तिम्रो दिलको पोल्टो


भुपेन्द्र महत


तिम्रो दिलको पोल्टो भित्र छिर्न मन लाग्यो
खोतलेर माया जती चोर्न  मन लाग्यो
तिम्रो मनको घुम्टो खोली हेर्न मन लाग्यो
बदलेर दु:ख खुशी कोर्न मन लाग्यो
 
भावना फुकाई, चाहना फिजाई सङगै बसौ है
हात समाई साथ मिलाई सङ्गै हिडौ है
तिम्रो दिलको पछ्यौरीमा लुक्न मन लाग्यो
ओढाएर  न्यानो माया बाँच्न मन लाग्यो
 
आशा जगाई सन्सार भुलाई सङ्गै बाचौ है
मन रमाई खुशी कमाई सङ्गै नाचौ है
तिमिलाई मनको चौबन्दिमा छोप्न मन लाग्यो
सजाएर मिठो सपना हौंस्न  मन लाग्यो