पहिचान



जगदीश घिमिरे
काठमाण्डौ


चुच्चे पनि महान होइन
चिम्से पनि महान होइन
मुहुडामा जे जे देख्छौ तिमी
त्यही नै मान्छेको पहिचान होइन

जे देखिँदैन त्यो मान्छे हुन्छ
जे सुनिँदैन त्यो मान्छे हुन्छ
हुँकार अहँकार आडम्बरले होइन
मान्छेको ढुकढुकीले जे भन्छ
त्यही नै उसको पहिचान हुन्छ