गजल



भूपेन्द्र महत,
कोलोराडो

रातो अक्षतामा निरीहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस

पावन क्षण, महान पर्व, उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस

राम या राबण, सुर या असुर चिन्छ को
आस्थाको पूजारी बकुला भगत नहोस

सबका ओठमा उषाको कान्ती छायो भन्थे
निरीहको रगतले पोतिने जगत नहोस

मन फुकाई देको सुका आठाना लाख हुन्छ
दान दक्षिणामा फिरौतिको नगत नहोस