस्था देखेर धिक्कार लाग्छ । फेरि कल्पना गर्न थाल्छु मलेसिया, साउदी, कतार दुबै र कोरियाका खाँडी मुलुकहरुको । किनकी मेरो चुलोमा दाल चामल पाक्दैन ति शैक्षिक क्षेत्रका प्रमाणपत्रहरुले, ति किताबका ठेलीहरुले अनि महत्वपूर्ण भनिएको आजसम्मको जिन्दगीको पूरा समय लगानि गरिएको परिणामले ।
मैले आफ्नो पत्रकारिताप्रतिको मोह र त्यसप्रतिको आस्थालाई आफ्नै बलबुताले भ्याएको हिसाबमा त्रैमासिक पत्रिका प्रकाशन गर्दै आएको एक व्यक्ति । फलस्वरुप अनेक ठाउँबाट अनेकौ अनेक लेख रचनाहरु आईरहन्थे मलाई एउटा लेख प्राप्त भयो । मलाई मेरा पाठकले सधैसधै यस्तै खाले लेख पठाउनु भएको थिएन । तर यसले मलाई नराम्रोसँग मन दुखायो । शीर्षक थियो । ‘शैक्षिक पृष्ठभूमि र विदेश पलायनको बाध्यता’ । मैले आफूलाई हेरे । आफ्नो शैक्षिक पृष्ठभूमिलाई नियाले । ठिक एउटै थियो । कक्षामा कहिल्यै दोस्रो नभएको मान्छे स्नातक अध्ययन गर्दागर्दै कुक तालिम सिकेर विदेश पलाएन भएको र आज आफ्नो ठूलो ओहोदाको पदमा बसेर जागिर खाने सपना त्यही चुलो र चौकोसँग खाडी मुलुकको चर्को राप र तापमा पाकिरहेको छ मेरा दाजुहरुको पनि । मैले सम्झे मेरा ठूलो, माइला र ठूलाकान्छा दाजुहरुलाई उनीहरु स्कुल तहमा घरको खेतीकिसानी सकेर कहिल्यै पनि कक्षामा दोस्रो भएनन् । कोही दिन जिल्लामा उत्कृष्ट भए भने विद्यालय उत्कृष्टका कुरा त सामान्य भए । त्यसैले मलाई यही शीर्षकमा लेख्न मन लाग्यो । यहाँको हालत देखेर मन अमिलो भयो । अनि आफुदेखि टाढा बनेको घरपरिवारको सम्झना आयो ।

वर्तमान समयमा शिक्षा अति लोकप्रिय, सर्वशुलभ र उपयोगी बनेको छ भनिन्छ । सरसर्ती हेर्दा त्यो स्वभाविक नै मान्नुपर्छ । स्कुल नजाने विद्यार्थीका लागि विद्यालय खाजाका कार्यक्रमहरु आएका छन् । विद्यार्थी कम भएका विद्यालयमा संख्या बढाउनका लागि विद्यालय भत्ताको व्यवस्था पनि छ, तर जति सुकै आदर्शको खोल ओढाए पनि यो तितो सत्य हो । यो देशको शिक्षाको शैक्षिकस्तरले र यहाँको व्यवहारउपयोगी बन्न नसकेको कुरा दिनको घाम जस्तो छलङ्ग देखिएको छ । शिक्षाका बारेमा राम्रै थाहा छ । सुनेको छु दुनियाका कुरा देखेको छु शिक्षीत परिवारमा आडम्बररुपी धनको सम्पन्नताको अभाव, देख्न र भोग्न परेको छ आफ्नै लालाबाला जहान केटाकेटीहरुका आवश्यकताका अनेकौ घुर्की र थुर्कीहरु । केटाकेटीहरुले भन्छन् मलाई यस्तो चाहियो र उस्तो चाहियो । श्रीमतीले भन्छे साथीको विवाहमा जानु छ हेर्न लायकको साडी जम्मा आठ दश हजार पर्छ । तर विवश छु देशको अव्यवहारिक शिक्षा नीतिसँग आफ्नो व्यवहारलाई मिलाउन नसकेर । आफूले देखेको, भोगेको, मनमा लागेको र त्यसले दैनिक जीवनमा पारेको प्रभावसँग मुकाविला गर्न । 
यो समयमा भनिएको छ आजको आवश्यकता भनेको नै सबैलाई जीवन उपयोगी शिक्षा हो त्यसमा सबैका लागि हुने खालको शिक्षा र गुणस्तरका लागि समावेशी सक्रियता हुनुपर्दछ भन्ने नाराहरु पनि चर्काचर्का भनेर सडकमा गुञ्जिन्छन् ।  जब  नारी दिवस आउछ नारीका कुरा हुन्छन् । बुद्ध जयन्ती आउछ बुद्धको चर्चा हुन्छ । शहिद दिवस आउछ त्यही दिन औपचारिकता पूरा हुन्छ त्यस्तै जस्तो शिक्षा दिवसपनि वर्षको एक दिन हर्षोल्लासहित मनाइन्छ । सरकारले एक दुई पासा फाल्छ । शिक्षामा यो निती नियम लागु हुनेछ । अबको शिक्षा यस्तो हुनेछ र उस्तो हुनेछ । कोही बेरोजगार रहनुपर्दैन । बेरोजगार भत्ता उपलब्ध हुनेछ । आफ्नै देशमा योग्यता अनुसारको जागिर पाइने छ । हुन त प्रगति भएको छ प्रतिफल स्वरूप ६० प्रतिशतको हाराहारिमा रहेको छ साक्षरता दर । तर त्यो प्रतिशतले पेट भरिदैन ।
नेपालको वर्तमान सन्दर्भमा औपचारिक शिक्षा बक्सामा प्रमाण पत्र थन्क्याउनका लागि बनाएको मेसिन हो । यो उपयोगी छैन् भने हुन्छ जस्तो समय आएको छ । शैक्षिक संघसंस्थाहरु च्याउ जस्ता उमे्रका छन्  विद्यार्थीको शैक्षिक गुणस्तरमा ध्यान छैन । कमाई खाने थलो बनेको छ । शिशु कक्षामा भर्ना गर्ने केटाकेटीको फिस एउटा प्राइभेट जागिर खाने कर्मचारीको तलबले तिर्न पुग्दैन । आखिर यो शिक्षा त्यो व्यवसाय एउटा दुर्दशा मात्र हो । जुन आज त्यस्तो शैक्षिक प्रमाणपत्र दिने संस्थानहरुका प्रमाणपत्रहरु विदेश पलायन भएका युवाहरुका कागलाई बेल पाक्यो हर्ष न बिस्मात सरह अरु केही पनि भएको छैन ।

हालैका शैक्षिक संस्थाहरुले ज्यादै दक्ष र असल नागरिक उत्पादन गरेका छन् । उनीहरुका उत्पादन यस्ता असल बनेका छन् । बाबुआमाको खाइ नखाई जोडेको दुई चार रुपैया जाड, रक्सी र जुवातासका भट्टीमा उडेको छ । गाउँका सोझा सुन्तली र मैयाहरु क्याबीन र बारहरुमा आफ्नो जवानी बन्धकको लाममा नाम लेखाएका छन् । स्नातकोत्तर समाप्त गरेका युवाहरु पत्रिकाको विज्ञापन हेर्दै आफ्नो आजसम्मको कमाई ठानिएका तिनै प्रमाणपत्रहरु बुझाउदै २० हजारको विज्ञापनमा सात हजार सम्झौतामा आफूलाई श्रमको शोषण गराउदै चुलोमा दाल र चामलसम्म बसालेका छन् । अरु जहान बच्चा र घरपरिवारको त कुरा धेरै टाढाको भयो ।
राष्ट्रका लागि दक्ष जनशक्ति उत्पादनको जिम्मा बोकेका गुरूवर्गहरु कोचिङ क्लासमा भेट्नु मलाई भन्दै हिड्छन् । यसलाई शिक्षा क्षेत्रको के भन्दा उपयुक्त होला रु सैद्धान्तिक ज्ञानमा दक्षजनशक्ति उत्पादन हुने समय आज रहेको छैन, व्यवहारिक रुपमा जान्ने र बुझ्ने हुनुपर्ने समय हो यो । विश्व एक्काईऔं शताब्दीमा पुग्यो भनेर उत्तरआधुनिकताका कुरा गर्नेहरु, आफूलाई सभ्य बनाउँदै नाङगिनेहरु समय आर्थिक उदारिकरणको युग हो भन्छन् । उदारिकरणको युगमा दैनिक रुपमा हजारौको संख्यामा तिनै युवा विदेश पलायनका लागि दलाल र मेनपावरमा आफ्नो राहदानी र बाबुबाजेले जोरेको लेकवेशीको खेत बन्धक राखेर पलायनको सपना बोकिरहेका छन् । यस्ता पलायनका बाध्यताहरुले कसरी आर्थिक उदारिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ रु
म आफैलाई पनि लाज लागेर आउछ । यो शिक्षाको दुदर्शा देखेर । औपचारिक अध्ययन सकेर रोजीरोटीका लागि आजसम्मको कमाइ बोकेर कहि कतै पुग्नु भनेको पूवाधार बिना घरको जग हाल्नु सरह बनेको छ त्यो बाहेक केही पनि बनेको छैन । केही ज्ञान रहेन्छ । कम्प्युटर जानेको, लाइसेन्स भएको, अनुभवी भएको भए भन्नै लाज लाग्ने अवस्था, भैतिक पूर्वाधार विना नै रूखको छहारीमा बसी गफ चुटेजस्तो बनेको छ शिक्षाको अवस्था भने यसलाई के भन्ने १
जिन्दगीको साढेँ दुई दशक बित्यो शिक्षाका लागि भनेर झोला बोकेको तर त्यो शिक्षाले मलाई न सन्तुष्टि दिएको छ न सम्मान दिएको न समयानुकुल आफूलाई समावेशी बनाउन सकेको छ । शिक्षाका लागि आधारभूत मानिएका सामाग्री भनेका चक र डस्टर मात्र बनेका छैनन् अहिलेको वर्तमान समयमा अहिलेको शिक्षाको आधारभूत सामग्री भनेको त कम्प्युटर, मोवाइल, मोटरसाइलक यस्तै यस्तै बनेका छन् खै कहाँ छन् ति शिक्षाका लागि आधारभूत सामग्री रु
उल्टो पछिल्लो समय चर्को आन्दोलनको नारा लिएर अस्थायी शिक्षकहरु सडकमा निस्कदै कता कता तालाचाबीका कुरा गर्दै आए हामीले व्यवहारउपयोगी, समयसापेक्ष शिक्षा दिएका छौं भनेर । सबैलाई थाहा भएको कुरा हो कस्तो व्यवसायउपयोगी शिक्षा दिएका छन् भन्ने सन्दर्भमा । देखिएको छ पाँच कक्षासम्म अध्ययन हुने विद्यालयमा पाँच जना विद्यार्थी लिएर पाँचै जना शिक्षकहरु सबै विद्यार्थीलाई एकै ठाउँमा राखी चार शिक्षकहरुले महिनौ महिनाको हाजीर गरी अन्यत्र गएको अब त्यहाँ जस्तो शिक्षाको दुर्दशा कहाँ भएको होला र हजुर रु
पछिल्लो समय हिजोका दिनहरुमा एसएलसी पास गरेका शिक्षकहरुले प्रमाणपत्र तह पास गर्नुपर्ने नाटकको अभिनय गर्ने पात्रहरु धेरै थिए । कतिले पास गरे कतिले कतिलाई चोर्न दिएन भनेर कुटे, कतिले के के गरे त्यसको लेखाजोखा छैन । २०३० सालमा एसएलसी पास गरेकाले २०६० सालमा कस्तो प्रमाणपत्र तहको परीक्षा पास गरे होलान अब भन्नुन् हजुर शिक्षाको दुर्दशा कहाँ कस्तो छ रु
फलामको चिउरा भनेको एसएलसी हालैका दिनमा चिट चोर्ने अखडा बनेको छ । विद्यालयका शिक्षकहरु ऋाफ्ना चेलाचेलीहरुलाई चिट चोराउने व्यवसाय गर्दैछन् । त्यो उनीहरुको हिसाबका अपराध होइन न्याय हो । किनकी नत्र वर्षौको उनीहरुको दुई नम्बरी धन्दाको पोल खुल्यो भने सबैले थाहा पाउछन् त्यसका लागि उनीहरु चोरबाटोबाट न्यायको ढोका खोलका छन् त्यसमा उनीहरुको दयनीय अवस्थालाई मध्यनजर राखेपनि आखिर त्यो पनि शिक्षाको दुर्दशा भएन र रु

कुराहरु जति गरेपनि समाप्त हुँदैनन् । अझ आश्चर्य मान्नुपर्ने कुरा भनेको त्यहाँ हो । जो न्यायको तराजु लिएर बसेकाहरु निष्पक्ष मूल्याङकनको त्यसमा पनि धर्मकाँंटा उनीहरुसँग मात्र छ जो भनेका गुरूवर्गहरु हुन् । उनीहरु पनि राम्रा केटाकेटी धनीबाहुका छोराछोरी छन् भने उनीहरुको धर्मकाँटा पनि ढल्फलाउँन बाँध्य हुन्छ । अलि बलियो छ भने दोबाटो नै एमबुस बन्ने हो भन्ने डर । राम्रा छन् भने हातलाग्यो १ भन्ने मनसायले गर्दा परीक्षाको परिमाणलाईसमेत अनियमिताको ठूलो कसरत हुने गरेको छ । कोही प्रश्नपत्र नै परीषा भन्दा पहिला सार्वजनीक हुन्छन् । कोही कती रकम कलम लिएर त्यही नतिजाका लािग  मिलिमतो गर्ने मात्र भएत हुने थियो । सुन्दै डरलाग्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दाको रूपमा हेर्नुपर्ने बाध्यता छ जसलाई आज आम जनसमुदाय स्वभाविकै हो भन्न बाँध्य छन् यसलाई शिक्षाको दुर्दशा भन्न मिल्दैन र हजुर रु

अब पालो मेरै आयो । मैले पनि क्याम्पस पढेकी टयाम्पस पढे थाहा छैन । पाँच वर्षमा समाप्त हुन्छ प्रमाणपत्र र स्नातक तह भनेर बाबुको पैतालाको रगत बगाएर ल्याएको खर्चले धोती फुकाल्यो । पाँच वर्षका लागि पाँच लाख खर्चको योजना तय गरेको सात वर्ष लाग्यो जसका लागि आठ लाख खर्च भईसक्यो । एक वर्षमा समाप्त हुने कोर्ष जम्मा वर्ष भरिमा तीन पढाई हुन्छ । १२ महिना त के १८ महिनामा तीन महिना पढाइ हुन्छ । बल्लबल्ल १८ महिनापछि परीक्षाको तालिका निकाल्छ मुस्किलले । विचरा शिक्षा मन्त्रालय दया लागेर आउछ । तीन घण्टाको समय र सो अनुसारको वातावरण मिलाउन नसकेर परीक्षा लिन सक्दैन अनि मेरो पाँच वर्षे योजना सात वषे त थियो नै आठ वषेमा टेको लाग्छ भने हामी आम विद्यार्थीले यसलाई शिक्षाको दुर्दशा मन्ने की के भन्ने रु
त्यसैले अब विदेश पलायनको एउटै बाटो बाहेक अर्को बाटो मेरा सामु पनि छैन । त्यसको सही जवाफ भनेको शिक्षाको दुर्दशा हो । यही शिक्षाका दुर्दशाका कारण आज म जस्ता लाखौ लाख युवाहरु श्रमको बन्धक राख्न बाध्य छन् त्यही पनि अर्काको मूलुकमा श्रमको चर्को शोषणमा परेर । ५० हजार तलबको सम्झौतामा विदेश पुगेर बीस हजारमा आफ्नो श्रम बेच्न बाध्य छन् नेपाली दाजुभाइहरु । सहायद अब मेरो पनि त्यही विदेश पलाएको सपना चर्को बनेको छ । थाहा छैन पचास हजारको सम्झौतामा बीस हजारमा श्रम बिकाउन बाध्य हुने हो या आज सम्मका कमाइ मानिएका प्रमाणपत्रहरु आगो लगाउने यो दोसाधको सिमानामा अल्झनु बाहेक आजका युवाहरुको बाध्यता बनेको तितो सत्यसँग आफूलाई पनि समाहित गराउँदै छु नेपालको शिक्षाको दुर्दशा देखेर अनि युवा विदेश पलाएनको सपना साचेर । भन्नुहोस् आम पाठकहरु के यो वाहेक अर्को विकल्प छ तपाईंहरुसँग रु
समयले नयाँ परिभाषा दिएको छ शिक्षाको । जसलाई दैनिक जीवनमा उपयोगी हुुनुपर्छ भन्ने आवाज चर्को रुपमा आएको छ तर पनि आम जनसमुदायलाई नयाँ विचारले गाजेको होला नहोला आफ्नो ठाउँमा छ तर स्वदेश होस् या विदेश युवा जमातलाई त्यसले अत्यन्त जागेको छ । अब पुराना विचारसँग नयाँ विचारहरुको फ्युजन गराउनु पर्ने भएको छ । जसले गर्दा नयाँ निष्कर्ष निकाल्छ भन्न सकिन्छ । यसको अर्थ नयाँ विचार र निष्कर्ष मात्र होइन वर्तमान समयमा भएको शिक्षाको दुर्दशाको अन्यको सवाल हो । पुरानो ढाँचा, शैली, विधिविधान र शैक्षिक सामाग्रीका आधारमा दिएको शिक्षा नाममात्रको शिक्षा हो ।  सही अर्थमा भन्दा शिक्षा क्षेत्रको दुर्दशा हो । पुरानो ढाँचाले कखरा घोकाउने नियती अब छोड्नुपर्ने भएको छ ससाना बालबालीकाहरुका लागि मेरिया मन्टेश्वरीले चालेको कदम आज व्यापार पनि बनेको छ एकतर्फ भने अर्कोतर्फ बेरोजगारले रोजगारपनि पाएको छ । अब त्यसलाई नअगाल्ने हो भने अब पनि शिक्षा क्षेत्रको दुर्दशा यस्तै रहने छ भन्नेकुरा कसैले पनि भन्नुपर्दैन ।

प्रायः गरेर ग्रामीण भेगका र सहरी क्षेत्रको आसपासका विद्यालयकै कुरा गर्ने हो भनेपनि शिक्षाकोस्तरलाई सकारात्मक मान्न सकिदैन । विद्यार्थीका लागि दिएको गृहकार्यको सवालहोस्, विद्यालय पोशाकको सवाल होस्, अनुशासन, सरसफाई, दैनिक उपस्थिीतीहोस् यस्ता कुराहरुमा समय अनुसार पुरस्कार र दण्डको अभावमा शिक्षा क्षेत्रको भविष्य निस्क्रिय बनेको आभाष युवा जमातलाई भएको छ । जसको उपज दिनानुदिन विदेशीको गुलाम बन्नुपर्ने बाध्यताका परिणामहरु हातमा लाग्नु भनेको अवश्य पनि हाम्रो समाजमा व्याप्त रहेको शिक्षाको क्षेत्रको दुर्दशा हो ।
सामान्य एउटा किसानले वर्षको एक पटक वर्षामा वाली लगाएर हिउँदमा राम्रो फलको अपेक्षा गरेको हुन्छ तर विद्यार्थीहरुलाई शिक्षा दिनका लागि बसेका किसानहरु महिना मर्नु र तलब पाक्नु, कतिखेर ४ बज्ला र बाहिर निस्कौला भन्नु बाहेक अर्को विकल्प उनीहरुका साथमा हुँदैन । विद्यालय उनीहरु ज्ञानकोज्योती छर्नका लागि होइन की जागिर पकाउनका लागि, हाजीर गर्नका लागि र विद्यार्थीहरुलाई एक ठाउँमा जम्मा भएर खेल्न अनि आफु काम भए बाहिर निस्कन र होइन भने कार्यालयमा निदाँउनका लागि मात्र विद्यालय जाने गरेको देख्न पाइन्छ भने यसलाई के शिक्षा क्षेत्रको दुर्दशा भन्न मिल्दैन रु
वर्षामा लगाएको खेती हिउँदमा फल भित्रयाउदा थोरै धेरैको फरक पर्छ मात्र तर यो शिक्षाको खेतीको फल अनौठो लाग्ने गरेको देख्न पाइन्छ । पाँच कक्षासम्म टुकुटुकु पास चाहे सबै विषयमा पास होस् चाहे एक दुई विषयमा फेल होस् । अब भन्नुहोस् के यस्तो हालतले आज हाम्रो शिक्षा क्षेत्र परिमाणमुखी, व्यवहारमुखी र प्रयोगमुखी बनेको छ त रु आश्चय मान्नुबाहेक केही छैन । अस्थायी शिक्षक दुई विद्यार्थी लिएर स्कुल धानेका छन् र स्थायीको माग गरेका छन् । यता शिक्षाको गुणस्तर भित्रभित्रै धमिरो लागेको धोद्रो रुख जस्तो बनेर ढल्न लागिसकेको पत्तो छैन तर उनीहरुलाई घरमै बसेर उनको जागिर हुनुपपर्दछ । महिना मरेपछि तलब आउनु पर्दछ । चाहे शिक्षाको गुणस्तर जतिसुकै खोक्रो र जर्जर होस् त्यसमा कसैको टाउको दुखाइको कुरा छैन अनि यसलाई शिक्षा क्षेत्रको दुर्दशा  भन्न नमिल्ला र हजुर १
गाउँ छोडेर सहर पस्ने हो भने मेरो तीन वर्षको छोराको किताबको झोला पाँच किलो भन्दा बढी होला कम छैन त्यसमा एक लिटर खानेपानी थपेपछि छोरा झोला बोकेर स्कुल होइन बोकेर थचक्क भूईंमा बस्न पुग्छ । सहरको हालत झन् डरलाग्दो छ । किताब, व्याग, डे«स किन्नुपर्यो । थाहा छैन कस्तो किताब किन्नुपर्ने हो फलानो पुस्तक पसलमा जानुहोस् गयो । १५० लेखेको पुस्तकको मूल्य स्टिकर टाँसेर ३५० पुग्छ । कपडा किन्न गयो । १०० रुपैया मिटर पर्ने कमिजको कपडाको मूल्य ३५० पर्न जान्छ जहाँ जाउँ त्यस्तै, जहाँ जाउ त्यस्तै । शिक्षाका नाममा कसकसको पुस्तक सिफारिस गर्दा कती फाइदा कसलाई हुन्छ नाफा र घाटाको हिसावले विदेशी पोशाक र पाठ्यक्रम भित्रयाईएका छन् । शिशु कक्षा पढ्ने विद्यार्थीको पुस्तक र पोशाकको खर्च बिल नै आउछ हजुर सामान्य कर्मचारी उस्तै परे कोही कोही संस्थाका म्यानेजरहरुको दुई महिनाको तलब । कस्तो विडम्बना बनेको छ । डिग्रीको अध्ययन सकेर जागिरमा लागेर पद कत्रो दिएको छ । फेरी कोट, पाइन्ट, टाई लगाएर जानुपर्ने । उस्तै परे शाखा म्यानेजरजस्ता पद हत्याउन बेर लाग्दैन विचरा । के गर्ने ठुलो पदका लागि सानो रकम मुस्किलले १० हजार तलब दिन्छ । कोट सिलाउन जाँदा अलि राम्रो हेर्ने हो भने त  दश हजार खर्च हुन्छ, अब भन्नुहोस् शिक्षा क्षेत्रको दुर्दशा यस्तै भयो भने सामान्य कमाइ हुनेहरुले छोराछोरी पाल्न र परिवार धान्न सक्छन् त रु
जागिर सकेर घरमा पसौ बेलुका चुलोमा दाल चामलका लागि भनेर रासन पानी चाहियो । एक सय रुपैयाको तरकारीले दुई छाक चल्दैन । चामल त एक बोरा किने केही दिनका लागि आनन्द हुन्छ तर तरकारीनै चामलको दुई गुणा खर्च हुन्छ । जसरी जुक कोणबाट हेरेपनि उस्तै उस्तै हो । बल्ल बल्ल ऋण खोजेर एक लाख खर्चले विदेशी मरुभुमीमा श्रीमानको पाइलो पर्न नपाउँदै श्रीमती शिक्षाका लागि सहर झर्ने अर्को चर्को रोगले गर्दा पनि शिक्षामा व्यापारको क्रम बढेको छ । टिनको छाप्रो बनाउन सके पनि तीन हजार भाडा आउने भयो । सबैको कुरा त्यही हुन्छ । उता शाखा म्यानेजर हुनेको पनि उही दश हजार तलब आफ्नो कोटको सफाई र घर खर्चमा ठिक्कै हुन्छ एक लाख खर्च गरेर बाहिर जाने लाहुरेको पनि बचत त्यही दश हजार श्रीमतीलाई महिनै पिच्छे पठाउँदा यहाँ घर खर्च ठिक्कै हुन्छ कहिले हो त्यो ऋण तिरेर सक्ने रु के के न शिक्षाको लागि सहर झरेकी श्रीमती लालाबालाको चर्को फि तिर्न नसकेर ढिलो चाडो गाउँ फकर्ने तयारी गरेर के गर्ने रु पानी माथिको ओभानो बनेर एक छिन रहेपनि कालान्तरमा डुब्नै पर्ने अवस्था आएपछि त्यही हिजो हिरा फल्ने खेतबारीमा फेरि पनि नङ्ग्रा खियाउनु बाहेक अर्को विकल्प नदेखिएका यर्थाथता हाम्रा सामु रहेका समयमा यसलाई के भन्ने होला रु आजको त शिक्षा पनि नाफा र घाटाको भयो । नीजि विद्यालय सञ्चालन गरेर बसेका र राम्रो चलेका विद्यालयका सञ्चालकहरु एक दिन बन्द भयो भने बीस हजार नाफा भएको लेखाजोखा गर्छन । स्वयम पंक्तिकारले भेटेको छ त्यस्ता शिक्षामा व्यापार गर्नेहरु । उनीहरु भन्छन् विद्यार्थी पु¥याउन परेन डिजल जोगियो । दिनमा खाजा दिनुपरेन खाजा खर्च जोगियो ।
मेरा बाबु आमाले शिक्षा दिक्षा भनेको सेवा हो बाबु । आफुले जानेको कुरा अरुलाई सिकाए स्वर्ग गइन्छ भन्ने । तर आज त्यो सेवा भन्ने कुरा पेवा बनेको छ अनि शिक्षा त व्यापार नै बनेको छ, नाफा र घाटाको । बाह्र महिनामा नौ महिना पढाई हुन्छ विद्यालय वोर्डस गरेका विद्यार्थीका अभिभावकले महिनाको दश हजार त्यसै बुझाउनु पर्छ । त्यो मात्र हो र शनिबार आफ्नै खाजा खानुपर्ने एक दिन शनिबार भएपनि बीस हजार खाजा खर्च फेरि नाफा चाहियो उसको व्यापारमा । शिक्षा मन्त्रायल पनि छ अरे । कहाँ कस्तो अवस्थामा छ उनैलाई थाहा होला पंक्तिकारलाई थाहा छैन । हिजोका दिनमा शिक्षालाई सेवाको रुपमा लिने गरिएको थियो । वर्तमान समयमा शिक्षा सेवा होईन  व्यापार हो ।

हालसालै एसएलसीको परिणाम सार्वजनिक भएको छ । शिक्षामा व्यापार गर्न बसेकाहरु ८० प्रतिशत भन्दा बढी विद्यार्थीका फोटा टासेर पत्रिकामा उनीहरुको शिक्षाको व्यापार गर्न लागि परेका छन् उनका लागि त्यो व्यापार सही छ तर महङगीले ढाड सेकेका विद्याथीका अभिभावकलाई दुई चार सय सहुलीयतको कुरा हुँदैन ।
यता सहर छोडेर अलिकति गाउँमा पस्ने हो भने उही पाँच जना विद्यार्थी र पाँच जना शिक्षकको नाजुक अवस्था देखिन्छ । एक धार शिक्षाको नाममा व्यापार गरिरहेको छ अर्को धार शिक्षाको नाममा आफ्नो मेरो मिलाई रहेको छ । हिजो एसएलसी पास गर्न नसक्नेहरु पैसाको प्रमाणपत्र देखाएर हिडिरहेका छन् । आफूलाई स्नातक पास गरेको भनेर शिक्षाको व्यापार गरिरहेका छन् । राम्रोसँग अक्षर फडकाउन नसक्नेहरु स्नातक पास गरेका प्रमाणपत्र बोकेर व्यापार गरिरहेका उदाहरण यहाँ जस्ताको तस्तै छन् । हिजोका अर्ध शिक्षितहरु आज त्यही बनावटी खोँक्रो आधारमा व्यापार गरिरहेका छन् । के यो शिक्षा क्षेत्रको दुर्दशा नहोला र हजुर रु
यता व्यापार गर्नेहरु वर्षमा चार पटक परीक्षा लिन्छन् । परीक्षा फर्मका नाममा चर्को शुल्क असुल्न । केही दिनका खाजा खर्च बचाउनका लागि । अर्को कुरा पहिलो परिक्षामा १०० पूर्णाङ्कमा ३० अङ्क ल्याएको विद्यार्थी अर्को परिक्षामा ट्युसन पढ्न थाले पछि ६० अङ्क ल्याईहाल्छ । बषै भरि ट्युसन पढ्यो भने त सधै ९०, ९० भन्दा तलको कुरै छैन । यदि त्यो भएन भने कमजोर विद्यार्थी छ ट्युसन पढाउनु पर्छ भनेर चिठी आउँछ । हेर्नुन हजुर शिक्षा क्षेत्रको दुर्दशा ।
कहीले काही शिक्षाको नाममा राजनीति पनि चर्को चलेको देख्न पाइन्छ । शिक्षा क्षेत्रमा व्यापार र युवा पलायनको अवस्था मात्र होइन । राजनीतिको पनि चर्को गन्थ आउछ ।  राम्रो शिक्षण गराउनेहरुले पनि राम्रो व्यवहार पाउँदैनन् । उनीहरुलाई छिटो कोर्ष सक्नु छ विद्यार्थीलाई आलेटाले गरेर पढाएर ट्युसन कक्षामा पैसा थुत्नु छ । राम्रो शिक्षकको कदर हुदैन । शिक्षाका लागि सरकारले ठूलो बजेट छुट्टयाएको छ । त्यो केका लागि कति खर्च भएको छ भन्ने कुरा कसैलाई थाहा छैन । भ्रष्टाचार, चाकडी प्रथा, नक्कली कागजपत्र जस्ता कारणले गर्दा शिक्षामा सही परिणाम निस्कन सकेको छैन । यसलाई शिक्षाको दुर्दशा भन्न मिल्दैन रु
फेरि अर्को चर्को शिक्षाको नाममा व्यापार आजभोलि यज्ञ महायज्ञ बन्न थालेका छन् । व्यापार गर्छन शैक्षिक संस्थाको स्तरोन्नतीका लागि भनेर दुनियाले खाई नखाई जम्मा गरेको पैसा आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिनका लागि भनेर दिएको पैसा व्यक्तिका स्तरोन्नती गर्दा ठिकै छ । त्यस्ता ताजा उदाहरणहरु यहाँ जस्ताको तस्तै छन् । आर्थिक समितिले अनियमितता गरेर समाचारका ठूला पाना भरिएका कथा पनि यहा चर्कै रुपमा देख्न र अध्ययन गर्न पाइन्छ । यसलाई शिक्षाको दुर्दशा भन्न मिल्दैन र हजुर रु
शिक्षा नीति होला । नियमावली होला तर त्यसलाई काजगमा मात्र सिमित रहेर हुदैन व्यवहारमा लागु हुन प¥यो । असल आचरणको प्रिन्सिपल होस् । शिक्षकलाई राम्रो सेवा सुविधा दिएर उसलाई आफ्नो कतव्य र दायित्वको बारेमा सचेत गराओस् । नक्कली प्रमाणपत्र धारीको छानवीन गरोस् । शिक्षक प्रकरणमा राजनीति र आफ्न्तवादको गन्ध नआओस् । शिक्षकले विद्यालयमै विद्यार्थी माथी दुरव्यवहार र विविन्न अराजक गतिविधि प्रदर्शन नगरोस् लागु पदार्थ, माधक पदाथ जस्ता कुरामा पहिला शिक्षक सचेत रहोस् । एउटा हातमा पार्टीका झण्डा अर्को हातमा विद्यालयको चक र डस्टर बोकेर शिक्षामा प्रगति हुँदैन । यस्ता कुराको अन्त्य भयो भने मात्र शिक्षा क्षेत्रमा सुधारको आभाष होला । युवाहरुले चाहे जस्तो शिक्षा पाउलान अनि विदेश पलाएनको संख्या कम होला ।
यसरी आजको शिक्षाको अवस्था हेर्दा र युवा पलायनको संख्या दिनप्रतिदिन बढीरहदा भोलि देशमा दक्ष जनशक्तिको अवस्था कस्तो रहला यो विषयमा बेलैमा सोच्न सके राम्रो होलाकी रु
प्रतिक्रियाका लागि सम्झनुहोस् इमेलः ashafalnews@gmail.com

लेखक सङ्घर्षमा कलम त्रैमासिक पत्रिकाका सम्पादक हुन- सं।

Comments

anu baral

samasamaike 6. articel sir

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |