रजनी र उनीभित्र उम्रिएका असारहरू
कुमारी लामा
काठमाण्डौं
रजनी
कहाँ
रजनी
हुन्थिन्
उनीभित्र
यी
भावनाका
सागर
नभइदिएको
भए
? उनका
कोमल
र
सरल
भावनासँगै
जीवनको
गहिरो
दर्शनलाई
थाहै
नदिई
हामी
सामु
पस्किन्छिन
उनी
।
यस
निबन्ध
सङ्ग्रहको
शीर्षकले
नै
‘हत्केलामा
असार
उमारर’
भनी
हामीलाई
असार
अई
, सिर्जना
भई,
उर्वर
भूमि
सरह
भई
प्रगति
र
उन्नतिको
पथमा
लम्कन
प्रोत्साहित
गर्छ
।
यस
सङ्ग्रहका
निबन्धहरू
एउटा
मानिसको
जीवनका
प्रत्येक
क्षणहरूलाई
यति
सजीवसँग
कैद
गर्न
सफल
छन्,
हामी
रजनीका
अनुभूति
र
भावनाहरू
आफ्नै
अनुभूतिहरूसँग
मिलाउन
सक्छौं
।
उनको
सफलता
भनेकै
मलाई
लाग्छ
सरल
भाषा
शैलीमा
कोमलतापूर्वक
प्रस्तुत
भई
नजानिंदो
तरिकाले
जीवनका
कटु
सत्यहरू
खुट्याउनु
हो
।
रजनी
आफ्नो
काम,
कर्तव्य
र
धर्मप्रति
यति
सजग
छन्,
उनलाई
पुस
माघको
कठ्याङ्ग्रिने
जाडोले
पटक्कै
छुँदैन
।
उनी
घरभित्रको
न्यानो
र
मायालु
वातवरणलाई
छोड्दै
बाहिरको
मुटु
गाँठोपार्ने
चिसोमा
प्रत्येक
दिन
विहानै
सङ्घर्षका
पाइलाहरू
लम्काउँछिन्
।
उनी
यति
दृढ
छन्,
उनको
अगाडि
सिर्फ
लक्ष्य
छ
।
उनी
भन्छिन्,
“म
हिंडिरहन्छु
तबसम्म
जबसम्म
लक्ष्यमा
पुग्दिन
।”
उनका
यस्तै
यस्तै
नितान्त
व्यक्तिगत
भावनाभित्र
रूमल्लिएका
सरल
निबन्धभित्र
हामी
जीवनको
एउटा
गहन
दर्शन
भेट्छौं
।
मलाई
लाग्छ
रजनीको
पहिचान
भनेकै
भावनालाई
सरल
ढंगले
प्रस्तुत
गरी
नजानिंदो
तरिकाले
जीवनसँग
सम्वन्धित
दर्शनलाई
छुनु
हो
।
उनी
उज्यालो
टिपेर
आफ्नो
पोल्टाभरि
भर्न
ज्यादै
उत्साहित
छिन्
।
उनी
आफैंसँग
प्रश्न
गर्छिन्,
“के
म
सूर्यका
किरण
हुन
सक्छु
?”
यो
प्रश्न
अवोध
बालकको
उत्सुकताले
भरिएको
जिज्ञासाझैं
लाग्छ
।
तर
यसलाई
गहिरिएर
विचार
गर्ने
हो
भने
यही
प्रश्नभित्र
एउटा सिङ्गो जवाफ भेट्छौं हामी । उनी सूर्यको किरण झैं तेजस्वी भई सबैमा जीवन दिन
चाहन्छिन् । सायद सबैमा आशा जगाउन चाहन्छिन् उनी ।
रजनी कता कता आफ्नै भावनाका उडानमा हराएझैं लाग्छ मलाई । उनी
“मलाई सही उत्तर मिलेको छ”
भन्दै आफूभित्रको बगैंचामा अझै पनि हरियाली नछाएको विरोधाभासपूर्ण अभिव्यक्ति
दिन्छिन् । उनी लेख्छिन्, “मैले दूवो ठाउँ ठाउँको खालिपनका
लागि रोपेको थिइन ।” मलाई लाग्छ उनीभित्र अझै पनि केही
खालिपना कायमै छ । उनी अझै पनि आफूमा केही अभावको महसुस गर्छिन् । यो अभाव, यो
असन्तुष्टि केवल असन्तुष्टि मात्रै नभई आफूलाई अझ अगाडि सफलतातर्फ बढाउने कडी पनि
हुनसक्छ । भनिन्छ नि जहाँ अभाव छ, त्यहाँ सिर्जना हुन्छ । उनी आफूभित्रका अभावलाई
केलाउँदा केलाउँदै फेरि हत्केलामै असार उमार्ने मीठो कल्पना गर्छिन् । “असार”
एक बिम्ब हो सिर्जनाको, उर्वरताको अनि नयाँ बाटोको । उनी पनि असार झैं उर्वर हुन
चाहन्छिन् । उनको सकारात्मक सोचसँगसँगै पूरै वातावारणनै असार असार भएको महसुस
गर्छिन् रजनी । आखिर मनै त रहेछ । उनी भन्छिन्, “असार बोकेर
हिंडिरहेछन् दिनहरू । असार भएर दौडिरहेछन् समयहरू । सम्पूर्ण वातावरण असार भएको छ ।”
एउटा असल शिष्यको
धर्म निभाउँदै घटराजसरलाई जीवनका अन्तिमा दिनहरूमा भेट्न गएको घटनाको बयानले
हामीलाई भावविह्वल पारिदिन्छ । मृत्युसँग लड्दै गरेको अन्तिमा घडीमा पनि उनको
अनुहारमा छाएको कान्ति र शान्त भावले हामीलाई पनि मृत्यु एक सत्य हो र त्यसको
साहसका साथ सामना गर्नुपर्छ भन्ने पाठ सिकाउँछ । नबोलिकनै पनि घटराजसरका आँखाहरूले
बोलिरहेका ज्ञानका अनि जीवनका सत्यहरूका भावनाहरू रजनी हामी सामु चित्रसरी छर्लङ्ग
पर्छिन् । जीवनका यति गहन विषयमा विचारमग्न हुँदाहुँदै पनि उनी एउटा घर बनाउने आशा
र त्यो आशा यथार्थमा परिणत भएकोमा खुशीले फुरुङ्ग हुन्छिन् । उनी आफ्ना नितान्त
व्यक्तिगत भावनाहरू पोख्छिन् । गर्वले जीउ पुरै फुलेको महसुस गर्छिन् उनी तर एकै
छिनपछि आफूअघि विशाल चुनौती तेर्सिएको पाउँछिन् । एउटा सत्य हामीलाई खुसुक्क
भन्छिन् उनी “घरको मालिक
हुन त सजिलो छ तर त्यसको संरक्षण गर्नु ?” हो वास्तवमै यो
एउटा जटिल प्रक्रिया हो हाम्रो जीवनजस्तै ।
जिस्किंदा जिस्किंदै फेरि उनी प्रकृतिको निरन्तर चलिरहने प्रकृयालाई “प्रकृति हृदयको भाका सुन्छ’ मा मीठोगरी पोख्छिन् । प्रकृति आफ्नो नियममा निरन्तर चलिरहन्छ । कहिले शिशिरको कठ्याङ्ग्रिने जाडो सहदै त कहिले चैत वैशाखको रापिलो तापमा रापिंदै । प्रकृतिमा एउटा धैर्यता छ नियमसँगै चल्ने तर जीवन सधैं संघर्षरत छ । रजनी प्रकृतिको अनुशासित बानीलाई यसरी व्यक्त गर्छिन् – “प्रकृतिको नियम नै हो – उम्रनु, बढ्नु, फैलनु र आफ्नो अस्तित्व कायम राख्न खोजिरहनु ।” उनी यो यथार्थलाई प्रष्ट पार्छिन् । प्रकृति शान्त र अनुशासित भई आफ्नै चालमा अगाडि बढिरहेकी छिन् । तर हामी मानिस भने निरन्तर अन्तरद्वन्द्वमा अल्झिरहेका छौं केही पाउने आशामा सायद । तर हामी मूर्खहरू अनभिज्ञ छौं, यी तँछाडमछाडको, यी संघर्षको र यी द्वन्द्वहरुको अन्त केवल शून्यता, पीडा र निराशा हो । रजनी आफ्ना सरल शब्दहरूभित्र अहिलेको अन्योल र निस्सासिंदो समयलाई कैद गरी प्रकृति र जीवनबीचको गहिरो खाडललाई मनछुने गरी प्रस्तुत गर्छिन् ।
रजनी आफ्नो जीवनमा घटेका ससाना घटनाहरूलाई पनि यति राम्ररी गुँत्छिन्, हामी एकछिन सोच्न बाध्य हुन्छौं । उनको कुशल वक्ता बन्ने रहर अनि मञ्जुल, डायमण्ड शम्शेर, नरेन्द्रराज शर्मा, जस्ता प्रभावशाली हस्तीहरू समक्ष बोल्दाखेरी मनभरि उर्लिएका डरका, उमंगका र उत्साहका भेलहरू उनी सहजै संगाल्दै तीनका मीठा सम्झनामा हराउँछिन् । एकैछिनमा उनी अर्कै संसारमा हराउँछिन् । उनी पलेँटीमा मञ्जुलले गाएका गीतहरूसँगै उड्दै उनको घमण्डरहीत प्रभावशाली व्यक्तित्व र विनम्रताको इर्ष्या पनि गर्न पुग्छिन् । चुलबुले रजनी हाम्रो समाजमा आधुनिकता र सभ्यताको नाममा भित्रिएका विकृतिहरूले हाम्रो मौलिकतालाई ढाक्दै गएको यथार्थलाई हामी समक्ष “सभ्यताको रङ”बाट पोख्छिन् । केवल कपाल हाइलाइट गरी आफ्नो मौलिक रूपलाई बिगारिएको सानो घटनालाई उदृत गर्दै उनी घुमाउरो तरिकाले अहिलेको आधुनिक सभ्य समाज जहाँ कृत्रिम सौन्दर्यको पूजा हुन्छ, पैसा र सम्पत्तिलाई ठूलो मानिन्छ तर मानिसहरू यही बाहिरी खोक्रो कुराहरूमा अल्झिएर आफ्ना मौलिकता, सभ्यता र संस्कृतिलाई बिर्सिएको यथार्थलाई धैर्यताकासाथ प्रस्तुत गर्छिन् रजनी । उनी प्रश्न गर्छिन् हामीलाई, “के यही हो त सभ्यताको रङ ?” तर यो प्रश्न अनुत्तरित छ उनकालागि ।
उनले यो सङ्ग्रहमा समकालीन विषयहरूलाई पनि सही तरिकाले समेटेकी छन् । लामो समयपछि खुलेको शहरले उनलाई नयाँ जोश र उमंग दिन्छ । उनी खुशी छिन बिनाकारण नै । सायद केही आशाका किरणहरू उनी देख्दैछिन्, त्यसैले उनी खुशी छिन् । लामो बन्दपछि खुलेको शहरको यात्रा उनी आफ्नो स्वतन्त्रतासँग दाँज्न पुग्छिन् उनी । उनी भन्छिन्, “यहाँ कति मिठास छ खोलाइको उन्मक्तिमा ।” वास्तवमै बन्दनरहित भई खुला रूपमा विचरण गर्न पाउनु सन्तुष्टिको चरम बिन्दु हो भन्ने सत्यलाई उनी आफ्ना कोमल भावनासँगै हामीसँग साट्छिन् । उनी आशावादी छिन् प्रत्येक नौलो बिहानीसँग । उनको भविष्यसँग अनि सफलतासँग । समय हो निरन्तर बगिरहन्छ त्यसैले एउटा साललाई बिदा गरी अर्को साललाई अँगाल्नुपर्दा उनी कहिल्यै दु:खी हुन्नन् । उनलाई राम्रो ज्ञान छ प्रत्येक विहानीले आशाका किरणहरू ल्याउँछन् अनि नयाँ चिजको सृजना हुन्छ । उनलाई लाग्छ, “प्रत्येक सोच र विचारले भरिपूर्ण छिन् । उनलाई अनिश्चितताको त्रासले कहिल्यै छुँदैन ।
पितृवात्सल्यले भिजेको साडी लगाएर क्याम्पस गएको उनको बयानले हामीलाई पनि त्यस्तै आदर्श पिताको चाहना गराउँछ । यहाँ बुबाले मायाले लगाइदिनुभएको साडी लगाई क्याम्पस गएको मीठो सम्झना साथै बुबाको आशीर्वादका कारण उनले पाएको सफलता पनि हामी नियाल्न सक्छौं । उनी यो भन्न पनि पछि पर्दिनन्, उनको बुबाको आशीर्वाद मात्रै हैन बरू आफैंभित्रको आस्था र विश्वासका सिंढीहरू चढ्दै उनी अगाडि बढ्दैछिन् । “आस्था” वास्तवमै एउटा मीठो बन्धन हो प्रगतिका लागि, उन्नतिका लागि । संसार यसैमा अडिएको छ । उनी भन्छिन्, “आस्था भगवान् हो, जसले शक्ति दिन्छ।” यो विल्कुलै सत्य हो । उनी आफ्नो पथमा आस्थाका साथ अग्रसर छिन् – उनको आस्था धमिल्याउनेहरूलाई पछि पार्दै । यहाँ हामी रजनीको दार्शनिक भावनाको गहिराइ भेट्छौं । उनी जीवनमा केहीसँग पनि नडराई आस्था र विश्वासलाई अँगाली अगाडि बढ्न हौसला दिन्छिन् हामी सबैलाई ।
रजनी एक सकारात्मक सोचबाट अगाडि बढिरहेकी एक सबल र सचेत नारी हुन् । उनको भित्री भावना यस सङ्ग्रहका प्रत्येक निबन्धमा झल्किन्छ । उनी कहीं कतै पनि निरसता, अनिश्चितता र त्रासलाई पस्किन्नन् । यसबाट के पुष्टि हुन्छ भने उनी एक चेतनशील आधुनिक नारी हुन् जसले आफूलाई सामाजिक बन्धन र पीडाहरूबाट धेरै पहिले नै छुट्कारा दिलाइसकेकीछिन् । अब उनीभित्र केवल सुखद् भविष्यको आशा छ र त्यसको लागि उनी दृढ संकल्प र आस्था अनि विश्वासकासाथ आफ्ना पाइलाहरूलाई अगाडि बढाइरहेकी छन् ।