| ||
ठूलो मान्छेसँग सानो प्रश्न दिनेश अधिकारी काठमाडौं तपाई ठूलो मान्छे बिहान 'बाथरुम' मा पस्दा मात्रै पत्रपत्रिका पढ्न भ्याउने हुनुभो स्लिप नपठाई अब भेट्न नसकिने हुनुभो हाई ! हाई !! जताततै प्रशंसैप्रशंसा पाउन थाल्नुभो स्वागतमा अब नमस्ते नपुग भएर फुलगुच्छा पनि चाहिने हुनुभो अब त- दिनको दुईचार ठाउँबाट बैठक-भत्ता पनि पाउन थाल्नुभो उद्घाटनमा अब तपाई नपुगिनहुने हुनुभो विसर्जन अब तपाईबाटै हुनुपर्ने भो भाषण त तपाईको पर्याय भै नै सक्यो अब के मात्रै सम्भव छैन तपाईको इच्छामा अब को मात्रै पछि लाग्दैन तपाईको इसारामा अब तपाईले व्यभिचार नै सोचे पनि आवश्यकता ठहर् याइन्छ अब तपाईले अपराध नै गरे पनि देशसेवा कहलाइन्छ साँच्चै ! अब तपाई आकाश हुनुभो अब तपाई आराध्य हुनुभो रेडियोमा तपाईलाई नै सुन्छौं हामीहरु टेलिभिजनमा तपाईलाई नै हेछौ हामीहरु सत्ते धरोधर्म ! अब तपाई ठूलो मान्छे हुनुभो तर महाशय ! सबै थोक जितेर पनी सायद केही जित्नु भएन तपाईले ठूलो मान्छे भएपछि के एक रात पनि तपाई रुपियाँले नटोकेको स्वाभाविक निद्रा निदाउनुभएको छ जालझेल नसोचेर के एक छक्काल मात्रै पनि तपाई परिवारसँग रमाउन सक्नु भएको छ छैन भने- 'ठूलो मान्छे' हुनुको के अर्थ रह्यो त तपाईलाई कठै ! आफ्नै छोराको लागि पनि अब तपाई कहिलेकाहीँ देखिने मीठो सपना हुनु भएको छ र आफ्नै स्वास्नी-आँखामा त अब तपाई प्रेममा सजाएभन्दा अलि ठूलो साइजको फोटो मात्र बच्नुभएको छ !! |
A SMALL QUESTION TO A BIG MAN
Dinesh Adhikari You are a big man Indeed ! But Sir ! |
We request you to send your poems, gazals, geet or articles whether in nepali or english to: khasskhass@gmail.com
Articles published
in www.khasskhass.com are solely author's views. Khasskhass.com may not be
liable for authors view.
All
rights reserved Khasskhass.com. 2007-2009
Any reproduction of the published article is not allowed without a written
consent of the publisher.