याद आयो


बासु ढकाल

क्यालिफोर्निया
 

तिमी संगै बिताएका  पल

संगै संगै रमाएका पल

हर रात सपनीमा

सताउछौ घरिघरी

ती मिलन का दिन याद आयो

मलाई

तिम्रो याद ले सतायो

भेटू भंछु भेटन सकिन्न

यो तिर्खा मनको मेटन सकिन्न

हर बिहानी को झुल्के घाम संगै तिम्रो मुहार याद आयो

मलाई

तिम्रो याद ले सतायो

बिछोडको पीडा मलाई मात्र हो की

तिमीलाई पनि छ?

कही एक्लो पनले सताउदा

तिम्रो आलिंगन याद आयो

मलाई

तिम्रो याद ले सतायो