गजल



अनुकुल प्रकाश
चितवन
lz_welcome077@yahoo.com

डुवाएँ जिन्दगी केवल गजलमा
रुवाएँ जिन्दगी केवल गजलमा

छुटे साथी टुटे यात्रा नरोकिएरै मैले
गुडाएँ जिन्दगी केवल गजलमा

टुक्रा टुक्रा खुशीहरु समेटेर आज
जुटाएँ जिन्दगी केवल गजलमा

हारेर तिमी सँग बाँकी जो थियो
लुटाएँ जिन्दगी केवल गजलमा

तिमीले दिएका जहरप्याला पिउँदै
मेटाएँ जिन्दगी केवल गजलमा