ताराजूनका कुरा

समृद्धि सायद
काठमाण्डौँ


लालटिन, जून र जूनकिरीहरु 
मेरो प्रेम

शुरुवात नै अहमपना बाट भयो भन्ठान्यौ क्यार ! यहाँ मात्राको हिसाव गरेर मैले 'मेरो' शब्दलाई नै राखे नत्र 'हाम्रो' को सम्भावना नभएको हैन । आपसी प्रेम तिम्रोको मात्रा बढी हुदो हो त फरकपना अवश्य रहन्थ्यो । अन्तिमपटक तिमीले पठाएको एस.एम.एस. मेरो मोवाइलमा अझ पनि सुरक्षित छ । ुएक्लो यात्रा मागेको तिम्रो त्यो याचनापूर्ण एस.एम.एस. मैले चाहेर पनि मेटाउन सकिन । तीन दिनमात्र अनुभूत गर्न सकेको तिम्रो प्रेमले गर्दा त्यसो हुनगयो । पहिलो दिन तिम्रो प्रश्तावबारे सोचेर दोस्रो दिन 'के उत्तर दिने' भनेर र तेस्रो दिन 'उत्तर दिने कि नदिने' भनेर । किनकी चौथो दिन मैले प्रेम स्विकार्नु अघि तिमी स्वयंले आफ्नो गल्ती भएकोमा प्रेम प्रस्ताव प्रति क्षमा माग्यौ । अब आफै भन मैलै 'मेरो प्रेमु नभनेर के भनौ । 

यो पत्रको शिर्षक के राखौ के राखौ भैरहेको मनस्थितीमा ुलालटिनु जून र जूनकिरीहरु राखौ कि लागेको हो । फेरि सम्झे एकअर्कामा विल्कुल विपरितार्थक हामी यसमा के तिम्रो के चासो रहला जव कि मलाई राम्ररी थाहा छ तिमीलाई साहित्यको 'स' पनि मन पर्दैन । र पनि मलाई तिमी औधी मन पर्छ । ……। मैले नदेखेको साहित्यको पाटो तिम्रो घृणामा देख्तछु । हुन त यो शिर्षकमा राखेका तीनैओटा चिजहरु म तिमी बसेको शहरका लागि आवश्यक कति अनावश्यक कति ! कारण लोडसेडिङको मारमा परेको बेला हजुरवुवा पालाको लालटिन प्रसङ्ग । जूनकिरी त हैन जूनकिरीका तातीजस्ता लाग्ने साझपख सवारीको चाप । भन्लाउ यो शहर प्रेममय छ त्यसैले प्रेयसीलाई जून भनी सम्बोधन गर्नेहरु पक्कैछन् । प्रेयसीनै जून जस्ता नभएर सूर्यमुखी र ज्वालामूखी जस्ता छन भने चाही के गर्ने ! गुजल्टिएर आफ्नो मनलाई शंखेकिरा बनाउने या तरवारको धारमा हिड्न तयार हुने । प्रणय दिवस नजिकिदै छ त्यसैले पनि सवै प्रेयसीहरु एक दिनका लागि भएपनि जून कसो नबनिदेलान आशा गरौ बाँकी दिन भलै ङयारङयार ङुरङुर चलेपनि । नत्र फेरि प्रिय भनाउदाहरु प्रेयसीको कोप भाजनले साथिनीहरुबाट पनि भूमिगत भएर जाडोयामको फाइदा उठाउदै सिरकसँग ओथारो बस्न पुग्छन । विचरा जूनकिरी जस्ता लाग्ने साथिनीहरु । 

साथित्व हुनुको धावालाई प्रेयसीले म्याराथन नगरी एकलौटि पारेपछि साथीको जिवनमा टिलपिलाउनुको के अर्थ साथी कम प्रिय  त झनै प्रेयसीसँगको प्रेमसम्वन्धमा भाइरसग्रस्त हुनु नै स्वर्गिय आनन्द ठान्छन । लालटिन जस्ता लाग्ने प्रेयसीहरु कहिले जून बनिदेलान र जूनकिरीहरुले कृष्णसुदामा जस्तो मानेको आफ्नो मित्रताको अँधेरीलाई जित्न नपर्ने हो । तिम्रो शहरसँग प्रेम बसेको पनि ठ्याक्कै हातका औलाहरुमा गिन्ती लाउदा एक फेर एक लागेर दुईमा पुगेछन् वर्षहरु जूनकिरीहरु नदेखेको पनि । राजाको शहर खाल्डोमा पसेपछि उम्कन पाए पो ! गल्छेडो काटेर जन्मस्थान पुग्नु र जूनकिरी हेर्नु । जून हुन सौभाग्य नमिले पनि जूनकिरीको नियती भोग्दैछु । ३६४ दिन छाक टार्न दौडादौड परेपनि एक दिन प्रणय दिवसमा प्रेमपत्र मार्फत प्रेम पोख्दैछु । र कहिलेकाही घरको टुप्पोमा पुगेर औशींको रातमा जूनकिरीजस्ता लाग्ने घरहरुको बत्ति हेर्छु । साँझ बास बस्न आउदा जूनकिरीको ताँतीझै लाग्ने सवारीहरुको पुछार पुछार हेर्दै फकिन्छु । लालटिन जस्ता प्रेयसीले आफ्नो सलेदो झ्याप्पै पारेर खग्रास पारेपछि आफु साँच्चै जूनकिरी हुनुको नियतिलाई धिक्कार्छु । एकहोरो लिप्साको पर्याय लालटिन र घुच्चुक पछाडिको उज्यालोपन जूनकिरीको दोहोरो मारमा बुबुरो प्रिय …… । 

फर्केर उहिँ ढुङ्गेधारा लालटिन र चिउराको फ्वाँकहरुको समयमा पुगिएपछि प्रेम जावो मात्र एक्लै किन यो हुनेहरुको हालिमुहाली युगमा । त्यसैले प्रेम पनि एस.एम.एस. इमेलबाट प्रेमपत्रतिर ओरालो लाग्यो भने के होला केहि नभएपनि क्षर जस्ता लाग्ने अक्षरहरुको दुर्दशा सुधिएला । कलमनै समाउन छोडेर कम्प्यूटरको किबोर्ड थिच्ने औलाहरु दश बाट झरेर बुढी चोरी र माझी जम्मा तीन औलाहरुले सकस पाउलान । अनि म जस्तो जूनकिरी भनि टोपल्नेले तीनदिने प्रेमलाई खासम्खास बनाउँदै गिटी कुट्छन पक्कैपनि । प्रेम हुने हैन गर्ने जमनाको युवापुस्ता हामिले आफ्ने पेममा भरोसा नहुनाले क्षमा माग्दै हिड्नुपर्छ । मेरो मनमा तिमी आफुले उब्जाइदिएको प्रेममय मित्रतालाई यथास्थानमा पुर् याउन अचुक विधि प्रेमपत्र नै मान्नु पर्ला । कमसेकम लेख्नेको पनि मन हल्का पढनेहरुलाई पनि प्रणय दिवसिय मौकामा प्रेमरसपूर्ण र साहित्यको श्रीवृद्धि पनि । भलै असाहित्य किन नहोस् । अन्त्यमा मेरो साहित्यलाई जुरमुराइदिने अनाम भैसकेको प्रेमलाई फूरी भ्याएका शेरहरु प्रणय दिवसम सप्रेम भेट । 

भेटदा मात्र प्रिय ताराजूनका कुरा
साँझ विहान उहिँ चामलनुनका कुरा 
 
दुई छाक नै गर्जो टार्न धौ-धौ कस्तो 
नगर है प्रिय ल्हासा सुनका कुरा 
 
जमाना त हुने गर्नेहरुक लागि 
कहाँ विक्ला तिम्रो ज्यान र खुनका कुरा 
 
बजार भाउ बढाबढ चल्छ प्रेममा 
डक्कै मोलतोल छैन चानचुनका कुरा