परेली मै छौ कि कसो, माया भनी देख्छु



गुरु केदार बराल
अमेरिका


परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु
सक्दिन म बिर्सिदिन, छायां बनि पछि आउने छु

केही दिन भो भेट न भाको,  वर्षों बिते जस्तो लाग्यो
मीठो मीठो सम्झनामा, सधैं रमि रहुँ जस्तो लाग्यो

तिमी लाई भेट्न भनि, भिडहरुमा धाउछु
तिमी लाई हेर्न भनि, हिउँद भै आउंछु

सक्दिन म बिर्सिदिन, छायां बनि पछि आउने छु
परेली मै छौ कि कसो, तिमी नै तिमी देख्छु

तिमीसित सधैं भरी कल्पना मा कुरा गर्छु
कहिले चद्छु उकाली त कहिले बेसी झर्छु

यि मीठो मीठो यादहरु, गीत बनाइ गाई दिन्छु
परेली मै छौ कि कसो, माया भनी देख्छु