क्षण

रविन्द्र श्रेष्ठ
आर्लिंगटन, भर्जिनीया


बिहानीको सूर्योदयमा
चराचुरुङ्गी खुशी भएको क्षण
चिरविर चिरविर आवाजमा
प्रकृति खुशी भएको क्षण
मन्द मन्द हावाको
सुमधुर सङ्गीतमा
रुखहरु नाचिरहेको क्षण
नदिको कलकल आवाजमा
माछा उफँदै खेलीरहेको क्षण
सुस्तसुस्त हावाको चालमा
बादल नाचिरहेको क्षण

मपनि मेरो सफलतामा खुशी भएको यो क्षण
उल्लास र उमङ्गको
यो मेरो जितको क्षण
खुशी र हाँसोको यो क्षण
सबैको बधाई पाउँदाको यो क्षण
मेरा नसाहरुमा छिटो रगत
सँचार हुँदापनि
मुटुले खुशीयाली मनाएर
साथ दिएको यो क्षण
मेरा सहोदर र आफन्त
खुशी भएको यो क्षण
मेरोलागी प्रकृति नै नाचेको यो क्षण
यो क्षणको पखाईमा
पेण्डुलम भएर पर्खिरहेको यो क्षण
खुशीको क्षण दुःखको क्षण
आशाको क्षण
निरासाको क्षण
क्षण भित्रको यो क्षण
केवल अनुभव गरिएको यो क्षण