फेरी अर्को एउटा कविता लेखे


बिनोद
खड्का 
हाल - दोहा कतार 

फेरी अर्को एउटा कविता लेखे
कविताको श्रृखलामा
फेरी अर्को एउटा कविता लेखे
कागजभरी छरिदिए
सपनीमा जे जॆ देखे
मनका बह मनका पीडा
जे जे आए सबै पोखें
फेरी पनि त कोर्नु छ
यादहरु केही बाँकी राखें ।

मरुभूमिका पीडाहरु
उनैलाई त सुनाउनु छ
कवितामा उतार्नु छ
दूरभाषमा व्युताउनुछ
कवितामा उनले पढिदिदा
पीडाहरुमा मल्हम लाग्छ
दूरभाषमा उनले सुनिदिदा
उच्छवासहरु हराईजान्छ ।

धन सम्पत्ति खोई के हो
कुरा केवल ईमानको
उनले खोज्छिन त्यत्ति नै हो
बाचा बचन जीन्दगीको
प्रतिक्षाको अविरल यात्रामा
बाँचेकिछन यादहरु संगालेर
परदेशमा लम्किरहेको प्रेमीसंग
सपनीका अंगालोमा बेरिएर ।

८ अगष्ट २००८