विजया दशमी २०६५ को शुभकामना

ज्ञानेंद्र गदाल
कोलोराडो

विश्वास सुखको सबैमा जागोस्
जरा फैलियोस् लटरम्म बृक्षमा फल लागोस्
यावत सृष्टिका प्राणी रमाउन्
दशैं आयो विजयाको आशिर्वाद लागोस् ।

शव्द शव्दमा छरियोस् शान्ति
मीठास जीवन अनुहारमा कान्ति
कोही नहुन् दुखी असहाय दुर्गे
सुस्वास्थ्य भै मनबाट हटोस् अशान्ति ।

भरिपूर्ण हवस् घर घर सबमा
कालो रात अब उज्यालो बनोस्
मनको धमिलो पर्दा फाटि
नाम र दाम को बृष्टि परोस्।

नेपाली मन नेपाली पन नेपाली सँस्कृति
सत्यको सामु सम्झौता हुन्न हटाउं बिकृति ।
सबैमा परोस् उज्यालो झुल्का दुर्गेको चाहाना
महान पर्व दशैंका लागि यो शुभकामना ।