तीन छेस्काहरु
- रमेश पल्लव हाल:  क्यालिफोर्निया अमेरिका



मेरी प्यारी छोरी
किन सधैं ढिलो आउछ्यौ मेरी प्यारी छोरी
ठुस्स परी झर्कीहाल्छे यो नक्कली मोरी
रुप उसको धिपिक्कै छ कत्ति साह्रो गोरी
फेशन गर्छे सेन्ट छर्छे पैसा चोरी-चोरी
गलामा त्यो बाँधेकी छे कसको मायाको डोरी
एक रात त भागी पो छे झ्याल  फोरी-फोरी ।

आजकालका छोराछोरी
स्कूल जाने झोला बोकी भित्र किताब छैन
कहिले यता कहिले उता होमवर्क गर्ने हैन
निद्रा लाग्छ पढाउँदा कस्तो बोरिङ्ग भाको
फिलिमका र मीठा-मीठा कुरा कत्ति आको
बिदा-छुट्टी भनेपछि मनै हुन्छ दङ्ग
बाबा-आमा सम्झेपछि प्लाननै हुन्छ भङ्ग
अब मलाई भगवान स्वतन्त्रता देऊ
घुम्छु फिर्छु टेन्सन जति सबै तिमी लेऊ ।

रुच्दैन है भात
देऊ मलाई समाउनलाई तिम्रो कोमल हात
किन फिक्री गछ्र्यौ तिमी हेरी मेरो जात
तिम्रो रुप फूल जस्तो लाग्यो मलाई मात
ह्दयमा पलाई सक्यो पिरतीको पात
ननिदाइ बिताउँदैछु आजकालका रात
चिन्ता लाग्छ छोड्छ्यौ भन्ने रुच्दैन है भात ।