शब्द
विपुर्ण तारा, ()
महोदय , शब्द निकै राम्रो, रुपवान , उच्च ,सरस र सरल छ । त्यसैले यसलाई मन पराएकी हुँ उसले मन पराउछ या पराउदैन अहिले पनि अनभिज्ञ छु । तर मेरो एकतर्फि प्रेम उसमा झाँगिदै गएको छ ।
हुनत शब्द मेरै बाटो भएर हिडे पनि पहिला वास्ता लाग्दैन थियो र यो पनि महशुस गर्दिनथेकि यो त यति धेरै क्षमतावान र शुन्दर छ जो म जस्तो मान्छेलाई ल प्रेममा लिप्त पार्न सक्छ ।
मेरो आह्रीसेपनको कारण मैले यसलाई अपराधिक तवरले बलत्कार गर्न खोज्दा मलाई नै यसले बलत्कार गर्यो । मलाई लाग्थ्यो उसलाई माया म जस्तो अरु कसैले गर्न सक्दैन । तर भन्ने हो भने मलाई यसको नाम , थर , वतन के हो ? थाहा थिएन ।
मैले यस्तै शब्दहरुसँग कतिले जीवन सुम्पेको सुनेकी छु , शब्दहरुसँग जीवन गुजारा गर्ने जोडी वाह ! क्या जोडी ! यसकै ईष्र्याले म चुर भएर बलत्कार को कोसिस गरेको थिए । सायद म मा धैर्यता थिएन महोदय , र उ सँग कसरी प्रेम गर्ने , उसलाई कसरी फसाउने र कसरी सँगै जिवन बिताउने म मा केहिको ज्ञान थिएन ।
मेरो सोझो हिसाबमा भन्दा महोदय , मैले कवितात्मक शैलिमा बलत्कार गर्न खोजेको थिए तर यसले नै............ । हुन सक्थ्यो यो मेरो पहिलो प्रेमको नसाले सृजीत उक्तेजनाको घटना हो र महोदय जो सजाय छ भोग्न तयार छु ।
महोदय , यी प्रत्येक घटनाहरु सबै गुपचुप राख्ने विचारमा थिए र मैले शब्दलाई फकाएको पनि थिए ‘शब्द म तिमीलाई मन पराउँछु । त्यसैले यो घटना घट्यो म तिमिसँँँग माफि त माग्दिन तर तिमीलाई हार्दिक अनुरोध छ मलाई माया गर हामी गुपचुप घरजम गरौँ ।’ सोझो र सिधा शब्दले मलाई अदालतमा लाने तयारी गर्न लाग्यो ।
शब्दले मलाई जे गरे पनि म उसको शिकार भएको छु । बेलाबेला उसले मलाई छोडेर जान्छ म धुईधुईति गरेर उसलाई खोज्छु कसो गरी उसको नजिक पुग्छु उ भाग्छ । मलाई यति सम्म दुःख दिन्छकि जसलाई मन पराउँछु त्यो नै मलाई नाटक गरिदिन्छ । म के गरुँ , बरु यसलाई बलत्कार गरेर रद्दिको टोकरिकमा मिल्काईदिन्छु मैले फेरी बलत्कार गर्ने कोशिस गरे ।
महोदय , यस कर्तुतले गर्दा म शब्दको मुद्दामा दिनानुदिन थुनिदैछु । र मैले दुःख पाएको पनि छु तर पनि महोदय, मैले दुःख पाउनु, या म मर्नुमा मलाई कुनै गुन्जायस छैन । चाहे कसैले मेरो शब्दलाई किचकन्य बनाएर मसानघाट पुर्यायोस वा विश्वको महान राजा बनाएर सिँहासनमा सजाओस । महोदय, जे भएपनि म उसलाई निकै मन पराउछु र बुझ्न थालेकी छु ।
आजभोलि बयानबाट शब्दलाई फकाउन थालेकी छु ; प्रेमको लागि । सायद उ मेरो प्रेममा लन्छि लन्दिैन महोदय, पछी उसले मलाई अपराधि नै सम्झोस तर मेरो एकतर्फीबाट भएपनि म उसको प्रेमिका हुँ । त्यसैले अनन्त सम्म उसलाई फकाउने जमर्को गर्नेछु । मलाई लाग्छ म अपराधि होईन म त उसको जीवनमा छिर्न खोजेकी मात्र हुँ ।
महोदय, मैले उसलाई थोरै बुझ्दा नै म अपराधि हो भन्ने स्विकार गर्नसक्छु । यदि मैले बुझ्दै जाँदा म अपराधि बन्दै गएभने महोदय म आत्महत्या गर्नेछु ताकि उसले फेरी मेरो कर्तुत सहन गर्नु नपरोस । तर बयान ,मेरो बुद्घिले भ्याएसम्म प्रभावशाली बनाउदै जानेछु । हेरौ महोदय, मेरो बयानले न्यायाधिस हजुरलाई कतिको प्रभाव छाड्छ ? यदि प्रभाव छाड्यो भने यसले मलाई शब्दलाई माया गर्न सिकाउछ र पागल हुन । शब्दले मलाई प्रेम नगरोस तर म न्यायधिस सामु बयान दिदै जानेछु न्यायधिस महोदय, यो जिम्मा तपाई को हातमा छाडेकीछु , निर्णय दिदै जानु होला । । । । ।
Comments
sita
sarai mutu nai chhoyo nice