सिनु सिनु सिनु !


शेखर ढुङ्गेल,

डुङ्ग त्यो सिनु सत्ता
बेवारिसे आमाको लाश हो त्यो !
म अपशव्द प्रयोग गरेर
नेताभन्दा स्तरहीन बन्न चाहन्नँ
कुनै जनाबरको नाम दिएर
उसको इमान्दारितामा दाग लाग्न नि दिन्नँ
हे नेपाली नेताहरु
गिद्ध हौं तिमीहरु
तिमीहरुलाई सिनु भए पुग्छ
त्यो आलो होस् वा सडेको
खोस्न खोजेका छौं ।
पवित्र होस् कि अपवित्र
चुस्न भिडेका छौ ।

आमाको चीरहरण भैराखेको बेला
सत्ताबाट ओर्लेनौ
दिदी-बहिनीहरुको सिन्दुर पुछिंदा
तिनीहरुको घरमा पसेनौ ।
अपाङ्ग दाजुभाइ
तिमीहरुको दरवार अगाडि आउँदा
लठ्ठी लगाएर खेद्यौ ।
सिनु वरिपरि रहुन्जेल
रमी रह्यौ झुली रह्यौं ।
कति कति बलात्कृत भए
सिनुको बाफ चिर्न सकेनौ

कति प्रसादहरु घरबारविहीन भए
सिनुको रगतमा मात्तिरह्यौ ।
नैतिकताको किताब
तिमीहरुको भाग्यमा भएन
सुरक्षाको घेराभित्र पनि
मृत्यु-पाजा पुग्नेछ एकदिन
त्यो किन बिर्सियौ
रुकुम-रोल्पाको आँसुले
त्यो सिनु बगाउँदा
गिद्धहरुको काईं कुइँ काईं काईं
कुरुरु कुरुरु
आ-आफ्नै चुच्चो बजाउँदै छौं
सिनुका भोका गिद्धहरु
धिक्कार तिमीहरुलाई
भन्दै रुन्छिन्- नेपाल आमा

shekhar1962@gmail.com