परिश्रमको फल मिठो हुन्छ


किशोर कुइँकेल
कक्षा ६
स्वर्ण
शिक्षा इ.मा. वि.
गोकर्ण
काठमाडौं ।



 
कुनै एक देशमा एकजना मूर्तिकार बस्दथे । उनी गरिब थिएगरिब भए पनि उनले एकदम लगनशील भएर कडा परिश्रम गरी धेरै मूर्तिहरु बनाए तर उनको कलालाई कसैले बुझ्देनथे र उल्टै तिरस्कार हँस्सी गर्दथे । उनले बनाएका मूर्तिहरु राम्रा भए पनि मानिसहरुले उनलाई गरिब देखी राम्रो भाउ दिँदैनथे । ती गरिब मूर्तिकार महाजनहरुका अगाडि के नै गर्न सक्थे र ! उनी ती मूर्तिहरु कम मोलमै बेच्न विवश थिए

उनको ६ जनाकपरिवार थियो । उनका परिवारलाई उनको यो कमाइले पालनपोषण गर्न पुग्दैनथ्यो । तर उनको दुःख बुझ्ने त्यस समाजमा कोही पनि थिएनन् । उनीहरु त झन् उनलाई होच्याएर अझ कम मोलमा मूर्ति लान पल्किएका थिए

हिम्मत हार्दैनथे । उनी झन् मेहनतका साथ काम गर्न थाले । उनले जति असफलता पाए पनि हरेस भने खाएनन् । उनले आजभन्दा भोलि भोलिभन्दा पर्सी गर्दै झनझन राम्रा मूर्तिहरु बनाए

एकपटकको कुरा हो उनले मेहनत गरेर एउटा राम्रो बुद्धको मूर्ति बनाएउनले त्यसलाई महिनौं लगाएर  तयार पारेका थिएत्यसैले यसपटकको मूर्ति किन्न धेरै मान्छेको भीड लाग्यो । उनले त्यसमा आफ्नो कडा मेहनत परेकाले त्यो मूर्ति बेच्न चाहेनन् र उनले म मेरो मेहनतलाई कुनै मोलमा पनि बेच्न चाहन्न भनेर मूर्ति किन्न आएका सबैलाई फर्काएउनको त्यो घमण्ड कति नै दीन टिक्न सक्थ्यो र उनले आफ्नो पारिवारिक खर्च धान्न मूर्ति नबेची नहुने भयो ।

त्यसै समय एकजना व्यापारी त्यही बाटो भएर कतै गइरहेको थियो । एक्कासी उसको आँखा त्यस मूर्तिमा पुग्यो । उसले सोच्यो यस्तो राम्रो मूर्ति बनाउने मानिस को होला उसलाई अचम्म लाग्यो । उसले यताउती हेर्दा निन्याउरो मुख लगाउँर बसिरहेको त्यस मूर्तिकारलाई देख्यो । उसले त्यस मानिसलाई यसरी घोरिएर बस्नुको कारण के हो भनी सोध्यो । उनले पनि नढाँटी आफूलाई पर्ने गरेका मर्का र दुःख सबै बताएतब त्यो व्यापारीले त्यो मूर्ति तिम्रै भाउमा म किन्दछु भनी आश्वासन दियो । आफ्नो मूर्ति चाहेको मोलमा बेच्न पाएकाले उनी एकदमै हर्षित भएअर्को दिन त्यस व्यापारीले उनलाई चाहिने जति पैसा दिएर मूर्ति लिएर गयो ।

त्यस व्यापारीको एकजना साथी मन्त्री थिए । ती मन्त्रीसाथी उसको घरमा आउँदा उनले त्यो मूर्ति देख्यो र साह्रै मन परायो । उनले व्यापारीलाई त्यो मूर्ति देऊ तिमीलाई यो किन्दा परेको मोलको दोब्बर दिन्छु भने । व्यापारीले आफ्ना साथीको बचन काट्न सकेनउनले त्यो मूर्ति परेको मोलमा साथीलाई दिए

मन्त्रीकी एउटी छोरी थिइन् । तिनी जवान भइसकेकी थिइन् । उनको विवाह गर्ने बेला भइसकेको थियो र मन्त्रीले उनको विवाह धूमधामसित गरिदिए । यो विहेमा उनले आफ्ना सबै इष्टमित्रलाई डाकेका थिएउनमा त्यस देशका राजा पनि थिएराजाको आँखा त्यस मूर्तिमा परेछउनले यस्तो राम्रो मूर्ति कसले बनाएको हो भनेर सोधे । मन्त्रीबाट बुझ्दै जाँदा गरिब मूर्तिकारले बनाएको भन्ने थाहा पाई उनले त्यस मूर्तिकारलाई दरबारमा बोलाए

राजाले बोलाएको खबर पाउनासाथ मूर्तिकार दरबारमा पुगि हाले । राजाले उनलाई यस्तो राम्रो मूर्ति कसरी बनायौ भनेर सोधे । उनले परिश्रमले बनाएको हुँ भन्ने उत्तर दिएउनको परिश्रमलगनशीलताबाट राजा खुसी भएराजाले उनलाई धेरै धनसम्पत्ति र पुरस्कार दिई बिदाइ गरे ।
 
कलाको पहिचान कलापारखीले मात्र गर्दछकडा मेहनतको फल सँधै मीठो हुन्छ