तिमीसंग वितेका


ज्ञानेंद्र गदाल
कोलोराडो


तिमीसंग वितेका कतिपय क्षणहरु
स्मृतिको पानाभरि छरपष्ट छन्
कैले छातिमा घाउ भै बल्झिन्छन्
कैले अधरमा मुस्कान भै अल्झिन्छन् ।

संयोग भनौं हामी दुवै भेट्नु थियो र भेटियौं
अलिकति संगै हिड्यौं छुट्नु थियो र छुटियौं ।
तिमी संगै हंुदाका कतिपय घटनाहरु
संझनाका छाल बनी बगिरहेछन्
कैले छातिमा ………।
कैले अधरमा ………। ।

जतिसम्म साथै हिड्यौं शायद हामी खुशी थियौं
एक अर्कालाई सकेसम्म मित्रताको माया दियौं ।
तिमी संग बांधेका कतिपय बाचाहरु
ह्दयको कुना भित्र लुकिरहेछन्
कैले छातिमा ………॥
कैले अधरमा ………॥ ।


२।३।२००६