फुट्न होईन जुट्न सिक


बिनोद खड्का
हालः दोहा, कतार


श्वायत्त प्रदेशको नारा दिनेहरु
मेरो देश भनेर उठन सिक
विखण्डनको वकालत गर्नेहरु
हाम्रो देश भनेर बाँच्न सिक ।

देश आत्मा हो
आत्महत्याको दूष्प्रयास नगर
देश मुटु हो
ह्दयाघातको दूष्प्रयास नगर
देश परिचय हो
गुमनामको कल्पना नगर ।

तराई, पहाड, हिमाल
एउटा विशाल बगैचा हो
विशाल नेपालको परिचय हो
अनेकताभित्रको एकता हो
एक भएर बाँच्न सिक ।
फुट्न होईन जुट्न सिक ।

जनताका नाममा
जनतालाई हतियार बनाई
राजनितिका नाममा
देशलाई साधन बनाई
फुटाएर हाँस्न नखोज ।
एक भएर बाँच्न सिक ।
फुट्न होईन जुट्न सिक ।