उनीलाई देखेदेखि

ज्योति पौडेल, न्यू योर्क
उनीलाई देखेदेखि गीत गाउन थालेँ
थाहै नपाई फूल टिपी शिरमा लाउन थालेँ
आलस्यले हैन, त्यसै आँग भाँचू जस्तो
गोडा त्यसै उचालिन्छन् नाचूँ नाचूँजस्तो
थाहै नपाई उनीतिर आफैँ आउन थालेँ
उनीलाई देखेदेखि गीत गाउन थालेँ
चौतारीमा तिरिमिरी वरपीपल छाया
उनीनेर बिसाइदिउँ कसरी यो माया
थाहै नपाई उनको बाटो चियाउन थालेँ
उनीलाई देखेदेखि गीत गाउन थालेँ
('ज्योतिका गीतहरु' संग्रहबाट)