कामना तिहारको


दीपक जडित
एङकरेज, अलास्का


उज्यालो यो तिहार राम्रो फूलहरुले पार्यो
झिलीमिली बत्ति सामु औँशीले नि हार्यो ।

बारी, कान्ला जताततै सयपत्री फूले जति
केतकी र मखमली पनि मुस्कुराए उति ।

दैलो, झ्याल , आँगन , गोठ लहर फूलकै माला
फूलैसरी फूलाई चेहरा रमाए लालाबाला

पूजित पञ्छि पशु समेत उमँगमा मस्त ति
जनले फाले मैलोकालो मनभित्र थिए जति ।

तिहारले सद्भावको मिठो पाठ छाडेर जान्छ
सँधै मनन गरे त्यसैले समाज अगाडी लान्छ ।

मनाउँ पर्व सबै स्वार्थ भन्दा माथी उठेर
दोहोर्याउँदै उन्नतीतर्फ समाजलाई जुटेर ।

कामना छ सबका साथमा बसुन् लक्ष्मी देवि
ह्रदयमा चैं बसुन् सबैका प्यारा लक्ष्मी कवि ।