पहाडहरु-

भीम राना 'जिज्ञासु'
गोरखा नगरपालिका-४ गोरखा  


पहाडहरु सधैं अग्लिन चाहन्छन् 
कहिल्यै होचिन चाहन्नन्
सधैं ठडिन चाहन्छन्
कहिल्यै लडिन चाहन्नन्
अर्थात् स्वाभिमानको अर्को नाम हो पहाड ।
पहाडहरु सधै ठडिएर 
साँध-सिमानाको काम गर्छ
पहाडहरु सधैं अडिएर
पहरेदारको भक्ति देखाउँछ 
अर्थात् राष्ट्रियताको अर्को नाम हो पहाड
पहाडहरु बैरीले आक्रमण गर्दा
गजधुम्म उभिएर छेकिदिन्छ
पहाडै भत्काउन खोजे पैहिरएर किचिदिन्छ
अर्थात् सच्चा देशभक्तिको अर्को नाम हो पहाड
पहाडै-पहाड ठडिएको मेरो देशको पहाडमा
आप्पा शेर्पा जति-जति पहाड उक्लिदै जान्छ
झन् मेरो पहाड विश्वसामु अग्लिंदै जान्छ 
छेवाङ निमा शेर्पा जति-जति पहाड चुम्दै जान्छ
विश्वसामु मेरो पहाड झन् उजेिलंदै जान्छ
अर्थात् जति पहाड उक्लिदै गयो
उति आफू अग्लिएको महसूस हुन्छ
जति पहाडहरु नाघ्दै गयो
उति जिन्दगी परिष्कारको
धरातलमा बसोबास हुन्छ
त्यसैले पहाड उन्नतिको उचाई हो
पुग्न सक्नुपर्छ
त्यसैले पहाड स्वाभिमानको द्योतक हो
यसलाई बुझ्न सक्नुपर्छ !!