गजल

दुर्गावहादुर शाह 'बाबा'
बैदाम-६ जरेबर, पोखरा


तिम्रो नाममा एउटा गजल लेखिदिएँ आज
बाटो हेरी बस्छु तिम्रो आईदेउ है साँझ

बिन्ती मेरो धोका कतै नहोस् है भन्छु
तिम्लाई भनि साचीर'छु पिरतीको ताज

रुखो सुखो बाच्नै पर्ने संसारको रित
कुरा काटे काटुन बरु नमान्नु है लाज

भाग्यमानी हुन्छ सबै माया पाउने जति
खेली रहोस् हाम्रो माया दुई मुटु माझ

बाँचुञ्जेल तेरो मेरो मरेपछि हुन्न गित
सदा सदा चलिरहोस् पिरतीको राज