सफल जीवन


कुशल गौतम
कक्षा १०, रातो बङ्गला स्कूल
पाटनढोका, ललितपुर ।


एकादेशमा एउटा सुनिल नामको बच्चा हुन्छ । ऊ एकदम गरिब परिवारबाट आएको हुन्छ । उसको बुबा एउटा धनी मानिसको घरमा माली हुन्छ । बुबा पनि काठमाडौँमा बसेको हुनाले ऊ आफ्नो आमासँग ओखलढुङ्गामा बसेको हुन्छ । बुबाले महिना-महिनामा काठमाडौँबाट पैसा पठाइराख्ने भएकोले उनीहरुलाई त्यति गाह्रो भएको थिएन ।

एकदिन सुनिलको घरमा नराम्रो खबर आयो । उसको बुबा आफ्नो काममा जाँदा खेरी गाडीले हानेर परलोक भएछन् । यस घटनाले सुनिलको परिवारमा ठूलो समस्या पर्न गयो । अब त सुनिलको परिवारको एउटा मात्र आशा थियो- सुनिल । विचरा त्यो सुनिल पनि भर्खर १० वर्षको केटो थियो । उसले कमाइ गर्न के गरोस् तर सुनिललाई थाहा थियो कि अब जसरी पनि उसले नै आफ्नो परिवार पाल्नुपर्छ । यस्तै सोचाइमा ऊ घरवरिपरि घुम्दै बस्यो ।

त्यतिबेला नै एकजना पर्यटक काठमाडौँबाट त्यहाँ आइपुग्यो । त्यो पर्यटक त्यो गाउँ घुम्न आएको थियो । एक्लो बच्चो हिँडिरहेको देखेर उसले सुनिललाई "घर घुमेको हो?" भनेर सोध्यो । सुनिलले होइन भनी आफ्नो पूरै समस्या बतायो । पर्यटकलाई ऊप्रति एकदम दया जाग्यो । उसले सुनिलकी आमासँग 'बच्चालाई काठमाडौँ लगेर सानोतिनो काम दिन्छु मसँग पठाउनुहोसू' भन्यो । अमाले पनि स्वीकृति दिइन् ।

रमेशले सुनिललाई काठमाडौँ लग्यो र बच्चालाई ठूलो काम दिन नसक्ने हुनाले डोको उठाउने काम दियो । सुनिलले पनि त्यो काम मन लाएर गर्यो । उसको मेहनत देखेर सुनिलको मालिकले उसलाई एउटा होटलमा काम लगाइदियो । त्यहाँबाट सुनिलले धेरै पैसा कमाउन सक्यो । त्यसपछि उसले महिना-महिनामा आफ्नो घरमा पैसा पठाउन थाल्यो ।

९÷१० वर्षपछि ऊसँग धेरै धन जम्मा भयो । २० वर्षको भइसकेपछि उसले त्यो पैसाले एउटा आफ्नै घर बनायो र आमालाई पनि काठमाडौँमै बोलायो । आमा आफ्नो छोराको प्रगति दॆखेर एकदम खुशी भइन् र आफ्नो छोरासँग बस्न थालिन् ।

सुनिल आफ्नो जीवनसँग खुब खुशी थियो र आफ्नो यो सफल जिन्दगीका लागि रमेशजीलाई खुबै मान्थ्यो ।

यसरी सुनिल र उसकी आमा खुशीसाथ बसे ।