गजल
अर्जुन प्रधान, (मिनेसोटा, अमेरिका)
म अन्तिम घोरिएछु अधुरा तस्बिरमा
छिनमा एक्लै बोलि रह्यो कुरा तस्बिरमा
क्यानभासमा उनि सुन्दरताले सजिएकी
उसै राम्रा सिंदुर अनि चुरा तस्बिरमा
हिमाल देखि तराइ सब मिलेको रङ्ग
नजिक रहि मातिरहे आँखा सुरा तस्बिरमा
प्रेमलिलाको अन्तिम नाटक पागलपनमा
जर्बजश सोझो बनाएछु छुरा तस्बिरमा
दिनरात सपनीमा उनका कुरा हरेक गरे
सुम्सुमाए अनि थाह भो, टुहुरा तस्बिरमा