बिद्यालय जाऊँ


निकेश घिमिरे,
आर्लिङ्टन, भर्जिनिया, कक्षा- चार


जाऊँ साथी बिद्यालय
किताब कापी च्यापी
खुरुखुरु लेखौं पढौं
बनी हामी जाती।


गुरु बा र गुरु मालाई
हामी आदर गरौं
अनुशासित भईकन
आज्ञाकारी बनौं।

पाठ बुझाओं दिनदिनै
पढौं मिहिनेत गरी
पढी गुनी नाम कमाऊँ
भविष्यमा भोलि।

ठूलो भई गरौं हामी
बा-आमाको सेवा
सेवा गरे मेवा मिल्छ
जानौं यही हो बेला।