तिमीलाई खोजुँ कहाँ?

--सानु शर्मा
 

कहाँ गयौ कता गयौ माता जननी?

खोजुँ म तिमीलाई कसोरी कुन देशमा पुग्यौ

कुन देशमा जाऊँ म , कुन देशमा खोजुँ म?

जता जान्छु म, तिमीलाई नै खोज्छु म।

किन तिमी यसरी लुकेकी हौ?

तिमीलाई खोज्न म कहाँ कहाँ गएँ

तिमीबिना म हिँड्न सक्तिनँ

तिमीबिना म बस्न सक्तिनँ।

चारैतिर घेरे हामी सबैलाई

हे माता जननी आऊ अब त।

कालरात्रिले घेरिसक्यो

कालो अँध्यारो रात्रिलाई छेडी तिमी आऊ।

अब उज्यालो बाटो देखाइदेऊ मता जननी

सारा सन्तान तिम्रो बाटो हेरिरहेछन्।

आऊ अब ता तिमी आऊ

कहाँ गयौ कता गयौ माता जननी?