गजल
भूपेन्द्र महत, कोलोराडो

पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो
बलियो थेन समाउने हात ,पलमै छुटी गयो

मुटु कोपरेर हाँस्यौ तिमी दिमागमा तनाव  थियो
जती होसियार भए पनि  सुझबुझ लुटी गयो

जुगजुग 
टिक्ने सुमधुर ,संगीत  हालेको थिएँ
बज्नै नपाई मायाको धुन दिल्कै तार टुटी गयो.

हिउँद 
बर्षा केही नभनी तिमीलाई रोपी रहे
बिना बादल मेरो दिलमा असिनाले चुटी गयो

हाम्रो मायाको सानमा मलामिको खाँचो थियो
मदारीको जातै यस्तो हो कि तमासामा जुटी गयो