तिम्रो हो या मेरै रहर चुलिदो छ दिन दिन!
 

आश्मा

हाल: लुजियाना, यु. एस..


हिजोआज भावना यो तन्किदो छ दिन दिन
तिम्रो हो या मेरै रहर चुलिदो छ दिन दिन!

आउँछौ तिमी पवन बनि मिर्मिरेको बिहानी भै
जान्छौ छोडी नमेट्ने रंग मोहनीको तालमै
रंगिन्छु म पत्र पत्र तिम्रो त्यो रंगमा
सप्तरंगी ईन्द्रेणी झै यो मन चम्किदो छ दिनदिन
तिम्रो हो या मेरै रहर चुलिदो छ दिन दिन!

चिम्लन्छु म नयनहरु ज्योती भै झल्मलाउछौ
तिर्सना बनी छातिभित्र सुस्तरी चल्मलाउछौ
बिपनाभरि परेलीमा किन सपनाभरी मुटुभित्रै 
चाह मेरो लहर जस्तै उर्लिदो छ दिन दिन
 
तिम्रो हो या मेरै रहर चुलिदो छ दिन दिन!

हिजो आज भावना यो चुलिदो छ दिनदिन
तिम्रो हो या मेरै रहर उर्लिदो छ दिनदिन!