प्रमुख अतिथी
शेखर ढुङेल
सन फ्रांसिस्को
०३-१८-२००९
नयाँ दलका
नेता वर्षौंदेखीको आफ्नो विदेश भ्रमणको सपना पुरा हुन लागेकोमा मख्ख परि श्रीमतीलाई
सुनाउदै थिए । विदेशमा एउटा भब्य सम्मेलनको प्रमुख अतिथी बन्न
मौखिक निम्ता पाएका थिए
उनले । श्रीमतीको ब्यस्तता पनि त्यस्तै छ । सचिब बनी संगै जानेहरुको सुची
बन्दै बिग्रने क्रमले तिब्रता पाएको छ । भ्रमण टोलीमा सम्मिलित हुन चाहनेहरु आफ्नो
खुल्ला टेन्डर नेताको कानमा झोस्दै थिए । खाली खाली हुने नेताको भान्छा,
कोठामा मानिसहरुको भिड छ । भान्छामा
सामानहरु छताछुल्ल देखिन्छ । आखिर यस्तो मौकामा खाली हात को पो आउदो हो
र ?
नेता श्रीमती फोनमा आफु विदेश जान लागेको कुरो इस्ट मित्र लाई सुनाउदै ब्यस्त ।
उता पुरानो दलका
नेताको पनि तयारी कम छैन । १५ बर्ष पहिले आफुले राजदुत हुँदा भान्छे बनाएर लगेको
चेलो जो आयोजक समितीको प्रमुख नै बनेको छ । नेता श्रीमती आफन्त लाई सुनाउदै थिइन
"हेर,
डाडा घरे काइला बाजेको छोरोको भाग्य ?
त्यत्रो सम्मेलनको आयोजक भएको छ
रे,
सुनिस बास्सै इङ्लिस पनि
कस्तो राम्रो बोल्छ रे उस्ले हामीले लगाएको गुन बिर्सेंनछ ।
त्यही राम्रो भयो सत्ताबाट
फुस्किए
पछी कसैले वास्ता गरेको होइन । लामो समय पछी बिदेस जान पाइने भैइयो बुझिस
? मैले नेताजिलाई सम्झाइ सके
त्यस्तै राम्रो दुई चार जना मान्छे खोज्नोस यस पटक पनि जस्ले गुन पनि नबिर्सियोस
पैसा पनि देओस कि कसो माहिली ?
भन्दै थिन उनी । त्यही कुरो
उनले नेता लाई पनि सुनाइन नेता ले उ उ मात्र भने
।
अर्को सत्तारुढ
दलको नेताको चुरिफुरी को त के कुरा ?
यो कार्यक्रमको प्रमुख अतिथी बन्न
ब्यबस्था मिलाउन आँफैले नियुक्ती गरी पठाएका राजदुतलाई भनी सकेका छन
'म आउनु पर्छ
त्यहा । अरु दलका आउलान जसरी हुन्छ रोक्नोस ।' यसै बिषयमा आयोजक पक्ष र राजदुत
बिच पानी बाराबर भैसकेको कुराबाट नेता
अनभिज्ञ नै थिए । उन्को अर्को पनि योजना छ
यही मौकामा अबैध तरिकाले कमाएको सम्पत्ति बिदेस पुर्याएर त्यही
पढ्दै गरेको छोराको नाममा ब्यवसाय खोली दिने । भोली के हो कसो हो के थाहा भन्थे उनी । आफ्नो भाई
अनी बहिनीको श्रीमानलाई कुनै हालतमा छुटाउन नहुने सुझाब थियो नेता श्रीमतीजिको । किन्नु पर्ने सामानको
लिस्ट
पनि तयार पारीन उनले ।
सम्मेलनको मिती
नजिकिदै जादा आयोजक समितीका बिभिन्न सदस्यहरु कार्यक्रमको फेरिस्त तयार गर्दै
थिए । आफ्नो आफ्नो खुबी र
क्षमता बारेमा घम्साघम्सी
बिबाद थियो । उ
भन्दा म योग्य भएको मैले यो ठाउँ पाउनु पर्छ नत्र कार्यक्रम हुनै नसक्ने जिकिर
गर्दै थिए सबै । धेरै पटक मिटिङ बस्यो प्रमुख अतिथी कस्लाई बनाउने भनेर । आयोजक प्रमुख एउटाको
प्रस्ताव लान्थे
बाँकी सदस्य बाट घोर आपत्ति हुन्थ्यो । अर्कोले आफ्नो नेताको नाम
प्रस्ताव
गर्दथे झन घोर आपत्ति हुन्थ्यो । प्रत्यक सदस्यका आआफ्नै नेताको लागि
प्रस्ताव
लाने र कसैले पनि अरुको
प्रस्ताव
स्विकार गर्ने सोचेका पनि छैनन ।
आयोजक समितीका
प्रत्यक सदस्यले
आफ्नो नेतालाई प्रमुख अतिथी बन्न आउने भनी आश्वासत पार्न छोडेका
छैनन । त्यसैले नेता र नेता श्रीमती अनी सहायक बनी आउनेहरुको
देश बाँकी कार्यक्रम
ओझेलमा परि सकेको थियो । बिहानै नेताहरुका पुग्ने कागज आयो ?
मेरो नाम छकी छैन ?
कहिले सम्म आऊछ ?
म त गाउँबाट बिदा भएर
आईसके नाम आएन
भने
त राम्रो हुन्न है नेता ज्यु भनी धम्काउन समेत थालिसके ।
आज फेरी बैठक
बस्यो । आयोजक समितीको सबै सदस्यहरुको हातमा प्रमुख अतिथी र सहायकहरुको सुची छ
। आफ्नो सुचीको समर्थन जुटाउन मरिहत्ते गरी राखेका छन । आयोजक मध्यका एकले
प्रस्तावित नेताको बारेमा चर्चा गरे- देशमा वहाँको यस्तो देन छ, उस्तो त्याग छ
उहालाई नै प्रमुख अतिथी बनाउनु पर्दछ । अर्को सदस्यले
प्रतिबाद गर्दै उनले यस्ता
भ्रष्टाचार गरेका छन, यस्तो दुराचारी छन
तिनलाई त कुनै हालतमा बोलाउनु हुन्न
भन्दै आफ्नो नेता को बखान र प्रस्ताब गरे । दोस्रोको प्रस्ताब सुन्ने बित्तिकै
तेस्रो कमिजको
बाहुला सार्दै टाइको सुर्केनो फुस्काउदै बुद्रुक्क उफ्रे र चोर औंला ठाडो पार्दै
प्रस्तावित नेता को अबगुन,
चरित्र ,
नैतिकताको प्रश्न उठाउदै कुनै हालतमा हुँदैन भने । चौथोले बिनम्रतापूर्वक भने
- हेर, मैले प्रस्ताब
गरेको नेता नयाँ
हुनुहुन्छ, वहाँले भ्रस्टाचार गर्नु भएको छैन वहाँको बारेमा बिबाद नगरौ
। अर्कोले
अस्विकार गर्दै भने
-
के भन्दै हुनुहुन्छ मित्र
?
वहाँ जस्तै नेताले गर्दा
देशमा
साम्प्रदायिक, जातिय दंगा
भई
राखेको छ, वहाँ त हुँदै हुन्न भन्दै आफ्नो नेता को प्रस्ताब राख्यो
। बाँकी अरु गलल
हासे । अर्कोको पालो
उनले पनि आफ्नो नेताको बयान गरे
। अर्कोले त्यस्तालाई
बोलाए त कार्यक्रम कै बेइज्जत हुन्छ भने ।
एकले अर्काको प्रस्तावित नेतालाई भए नभएका आरोपले नङ्याउन
कोहि पनि पछि हटेनन ।
प्रमुख अतिथीको टुँगो आज लाग्ने र ढुक्क भै तयारी गर्न सबैले आ- आफ्ना नेतालाई बैठकमा आउनु भन्दा पहिले फोनबाट खबर गरी आएका थिए । बाद बिबाद, भनाभनका बिच निर्णय हुन सकेन । एकले प्रस्ताब राखे - भोट गर्ने, सबैको सहमति भयो । सबले आआफ्ना नेतालाई भोट हाले, सबको एक एक भोट ! सबैको बराबर, कस्तो बिचित्र ? अब के गर्ने ? कस्तो समस्या ? कुनामा बसेका पर्यवेक्षक उठेर भने - नेता बोलाउने काम बन्द गर्ने । हो हो, कोहि पनि नबोलाउने । सबैको एकै स्वर भयो- हो हो, यसलाई पनि नबोलाउने, उसलाई पनि नबोलाउने, नेता बोलाउने काम बन्द । सबैले अमिलो मनले हो हो भनेर हात मिलाए । घर पुगेर सबैले आफ्ना नेताहरुलाई फोन गरे 'नेताज्यु, कार्यक्रम रद्ध ।'