पापी यो संसारमा


शोभा सुबेदी
ओखल्ढुङगा, पोकली


आँशु पिउँदै कति बाँच्नु
पापी यो संसारमा
असत्ति काल किन डराएको होला
किन नजर दाग्दैन म मा ।
मनभित्र व्यथा चल्छ
जाँगर हराई गयो
विरहले मन रुन्छ
सम्झना मर्दैन निष्ठुरी कालीको ।
उनको बाटो हेर्दा हेर्दै
थाकी सके आँखाहरु
आँशु सुके घाँटी सुक्यो
हराई सके मेरा भाकाहरु ।
सपनाको महलमा बस्ने
कति मिठो योजना थियो
फूलै फूलको वगैंचामा घुम्ने
मनमा रहर पलाएथ्यो ।
निष्ठुरीले भत्काई दिई
मेरो मनको सुन्दर महल पनि
फूलको वगैचा फाडेर गई
भोली पीडा हुनेछ उसलाई पनि ।