फोनिङ कार्यक्रम, स्रोता र प्रस्तोता



वैकुण्ठ ढकाल
दामन, मकवानपुर

अन्य कार्यक्रम संचालन गरिरहेका र कार्यक्रममा लामो समयसम्म काम गरेका प्रस्तोताहरु पनि फोनिङ कार्यक्रमलाई जोखिम र चुनौती दुबै भएको ठान्दछन् । भर्खर भर्खर कार्यक्रममा प्रबेश गरेका र अन्र्तबार्ताका सामान्य जानकारी नभएका प्रस्तोताहरुलाई झन फोनिङ कार्यक्रम अत्यन्तै कष्टकर साध्य हुन्छ ।
बुझेका स्रोताहरु कार्यक्रममा कम सहभागी हुन्छन् । कतिपय त परीक्षणका रुपमा कार्यक्रममा सहभागी हुन्छन् । कति चािहं प्रस्तोताका औकात जाँच्न र प्रस्तोतालाई गिज्याउन पनि फोन गरेको पाईएको छ । कतिपय स्रोताहरु चाहिँ आफ्नो र आफ्नो ठाउँको प्रमोसनका लागि फोन गर्छन् । कतिचाहिँ प्रस्तोताको स्वर सुन्न र आफ्नो स्वर सुनाउनको लागि कार्यक्रममा सहभागी हुन्छन् । स्रोताको रुची र चाहना फरक हुनाले नै स्रोताहरु फरक फरक हुन्छन् ।

फोनिङ कार्यक्रम किन ?

अहिले संचालनमा आएका एफएमहरुले प्राय सबै फोनिङ कार्यक्रमहरु मनोराजनात्मक छन् । केहि मात्रै सूचनामूलक छन् । सूचनामूलक कार्यक्रमहरुमा प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिरहेका छन् । फोनिङ कार्यक्रमको लक्ष्य भनेकै मनोराजन हो । मनोराजनै जानकारी हो भन्नेहरु पनि हुन सक्छन् । तर कार्यक्रमको प्रकृति र प्रस्तुतीका आधारमा हेर्ने हो भने फोनिङ कार्यक्रम मनोराजनात्मक भएकै बेश हुन्छन् ।

फोनिङ कार्यक्रम सूचनामूलक र जनसेबी हुन सक्दैन ?

धेरैले प्रश्न गर्न सक्छन् फोनिङ कार्यक्रम सूचनामूलक र जनसेबी हुन सक्दैन् यसको जवाफ र छलफल लामो हुनसक्छ । अहिले आम रेडियोले संचालन गरिरहेको फोनिङ कार्यक्रमहरुको प्रकृति हेर्दा त्यस्तो भएको पाइन्न । यस्ता प्रकृतिका कार्यक्रम पनि हुन सक्छन् । जनसेबी र सूचनामूलक कार्यक्रम जहिले पनि जटिल हुन्छ । यो प्रकृतिको कार्यक्रमको लागि प्रस्तोता र सहभागी दुबै बिशेषज्ञ हुनु आवश्यक छ । फोन गर्नेस्तरका स्रोताहरु सम्बन्धित क्षेत्रमा बिज्ञ नहुन सक्छन् । बिज्ञहरुलाई एफएमका कार्यक्रममा फोन गरेर सहभागी हुने समय र रुची नहुन सक्छ । यसर्थ जनसेबी कार्यक्रममा स्रोताको सहभागीता कम हुन्छ । फोनिङ कार्यक्रममा स्रोता सहभागी नभए त्यो कार्यक्रम सार्थक हुन्छ र ?

फोनिङ सुरुवात

सामान्यतया फोनिङमा मात्रै होईन अरु सबै कार्यक्रममा सहभागीलाई स्वागत गरिन्छ । फोनिङमा पनि त्यही नै हो । स्वागत गर्ने तरीका तपाँईको आफ्नै हो । यहु पनि सहभागीको स्पष्ट परिचय नछुटाउन तपाँई चनाखो हुनुपर्छ । स्रोताको परिचयले तपाँईलाई कार्यक्रममा अघि बढ्न सजिलो हुन्छ । परिचयले तपाँईको र सहभागीको दायरा फराकिलो बनाउँछ । दायरा फराकिलो भएको बाहनामा कार्यक्रमको लक्ष्य उद्देश्य र संरचनालाई बिसर्नु हुन्न् । अनि सहभागीको बहकाउमा नलाग्न उनीहरुलाई बहकिन नदिन चनाखो बन्नुपर्छ । कार्यक्रममा सहभागीहरु बढी बोल्ने र कम बोल्ने दुबै आउन सक्छन् । नबोल्नेलाई बोलाउने बढी बोल्नेलाई कम बोल्ने बनाउने काम प्रस्तोताको हो ।

समान कसरी बनाउने ?

कार्यक्रम प्रस्तोताका लागि सबै स्रोता समान हुन् । उनीहरु सबैले कार्यक्रममा समान समय र अबसर पाउनु पर्छ । कार्यक्रम प्रस्तोताहरुमा एउटा साझा समस्या देखिएको छ । बिपरीत लिङ्गीसंग बढी र समान लिङ्गीसंग कम कुराकानी गर्ने । अझ यसलाई यसरी भनौं असमान समय दिने । यस्तो काम प्रस्तोताले गर्नु हुन्न वा भनौं कार्यक्रम प्रस्तोता पक्षपाति र हिमायती बन्न हुन्न । सबै स्रोताले समान दृष्टिले हेर्ने बानीको विकास गर्नुपर्छ । समानता सबैले रुचाउँछन् । असम्बन्धित बिषयबस्तुमा प्रबेश नगर्ने यसले समय ब्यबस्थापनमा सहयोग पुग्छ ।

सबै कार्यक्रम संचालकले फोनिङ कार्यक्रम गर्न सक्छन त ?
कार्यक्रम प्रस्तोताका रुची स्वभाब दक्षता र स्वरले सबैलाई फोनिङ कार्यक्रम अनूकूल नहुन सक्छ । यसर्थ कार्यक्रम प्रस्तोताले आफूलाई कुन कार्यक्रम सुहाउँछ भन्ने निर्धारण कार्यक्रम संयोजक सहकर्मी र स्रोताको प्रतिकि्रयाका आधारमा तय गर्नु पर्ने हुन्छ । कतिपयलाई राम्रो कार्यक्रम संचालन गर्न आउँछ तर कुराकानी र संबाद गर्न आउँदैन भने उसले फोनिङभन्दा अन्य कार्यक्रम संचालन गर्दा बेश हुन्छ । फोनिङ कार्यक्रम अन्र्तबार्ताकै एउटा पाटो हो जहाँ एकै कार्यक्रम फरक रुची र स्वभाब भएका दशौं मानिससंग कुराकानी गर्नु पर्ने हुन्छ । यसर्थ सहभागी अनुसार प्रस्तोता अनुकूल बन्नु पर्ने हुन्छ । या ता आफू अनूकुल सहभागीलाई ल्यााउनु पर्छ । आफू अनुकुल सहभागीलाई ल्याउने क्रममा उस्ले आफू हेपिएको होच्चीएको र दबाबमा परेको अनुभब नगरोस । यस्तो हुनको लागि प्रस्तोताले कार्यक्रमको बारेमा स्रोता र सहभागीलाई पहिले नै स्पष्ट किटान गरेको हुनुपर्दछ ।

ब्लफ कल

फोनिङ कार्यक्रमको नाममा कतिपय स्टनशनले ब्लफ कलको कार्यक्रम गरिरहेका छन् । बौद्धिक सर्कलका मानिसहरुले यस्तो कार्यक्रम गरेको रुचाउँदैनन् । पत्रकारिता र रेडियो प्रशिक्षकहरुले पनि यस्लाई सामान्यत कार्यक्रम मान्दैनन् । वास्तबमा यो कार्यक्रम होईन पनि । रेडियो कार्यक्रमको काम स्रोताहरुलाई तनाबमा राख्नु, धम्काउनु, उल्लु बनाउनु, समयको बरबाद गर्नु र टेलिफोनको दुरुपयोग गर्नु होईन । यसरी हेर्दा ब्लफ कलको धेरैवटा बेफाईदाको बीचमा एउटा मात्रै फाईदा पाउँछ त्यो हो मनोरन्जन । धेरैलाई दुःख दिएर एउटालाई मात्रै मनोरन्जन दिनु कत्तिको बुद्धिमता ? ब्लफ कल भनेको सहभागी र प्रस्तोता एकदमै अपरिचत हुनु आबश्यक छ । सबै कुरा थाहा पाएर फोन गर्नु त कल नै हो ।

ब्लफ कल कसरी हुन्छ ? ब्लफ कलमा महिला प्रस्तोताले आफ्नो बुबाको किरिया गरिरहेको पुरुषलाई फोन गरेर डेटिङको प्रस्ताब राखिन भने त्यहाँ अबस्था के होला ? अनि पुरुष प्रस्तोताले आफ्नो पतिको किरिया गरिरहेकी महिलालाई कार्यक्रममा फोन गरेर बिबाहको प्रस्ताब राख्यो भने के भन्लिन ? उनीहरुको बुझाई सोचाई समान नहुन सक्छ । यसरी फोन गयो भने ती महिलाले आफूलाई नकचरी बाईफाले वा अन्य केहि देखेर फोन गर्यो भन्ने ठानिन र प्रस्तोलाई अपशब्द प्रयोग गरिन भने त्यहाँ त्यो महिलाको के दोष हुन्छ र ? आबेशमा आएको मानिसले जे पनि बोल्न सक्छन् । रेडियोमा सार्बजनिक हुनु भनेको त स्टेशनको कुरा हुन्छ । महिलालाई तनाबमा ल्याएर जे पनि बोल्न बाध्य पार्ने काम त प्रस्तोताले गरेको हो । यसर्थ उस्ले त्यसबाट पर्ने सामाजिक ,आर्थिक, भौतिक, मानसिक सबै क्षतिको जिम्मेवारी लिनुपर्छ । त्यसबाट पर्ने असर क्षतिको जिम्मेवारी लिन नसक्नेले कार्यक्रम प्रस्तुत गर्ने अधिकार छैन ।

प्राबिधिक पाटो

सबै कार्यक्रम प्रस्तोतालाई प्राबिधिक पाटोको सामान्य जानकारी हुनै पर्छ । कार्यक्रम प्रस्तोता भएर प्राबिधिक पाटोको जानकारी राख्न चासो र जाँगर चलाउँदैन भने हो उ आफै पछाडि पर्ने हो । कार्यक्रम संचालकको वा प्रस्तोताको स्वभाब पछि हट्ने हुनुहुन्न । फोनिङ कार्यक्रममा फोन आउनै पर्छ । तर यसो भन्दैमा कहिले कािहं फोन आउँदैन । त्यहँ प्राबिधिक कुरो सहभागी नहुने दुबै हुन सक्छन् । यस मामलामा प्रस्तोताले न त सहभागी गराउनै सक्छ न त प्राबिधिक पाटो मिलाउनै सक्छ । उस्ले यो दुबै काम गर्नै पर्छ । यसमा उस्ले चलाखी अपनाएर प्राबिधिक र सहभागीको अभाब आफ्नै बोलीले पूरा गर्नुपर्छ । यसर्थ ऊ जहिले पनि हरेक रुपले आफू तयार हुनै पर्छ । कहिले काहीं टक ब्याक नै अनईयर भईरहेको हुन्छ । यस्तो हुनु भनेको प्राबिधिक र प्रस्तोताको समाजस्यता नमिलेर हो । प्रस्तोता र प्राबिधिकसंग पनि संयोजन गर्न नसक्नु भनेको अक्षम्य गल्ती हो । यस्तो गल्ति गर्ने अधिकार प्रस्तोता र प्राबिधिक दुबैलाई छैन् । सचेत रहे सफल होईन्छ ।

फोनिङ कार्यक्रमको सग्रमता बुँदामा

- फोनकर्ताको नाममा कुनै अनौठोपना भए नामको सन्दर्भमै कुरा गर्न सकिनेछ ।
- फोनकर्ताको स्थानको बारेमा आफुलाई जानकारी भए या त्यो स्थान कुनै न कुनै रुपमा प्रसिद्ध भए त्यसको बिषयमा संक्षिप्त कुरा गर्न सकिनेछ ।
- फोनकर्ता हिचकिचाएमा, संकोच मानेमा उसको अनुभवको बिषयमा सोध्न र अभ्यासले निर्धक्कता दिलाउँछ भन्ने सालिन र स्वभाविक सहानुभुति दिन सकिन्छ ।
-मौसम वाताबरण या अन्य त्यस्तै ऋतुबोधन बिषयबस्तुका बिषयमा कुराकानी गर्न सकिनेछ ।
-उसको रुचिका बिषयमा सोध्ने र रुचि छनौटको आधार अनि रुचि र उद्देश्यको अन्र्तसम्बधका बिषयमा सोध्न सकिने छ ।
-उसको अध्ययन अध्ययनको बिषय पढाइको स्तर अनि पढ्न मन नलागे त्यसको कारण मन लागे मन पर्ने बिषय र त्यसैसंग सम्बन्धित बिषयहरु तर उसलाई होच्याउने दृष्टिकोणले नभइ हार्दिकतापूर्वक गर्नु आवश्यक हुन्छ ।
- सकेसम्म आफ्नो दखल नभएको र असम्बन्धित बिषय नसोध्नु नै राम्रो हुन्छ ।
- फोनकर्ता घरदेखि बाहिर रहे परिवार र आफु हुकिएको स्थानको कतिको याद आउने भन्ने सोध्न सकिने अनि उसको उत्तर भाबुक भए यो जीवन निर्बाहको स्वभाविक रिती र बाध्यता भनि अवस्थालाई स्वभाविक गराउन सकिने छ ।
- उसको पेशाको बिषयमा आफूलाई जानकारी भए आफ्नो अनुभव पनि मिसाउन सकिने छ पेशाका बारे सन्तुष्टि या सामान्य कस्तो लाग्ने सोध्न सकिने छ उसको उत्तरलाई आधार मानेर अर्को प्रश्न निर्धारण गर्नु आवश्यक हुन्छ ।
- सकेसम्म आफ्नो कार्यक्रम र यो रेडियो कति सुन्ने भन्ने प्रश्न नगर्नु नै उपयुक्त हुन्छ किनभने उसले नसुन्ने प्रतिउत्तर दिए त्यसको असर नराम्रो हुन्छ र अर्को कुरा उसले सुन्ने गरेकाले नै फोन गरेको भन्नेमा आफू पहिलेदेखि नै प्रष्ट हुनुपर्छ ।
- सकेसम्म स्वप्रशंसा खोज्ने प्रश्न सोध्नु उपयुक्त मानिदैन किनकि त्यसले प्रस्तोतामा भएको आत्मप्रशंसाको गुण र घमण्डिपन उजागर हुन्छ ।
- अनि प्रश्न सोध्दा उसको स्तरलाई पनि ख्याल गर्नुपर्छ । न त उसको स्तरलाई नजरअन्दाज गरेर ज्यादै फितलो प्रस्तुति गर्नु हुन्छ न त उसले बुझ्दै नबुझ्ने र प्रतिकृया नै नजनाउने अनावश्यक प्रश्न सोध्नु हुन्छ ।
-कार्यक्रम चलाउदा या फोन बार्ता गर्दा सर्बसाधारणले बुझुन् तर बिज्ञ नभड्कियुन् भन्ने मान्यताई भने कहिल्यै भुल्नु हुदैन ।
-आनावश्यक रुपमा तपाईलाई रमाइलो गर्न कतिको मन पर्छ गितसंगित कतिको मनपर्छ ९७ एफएम कतिको ट्युन गर्नुहुन्छ यो कार्यक्रम कतिको मन पर्छ जस्तो निरर्थक र एकै खालका उत्तर आउने प्रश्न गर्नुले कुनै स्थर बढाउदैन । यदि यस्ता प्रश्न गर्नुपर्ने अवस्था आयो भने पनि उसले दिएको उत्तरलाई निरन्तरता दिनु आवश्यक हुन्छ ताकि आफुले बुझ्न खोजेको कुराको एक प्रकारले निचोडमा पुग्न सकियोस् ।
- प्रश्न सोध्ने क्रममा एउटा उत्तर दिएपछि एकाएक प्रसंग नै नमिलाई फरक प्रकारको प्रश्न सोध्ने या प्रसंग मोड्नु पनि राम्रो हैन किनकी त्यस कार्यक्रमको सहभागीलाई अन्तबिरोध हुन सक्छ र अन्य स्रोतालाई पनि अस्वभाविक सुनिन सकिन्छ ।
- धेरै समय नसकेपनि प्रस्तुत गर्न लागेको कार्यक्रमको एक घण्टा तयारी र कार्यक्रम चलाई सकेपछि आधा घण्टा समिक्षा गर्नु आवश्यक हुन्छ । त्यो समिक्षा भनेको पुन कार्यक्रम सुनेर अनि त्यसक्रममा यो ठाउँमा यस्तो प्रश्न राखेको भए अझ उपयुक्त हुने थियो की भनेर शब्द खेलाउन सकिन्छ । किनकी गल्लिबाट सिक्ने र निरन्तर परिमार्जन गर्दे जने मानविय स्वभाव नै त हो ।
-फोन सम्पर्कमा आउने ब्यक्तिको नाम एक दुइ पटकमा नबुझिए पटक पटक सोधेर झिझो लगाउनु भन्दा नाम या थरकै बुझिएको अंशमा जी राखेर सम्बोधन गर्नु उपयुक्त हुन्छ ।
-समग्रमा पृष्ठभुमि थाहा नपाएको  जो सुकै पनि कलरका रुपमा आउन सक्छ तसर्थ आफुलाई जस्तो सुकै स्रोतासंग जस्तो सुकै सम्बाद गर्न पुर्ण तयार राख्नु पर्छ ।

निकर्ष र सुझाब
आत्मबिश्यास पूर्ब र पूर्णतयारी लगनशीलता र परिश्रमले सबै कार्यक्रमलाई पूर्ण र सफल बनाउँछ । यसबाट फोनिङ कार्यक्रम पनि टाढा रहँदैन अन्य कार्यक्रममा भन्दा यो कार्यक्रममा अन ईयरमै बढी चलाख चनाखो बुद्धिमत्तापूर्ण र शिघ्र निर्णय लिन सक्ने क्षमताको बिकास हुनैपर्छ । यस्तो बिकासको लागि अभ्यासले मद्दत गर्छ त्यो अभ्यास अफईयरमा गर्न सकिन्छ । सहकर्मीसंगको अभ्यासले सहयोग हुनसक्छ । यसलाई पनि सानो आँक्न हुन्न् ।