तिमी र म



विद्या सापकोटा
कल्याणपुर -७ नुवाकोट
हालः शंकरदेव क्याम्पस, काठमाडौं


तिम्ले जित्न मात्र चाह्रौ
हारिदिए म मुटु जल्दा शितलता दिन भेटिएनौ तिमी
सुचिराखे पुरै जोवन खाली अंगालोमा समेटिएनौ तिमी ॥

साक्षि जुनतारा नै थे
धरापमा माया पुरिए म पटक्कै छेकिएनौं तिमी
जन्मिए हजार सवाल धकेलिए म थोरै चेपिएनौ तिमी ॥

ढुङ्गाको भर माटो भन्थे
लुलिएका मेरा पाइला साहारामा टेकिएनौ तिमी
प्रितको धारमा टुक्रनु टुक्रिए म थोरै रेटिएनौ तिमी ॥

इन्द्रणि रङ्ग प्रेमको
लुटिदै रित्तिए सपना स्रवेनदनामा कहिल्यै देखिएनौ तिमी
सम्हाल्दै पखाले मन हृदयबाट अझै फ्याकिएनौ तिमी ॥
……………………खाली अंगालोमा समेटिएनौ तिमी ॥