समय -नहुनुको बोध



समृद्धि सायद
काठमाडौं

कहिलेकाहीँ
छेवैको मान्छे दोबाटो पुग्दा
ढुङ्गा बनेर बसिदिएपछि
पारीजातकी सकमबरिले भनेझैं-
देवता भन्नु
ढुङ्गा न हो ,
कस्तै अपराध गरे पनि
उस्ले कसैलाई नभन्ने
त्यसैले
बिश्वास गर्छु ।
चाँहीएको खन्डमा
झक्झकाउदा पनि भन्ने कुरा नवनिदिने,
त्यसैले
अबिश्वास गर्छु ।
यस् भन्दा बढी
एउटा ढुङ्गासँग
बिश्वास र अविश्वास के ?
यही,
देवता र मान्छे
हुनुको फरक हो भने,
हरेक
दोबाटोमा छुट्टीएको
यायावर
देवता मानिदिए भो

गाँस काट्ने ,साथ बाँड्ने
मान्छे भनिदिए भो ।
म,
देवता र मान्छे हुनुको फरक
आँफैभित्र गुम्स्याउनु भन्दा
तथाकथित
देवता भैदिनेलाइ
भनिदिन चाहन्छु
मात्र तिमी
समय
-नहुनुको बोध