हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

राष्ट्रभाषामा किन विवाद ?

दीर्घराज प्रसाई, (काठमाण्डौ)


नेपाली भाषा कुनै विजेता शासकहरुले जवरजस्ती लादेको भाषा होइन । सबै भाषाभाषीहरुका बिच सम्पर्क कायम गर्न नेपाली भाषा सजिलो र लोकपिय भएको नाताले नैं राष्ट्रभाषा हुनगएको हो । विशाल नेपालको एकीकरण हुनुभन्दा धेरैबर्ष अगाडिदेखि नेपाली भाषा पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काश्मिरसम्म प्रचलित भइसकेको थियो । भाषाविद् भानुभक्त पोखरेल लेख्छन्- "नेपाल एकीकरण हुनुभन्दा पाँच-सातसय बर्ष अघिदेखिनै यस भूभागका राजारजौटाहरुले परम्परा, पत्राचार, संधि संझौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपालीनै थियो । नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसी, चौबिसे, लिम्बुवान, खम्बुहाङ आदिका अपुङ्गी टुक्रे राजाहरुसित व्यवहार गर्ने भाषा पनि नेपाली नै थियो ।"  नेपाली भाषा सम्पूर्ण जातजातिको अन्तरजातीय भाषा हो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि कान्तिपुका राजा लक्ष्मीनरिसंह मल्ल र उनका छोरा प्रतापमल्लको समयमा नेपाली भाषामा लेखिएका प्रसस्त अभिलेखहरु पाइन्छन् । त्यस्तै जगतप्रकाश मल्ल भूपतिन्द्र मल्ल भास्कर मल्ल र जयप्रकाश मल्लले पनि पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाणहरु छन् ।

विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि नेपाली भाषा यहाँका साना राज्यहरुमा केही मात्रामा प्रचलित भइसकेकाले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणमा सजिलो पनि हुनगएको थियो । इतिहासविद् शंकरमान राजबंशीले लेख्नुभएको 'पुरातत्व संग्रह २०१८' मा मोरङका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहर विक्रम सम्वत् १७१९ पौषमा नेपाली भाषामा लेखिएका कागजपत्रहरु,  मकवानपुरका राजा मानिकसेनले श्री गोसाईलाई नेपाली भाषामा लेखिएका स्याहामोहर र विक्रम सम्वित् १७८४ कार्तिक भनेर लेखिएका,  विजयपुरबाट बुद्धिकर्ण रायले विक्रम सम्वत् १८२४ नेपाली भाषामा लेखिएका कागजपत्रहरु भएको कुरा उल्लेख छ । नेपाली भाषा लगायत हिन्दी, मैथिली, भोजपुरी, बँगाली, गडवाली भाषाहरु संस्कृतका सन्तान हुन् । नेपालमा लिच्छवि शासनकालभर संस्कृत भाषाले राष्ट्रभाषा को स्थान ओगटेको थियो । मल्लकालमा संस्कृत, नेपाली भाषा र नेवारी लगायत स्थानीय भाषाहरु चलनचलतीमा आएका देखिन्छ । नेपालको एकीकरण हुनुभन्दा पहिला काठमाण्डौंबाट गोरखा लम्जुङ्ग कास्की वा जनकपुर जानेहरुले नेपाली भाषामैं बोल्ने गर्थे । त्यही हिसाबले नेपाली भाषा ब्रम्हपुत्रदेखि कास्मिरसम्म चलनचल्तीमा आइसकेको थियो । यस अवस्थामा काठमाण्डौंका नेवारहरुले कसरी नेवारी भाषालाई सरकारी लेखापढीको भाषा बनाउलान् ? अहिलेको २१सौं शताब्दीमा जातीय र पाल्छी भाषाहरुको कुरा लिएर किन झगडा गर्ने काम भइरहेको छ ?

विद्वान पारसमणि प्रधानले भनेका थिए- "नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन । यसलाई बाहुन क्षेत्री लगायत गरुङ मगर राई लिम्बु नेवार तामाङु आदि जातले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मात्रृभाषा भनी अपनाएका छन् । यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ । कुनै जातका मानिसले आफ्नो जातीय बोली बिर्सनै पर्छ भन्ने केही छैन । तर नेपाली भाषा हाम्रो होइन भनेर बिभिन्न नेपाली जातिले संघर्षका निम्ति संघर्ष गर्न थाले भने न उनीहरु आफै उभिन सक्छन् न अरुलाई उभिन दिन्छन् । पहिलेको खस बोली खसभाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा हुन पुगेको र अहिले तमाम नेपाली जातिको भाषा हुनपुगेकोछ ।"  यति मात्र होइन भारतका आसाम, मणिपुर, दार्जिलिङ्ग उत्तराँचलको देहरादून अलमोडा लगायत भारतका अनेकौं ठाउँमा रहेका नेपालीहरुको प्रिय भाषाको रुपमा नेपाली भाषा पूजनीय भइरहेको र भारत सरकारले सरकारी भाषा सरह्रको मान्यता दिएर नेपाली भाषालाई अन्तराष्ट्रिय मान्यता गरेको छ ।

नेपाल विभिन्न जाति भेषभूषा भाषाभाषीहरुको थलो हो । यहाँ जम्माजम्मी १२४ भाषाहरु छन् । ती मध्ये ४०।५० भाषाहरु विकसित अवस्थामा छन् । मैथिली,  भोजपुरी, अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, राजबँशी, लिम्बु, राई, थकाली, सुनुवार, सतार, उर्दू, आदि भाषा आआफ्नो समुदायमा लोकप्रिय  छ । भाषाको हिसाबले नेपाल धेरै धनी छ । यसकारण सबै भाषालाई सरकारी भाषामा स्थापित गर्न खोज्दा सबै थरिमा असजिलो हुन जान्छ । अशोक श्रेष्ठ लेख्छन्- "बाइसे चौबिसे राज्यको अवधारणा लिएर आन्दोलित हुनु आफैमा वौद्धिक बहुलट्ठीपन बाहेक केही होइन । काठमाण्डौ राजधानी भएकोले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जातजाती भाषाभाषीको जमघट र बसोबास हुनु स्वाभाविक हो । नेवार भाषा नजान्ने एवं गैर नेवारलाई थानकोट कटाउनु पर्ने मनसाय देखिन्छ ।" फलतः राष्ट्रियताको सवालमा हामी सबै जातिले त्याग गर्न सक्नुपर्दछ । हामी सबै जातजाति प्रजातीहरुले नेपालको एकीकरण हुँदाको अवस्थादेखिनैं विशाल नेपालको राष्ट्रिय मूलधारमा विलय गरिसकेका छौं । यस बारेमा युवाकवि श्रवण मुकारुङ लेख्छन्- " नेपाली भाषा नेपाली जातिको पहिचान भएको छ । नेपाली भाषाको यो व्यक्तित्व तयार हुनमा राजतीतिक सामाजिक धेरै कारण होलान् । मुलकारण यसलाई अंगिकार गर्ने नेपाली जनता नैं हुन् जस्ले नेपाली भाषालाई आफ्नो जीवन पद्धतिसँग जोडे ।"  तर २०६५ मा संविधान सभासद्हरुको सफथग्रहण कार्यक्रममा हिन्दी लगायत पचासौं भाषामा सफथग्रहण गराएर राष्ट्रिय एकता माथि खिल्ली उडाईयो । राष्ट्रपतिको सपथग्रहण कार्यक्रममा राष्ट्रिय पोषाकलाई उपेक्षित गरेर उपराष्टपति पदमा नियुक्त परमानन्द झाले संविधान बिपरित हिन्दीबाट सफथग्रहण गरेर नेपाली राष्ट्रियताको धज्जी उडाएका छन् । यसमा डा. रामवरण यादवले नियन्त्रण गर्न सक्नु पर्थ्र्यो । यस घटनाको दोषी डा. रामवरण पनि त्यत्तिकै छन् । हामी नेपालीहरु सबैलाई देशभरीका मातृभाषाहरुको मायाँ छ । स्थानीय मातृभाषामा सफथग्रहण गरेको भए यसरी औंला ठडयाउने ठाउँ रहन्नथ्यो । त्यतिका वर्ष वरिष्ट न्यायधीस जस्तो पदमा रहेर काम गरेका व्यक्तिलाई नेपाली राष्ट्रियताको मोह नहुनु कस्तो विडम्वना ? हामी सबैले राष्ट्रभाषाको कदर गरौं विवाद उठाएर आत्मघाती बाटो नरोजौं ।

स्थानीय मातृभाषीहरुले राष्ट्रिय सम्पत्तिलाई बचाउन साहित्य लेखन नाटक सिनेमा नाचगाँन प्रस्तुति गरेर राष्ट्रको गौरव बढाउन सकिन्छ । सरकारले विद्यालयहरुमा नेवारी मैथिली भाषाहरुझै अन्य भाषाहरुलाई पनि पठनपाठनको व्यवस्था गर्न सक्नुपर्दछ । केही मात्रामा विभिन्न भाषाका विद्यालयको स्थापना र मात्रृभाषाका पुस्तक प्रकाशित गर्ने प्रयास गरिरहेको पनि छ । अहिलेको विश्व एकपरिवार हुँदो अवस्थामा स्थानीय भाषाको पक्षमा पुर्वाग्रह राखेर भाषाको मुद्धामा अल्झिनु राम्रो कुरा होइन । एउटा उदाहरणः भोजपुर धापखर्कमा केहीबर्ष अगाडि मातृभाषाको विकास गर्ने भनेर शेर्पा भाषाको विद्यालय खडा गराइयो । एन्जीयोहरु सशक्त भएर लागे तापनि अलिदिन केही विद्यार्थीहरु भेला भए तर पछि कोही पढ्न आएनन् स्कूल बन्द भयो । त्रि.वि.वि. मा नेवारी भाषा पढ्नेको चासो घट्दो छ । त्रिचन्द्र कलेजमा नेवारी-भाषा विभाग खाली छ । अहिले लिम्बु भाषा गुरुङ मगर र तामाङ उर्दू भाषाका केही विद्यालयहरु खुल्न थालेका छन् । अन्तराष्ट्रिय जगतमा संभव भए यी सकारात्मक प्रयास हुन् । तर नेपाली भाषा सरह्र स्थानीय जातीय भाषाहरुलाई सरकारी लेखापढीको भाषा बनाउन खोजियो अथवा हिन्दी भाषालाई उभ्याउन खोजियो भने जातीय द्वन्द बढ्ने र हिन्दी भाषाको कारणले भारतीय प्रभुत्व बढेर राष्ट्रिय एकतामा गम्भीर धक्का लागेर नेपालको राष्ट्रिय एकता टुट्न सक्छ । त्यस्तो परिस्थिति नआवोस् भन्नका लागि सम्पूर्ण क्षेत्र र जातका नेपालीहरु सचेत हुनसक्नु पर्दछ ।

dirgharajprasai@yahoo.com

Comments

बद्रि विशाल

अडियो रेकर्डको नाकै मुनि कमेन्ट गर्नु भएछ | तर अडियो देख्नु भएन छ |

subas pandit

audio rec pani rakhnu paryoo

Gita Thapa

उपन्यासकार डायमण्ड शमसेर राणा ज्युको खसखस सुनेर केही भनौ भनौ लाग्यो। हुनत मैले बोल्दा सानो मान्छे ठुलो कुरा नसम्झिनु होला। किनकि जून जेलमा बस्दा हजुरले लेखेको सेतोबाघ जतिखेर जेलमा छोडेर आउनु लाग्नु भएको बेला उ बार्हखरी नजाने पनि उसले दिएको सुझाबको मूल्यलाई बुझेर आभारी भएर के कसैको नाम लिनलाई शिक्षाले रोक्छ र? <br /> सायद कविको त्यो शुकोमल ह्रदयबाट सम्झिनु भएको भए त यस्ता चित्त दुख्ने कुराको उचारण गर्नु हुदैन थियो होला जस्तो लाग्यो! मलाइ गल्ती भए उपन्यासकार डायमण्ड शमसेर राणा ज्यु समक्ष माफि चाहन्छु!<br /> धन्यवाद यहाँको शुस्वास्थ्यको कामना सहित बिदा माग्दछु !<br /> गीता थापा (दोषी)<br /> हाल: ईजरायल

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |